Thursday, May 24, 2018

गजल


द्यौता हो कि उपभोग्य वस्तु हो यो जल ?
जस्तो धर्म उस्तै कर्म त्यस्तै मिल्छ फल !!

प्रकृति र आचरणले अलग बन्छ मान्छे ! 
एकै घानमा हालेर त कहाँ हुन्छ हल !!!!

तातोपानी चिसोपानी अमिलो’नि पानी !!!!
खोला भन्न कहाँ मिल्छ बग्दैमा त्यो भल !!

मनले हो धारण गर्ने आँखा माध्यम मात्रै !
हो कि हैन भन्दा पनि हुन सक्छ कल !!!!

सूचनाले विचार बन्छ प्रभावित’नि पार्छ !
विचारैले माथि लग्छ झार्छ पनि तल !!!!
१० जेठ ’७५
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...