Sunday, May 6, 2018

गजल

बिना कर्मको आशबाट मुक्ति चाहेको हुँ !
थरी थरीको त्रासबाट मुक्ति चाहेको हुँ !!!!
जिन्दगी पनि दाउमा पो राखी कस्तो बाँच्नु ?
बाँच्नै मात्रको गाँसबाट मुक्ति चाहेको हुँ !!!!
को हो पराई को हो आफ्नो सबै एकै देख्छु !
भन्दै आएको खासबाट मुक्ति चाहेको हुँ !!!!
साराका सारा दर्शनहरू पढ्नु छैन मलाई !!!!
मालिक अनि त्यो दासबाट मुक्ति चाहेको हुँ !!
हुँदासम्म त हाई सञ्चै ढुक्कै भई बस्छौं !
नहुँदा बढ्ने श्वासबाट मुक्ति चाहेको हुँ !!
२३ बैशाख ’७५
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...