धन कमाई हेर
धनी भन्नेछन्
त्यसपपछि,
कोही खोज्दै आउनेछन्
कोहीले पSरैबाट चिहाउनेछन् ।
जेहोस् नाम चल्नेछ;
सबैले मान्नेछन्
हाम्रो मान्छे भन्नेछन् ।।
धनी भन्नेछन्
त्यसपपछि,
कोही खोज्दै आउनेछन्
कोहीले पSरैबाट चिहाउनेछन् ।
जेहोस् नाम चल्नेछ;
सबैले मान्नेछन्
हाम्रो मान्छे भन्नेछन् ।।
जमाना धनकै छ
मनमा त के छ ? छ ?
बाहिर देखिँदैन/देखाउन पनि मिल्दैन ।।
मनमा त के छ ? छ ?
बाहिर देखिँदैन/देखाउन पनि मिल्दैन ।।
नदेखाए पनि देखिने
मान सम्मान भेटिने
त्यो त धनै पो रहेछ ।।
मान सम्मान भेटिने
त्यो त धनै पो रहेछ ।।
धन भए सबै छ
अर्काकै पनि आफ्नो बन्छ/हुन्छ
अपराधी सावित भएपनि
सजाय हुँदैन !
कम्तिमा पनि सजाय कम हुन्छ
पैसा तिरेर निस्कन सकिन्छ ।।
अर्काकै पनि आफ्नो बन्छ/हुन्छ
अपराधी सावित भएपनि
सजाय हुँदैन !
कम्तिमा पनि सजाय कम हुन्छ
पैसा तिरेर निस्कन सकिन्छ ।।
असहायलाई सहयोग गर्न सकिन्छ
माग्नेलाई यस्सो कनिका छर्न सकिन्छ
केटा/केटीका हूलमा रमाउन सकिन्छ ।।
माग्नेलाई यस्सो कनिका छर्न सकिन्छ
केटा/केटीका हूलमा रमाउन सकिन्छ ।।
तैपनि,
यत्तिसम्म जानकारी भएपनि
धन कमाउने रहरै भएन
गोजी जहिल्यै खाली रहे
नोटका बिटाले भरिएन ।।
यत्तिसम्म जानकारी भएपनि
धन कमाउने रहरै भएन
गोजी जहिल्यै खाली रहे
नोटका बिटाले भरिएन ।।
न त गुनासो गरियो
न त कसैका सामू आँशु छरियो
जेहोस् यस्तै जीवन मन परिगो ।।
न त कसैका सामू आँशु छरियो
जेहोस् यस्तै जीवन मन परिगो ।।
त्यसैले,
ज्ञानको भोक जगाउँदैछु ।
रन्थनिँदै वल्लो/पल्लो, तल्लो/माथ्लो
भित्ता-भित्ता ठोक्किएको छु ।।
ज्ञानको भोक जगाउँदैछु ।
रन्थनिँदै वल्लो/पल्लो, तल्लो/माथ्लो
भित्ता-भित्ता ठोक्किएको छु ।।
साथीभाइ ट्वाँ पर्छन्
घरपरिवार आँशु बगाउँछन्
आफ्नै आङका प्रदेशहरूले पनि
लुकी-लुकी
अर्काका आङतिर चिहाउँछन्
राम्रो भन्दै हेर्दै थुक निल्न खोज्छन् ।।
घरपरिवार आँशु बगाउँछन्
आफ्नै आङका प्रदेशहरूले पनि
लुकी-लुकी
अर्काका आङतिर चिहाउँछन्
राम्रो भन्दै हेर्दै थुक निल्न खोज्छन् ।।
प्याट्ट गालामा हानेर थुमथुम्याउँछु
यत्ति लामो जिभ्रो निकाल्दै
ङीच्च दाँत देखाउँछन् ।
अन्यका सामू झटपट सम्हालिन्छु ।।
यत्ति लामो जिभ्रो निकाल्दै
ङीच्च दाँत देखाउँछन् ।
अन्यका सामू झटपट सम्हालिन्छु ।।
थाहा छैन
यो ज्ञानको भोकले
सगरमाथा चढ्ला ?
या नचढ्ला ?
वा अन्तरिक्षसम्म साम्राज्य जमाउला ??
यो ज्ञानको भोकले
सगरमाथा चढ्ला ?
या नचढ्ला ?
वा अन्तरिक्षसम्म साम्राज्य जमाउला ??
फेरि पनि,
आँखा चिम्लेर उडान भरिरहेको छु
अन्तरिक्ष पार गर्ने अठोट गरेको छु
किनकी
मलाई धनको धनी हुनु छैन
ज्ञानले मस्तिष्क भर्न पाए भयो
मेरो चाहना यस्तै रह्यो
हो; यस्तै भयो ।।
२४ माघ ’७४
चाबहिल
आँखा चिम्लेर उडान भरिरहेको छु
अन्तरिक्ष पार गर्ने अठोट गरेको छु
किनकी
मलाई धनको धनी हुनु छैन
ज्ञानले मस्तिष्क भर्न पाए भयो
मेरो चाहना यस्तै रह्यो
हो; यस्तै भयो ।।
२४ माघ ’७४
चाबहिल
No comments:
Post a Comment