Tuesday, May 22, 2018

गजल


जता-जता पल्किन्छ जिन्दगी !
त्यतै-त्यतै ढल्किन्छ जिन्दगी !!
लुकाएर कहाँ पो लुक्छ र ??
हेराईमै झल्किन्छ जिन्दगी !!
केलाउने आँखा चैँ चाहिन्छ !!!!!!!!
शब्द-शब्दमै छल्किन्छ जिन्दगी !!
जत्ति लुक्छौ लुकाऊ न कुरा !
हेर्नु त्यतै सल्किन्छ जिन्दगी !!
खोज भन्छ- लेख्दिनँ अब त !!
बिनासित्ति बल्झिन्छ जिन्दगी !!
८ जेठ ’७४
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...