काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा 'राष्ट्रिय मातृभाषा कविता महोत्सव, २०७४’ सम्पन्न गरेको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा ३१
भाषाका ३५ स्रष्टाले कविता वाचन गरेका छन् ।
सोही अवसरमा विभिन्न आदिवासी जनजातिका सांस्कृतिक
झाँकीसहित प्रभातफेरी समेत गरियो । फेब्रुअरी २१ (फागुन ९ गते) आयोजित कार्यक्रमको
सभापतित्व भने डा. विष्णुविभु घिमिरेले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि भने
प्रा.डा. नोबलकिशोर रार्इ रहेका थिए । त्यस्तैगरी कुलपति गङ्गाप्रसाद उप्रेती, सदस्य सचिव प्रा. डा. जीवेन्द्र
देव गिरी, विभागीय प्रमुख प्राज्ञ श्रवण मुकारुङ, (साहित्य -मातृभाषा) विभाग साथै प्राज्ञ डा. अमर गिरी, प्रमुख, काव्य विभागको समुपस्थिति रहेको थियो ।
प्रमुख अतिथिद्वारा दीप प्रज्वलन गरी कार्यक्रमको आयोजना
गरेको थिए । कार्यक्रममा गायक सुवास वीरपुरियाले मैथिली भाषाको गीत गाएका थिए ।
कार्यक्रममा प्राज्ञ डा. अमर गिरीले स्वागत मन्तव्य राखे भने कुलपति गङ्गाप्रसाद
उप्रेतीले मन्तव्य राखेका थिए ।
| कार्यक्रम समुद्घाटनको दृश्य |
झाँकीमा तम्बा सङ्घ नेपालको अतिरिक्त तामाङ साहित्यिक
संस्थाहरू तामाङ स्रष्टा समाज, तामाङ डाजाङ, नाङ्साल
क्लाब-नेपाल साथै तामाङ सेमलेङ न्हान भक्तपुरले समेत सहभागिता जनाएका थिए ।
कार्यक्रममा तामाङ स्रष्टा समाजको अध्यक्ष ङ्हेमा थाङ्पाल, तामाङ
डाजाङकी अध्यक्ष सञ्चु ब्लोन, तामाङ सेमलेङ न्हान भक्तपुरको
तर्फबाट कविराज काल्तेन लगायका तामाङ कवि तथा कवयित्रीहरूले उत्साहपूर्ण रूपमा
सहभागिता जनाएका थिए ।
| तम्बागीत तथा नृत्य प्रदर्शन गर्दै |
| धिमाल नृत्य प्रस्तुत् गर्दै कलाकारहरू |
मातृभाषाका कविता वाचन तर्फ ४४ जना स्रष्टालाई छनौट गरेका
थिए । वाचन गर्ने क्रममा भने ३५ जनाले मात्रै भाग लिए । भाग लिएका स्रष्टा सङ्ख्या
३५ भएतापनि भाषा भने ३१ मात्रै रहेका थिए । तामाङ भाषाको भने तीनजना स्रष्टाहरूले
भाग लिएका थिए । तिनमा शिलत थोकर (रामेछाप), सजना गोले (काभ्रे)
साथै इन्दु नेपाल योञ्जन रहेका थिए । कार्यक्रमको शुरुवात स्रष्टा शितल थोकरको 'कोम्हेन्दो’ शीर्षक रहेको कविताबाट गरेका थिए ।
अन्य भाषाका स्रष्टा तथा कवितामा कृतिका केवरत (कक्षा ९ मा
अध्ययनरत छात्रा)ले केवरत, छम गुरुङले गुरुङ, मगरनी
रामजिता राकेश बीएमले खाम मगर, अमृता थापामगरले ढुट मगर,
जगबहादुर बुढामगरले काइके मगर, प्रयास दुमी
रार्इले दुमी, गोमा जिमीले याक्खा, सविनसिंह
चौधरीले अवधी, निशा
चौधरीले चौधरी, पवनकुमार कुमाल र अमृता कुमालले कुमाल,
रजनी मिलाले नेपालभाषा साथै
धर्मश जयसवालले भोजपुरी लगायत रहेका थिए ।
No comments:
Post a Comment