Tuesday, May 22, 2018

गजल


हिँजोआज गढतीरैमा गर्मी बढ्या छ !
त्यसैले त गाम्ले पनि लेक चढ्या छ !!

लामखुट्टेले कोठा-कोठा धावा बोल्दैछन् !
विरोध स्वरूप साँझैदेखि धूप जल्या छ !!!

रातभरि त छट्पटियो बिहान केही बेर !!
एकै झप्को मुस्किलैले यस्सो लड्या छ !!

हिमालतिर हिउँदमा काँचै हुन्छन् भात !!!!!!
तरार्इमा चाख्दा-चाख्दै ठ्याक्कै सड्या छ !!

जाऔं प्यारी उँभोतिरै तामाङ बस्तीमा !!
सेलो गाम्ला पुली टुङ्ना डम्फू बज्या छ !!
९ जेठ ’७५ 
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...