| बुध्दछिरिङ मोक्तान अाफ्नो प्रस्तुतिको क्रममा |
काठमाडौं । एस.सि.आर.सि.द्वारा सञ्चालित Discourse Series IV (चौथो श्रृङ्खला) सम्पन्न भएको छ । यस पटकको अङ्क भने ''Body Politic of Tamang Nation'' सँग सम्बन्धित रहेको थियो । राजनैतिक विश्लेषक तथा चिन्तक बुध्दछिरिङ मोक्तानको प्रस्तुति रहेको यो श्रृङ्खला संस्थाको चौथो तथा प्रस्तोता मोक्तानको चाहिँ तेस्रो हो ।
संस्थाको दोस्रो तथा प्रस्तोता मोक्तानको पहिलो प्रस्तुति भने ''तार्किक चिन्तन परम्पराको प्रारम्भ''बाट शुरू भएको थियो । त्यसपछि मोक्तानले ''तर्क, सत्ता र पहिचान एक विमर्श'' शीर्षकमा प्रस्तुति राखेका थिए । श्रृङ्खला भने प्रत्येक अङ्ग्रेजी महिनाको पहिलो शनिबार हुँदै अएको छ ।
प्रस्तुतिको क्रममा- तामाङ राष्ट्रको सामाजिक संरचना अन्तर्गत प्रचलित चोहो, गन्बा, तम्बा, लामा, बोम्बो साथै गोरार्इ लगायतले तामाङको Body Politic लार्इ जनाउँदछ । तामाङ राष्ट्रको आफ्नै मौलिक महत्त्व रहेको दाबी गर्दै नेपाली राजनीति चाहिँ यसको विपरित रहेको छ । त्यसैले आदिवासी जनजातिका Body Politic तथा राजनीतिका बीच विद्यमान खाडल झन् बढ्दै गइरहेको छ । त्यही नै दूर्भाग्यपूर्ण छ ।
| सहभागीहरू |
तामाङ नेताहरू पनि तामाङ Body Politic देखि अनविज्ञ देखिएका छन् । जबसम्म आदिवासी जनजातिका Body Politic लार्इ राजनीतिले सही अर्थमा सम्बोधन गर्न सक्तैन; तबसम्म समस्या समाधानको सट्टा झन् बढेर जाने देखिन्छ । प्रस्तुत विषय आदिवासीवाद (Indigenism)सँग सम्बिन्धत रहेको छ । यसो भन्दैमा गैर आदिवासीहरूले आशङ्का व्यक्त गर्ने गरेका छन् । यद्यपि आदिवासीवाद (Indigenism) भनेको आदिवासी जनजातिसँग मात्रै सम्बन्धित रहने विषय होइन । यो त समग्र मानव तथा चराचर जगतसँग सम्बन्धित विषय हो । अबको संसारलार्इ जोगाउने साथै हरेक समस्याका सहि समाधान गर्न गराउन सक्ने क्षमता पनि आदिवासीवाद (Indigenism) सँग मात्रै रहेको छ ।
यही तथ्यलार्इ स्पष्ट पार्नका लागि व्यापक बहस र विमर्श आवश्यक रहेको छ । त्यसैले आदिवासी जनजातिका Body Politic अध्ययनको विषय बनेको छ । यसको अध्ययन तथा विमर्श बिना आदिवासी जनजातिले राजनीतिक रूपमा सफलता प्राप्त गर्न सक्ने छैन भन्ने देखिएको छ ।
| कार्यक्रमको एक दृश्य |
यस पटकको श्रृङ्खलामा पच्चीस जना सहभागिता रहेका थिए । कार्यक्रमको अन्त्यमा प्रश्नोत्तर गरिएको थियो । यसपालि श्रृङ्खलाको गन्बामा भने श्यामलाल शाहलार्इ राखिएको थियो । श्रृङ्खला तथा प्रस्तुत विषय निकै सशक्त रहेको भन्ने सहभागी व्यक्तित्वहरूका मत रहेका छन् । श्रृङ्खलामा सहभागिताको लागि संस्थाले आफ्नो लाइक पेज तथा वेभ साइटमा सूचना राख्दै आएको छ । सहभागी हुन र्इच्छुक व्यक्तिले तोकिएको समयभित्र नाम लेखाउनुपर्ने हुन्छ ।
| कार्यक्रम सकिएपछि अनौपचारिक छलफल गर्दै |
No comments:
Post a Comment