भूकम्प गएदेखि खोजेको खोज्यै छु !
जो भेटे पनि हो सोधेको सोध्यै छु !!
जो भेटे पनि हो सोधेको सोध्यै छु !!
'देख्यौ कि तिमीले मेरी ती मायालाई ?'
यही नै प्रश्नले घोचेको घोच्यै छु !!
यही नै प्रश्नले घोचेको घोच्यै छु !!
'आयो त' भन्नै पो नहुने भएको छ !
त्रासैले पानी झैँ पोखेको पोख्यै छु !!
त्रासैले पानी झैँ पोखेको पोख्यै छु !!
कस्को पो आँखाले पिरेछ खै कुन्नी ?
भित्तोमा निधार ठोकेको ठोक्यै छु !!
भित्तोमा निधार ठोकेको ठोक्यै छु !!
भेटिनँ कतै लौ देखिनँ तिमीलाई !
यी आँखा आँशुमा चोपेको चोप्यै छु !!
यी आँखा आँशुमा चोपेको चोप्यै छु !!
न यता जाऊँ म न जाऊँ उता नै !
दोधारको चिसोले खोकेको खोक्यै छु !!
दोधारको चिसोले खोकेको खोक्यै छु !!
के गर्न सक्छु र भगवान छोडेर !
यी दुवै हातहरू जोडेको जोड्यै छु !!
(३ + ३ + ३ + ३ = १२)
यी दुवै हातहरू जोडेको जोड्यै छु !!
(३ + ३ + ३ + ३ = १२)
No comments:
Post a Comment