 |
| डम्फू नाच साथै गायन प्रशिक्षणको एक झलक |
मोरङ । जिल्लाको उर्लाबारी -२ स्थित नेपाल बौद्ध गुम्बा पूर्वाञ्चलको
हलमा तम्बा, डम्फू
साथै टुङ्ना वादन सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । जिल्ल्ला तथा नगर
घेदुङद्वारा आयोजित कार्यक्रममा तम्बा सङ्घ नेपालको केन्द्रीय अध्यक्ष धावा
वाङ्गेल मोक्तान साथै केन्द्रीय सचिव खोजराज गोलेले प्रशिक्षण दिएका थिए ।
 |
| प्रशिक्षण उद्घाटन गर्दै प्रमुख अतिथि |
सोहीक्रममा अध्यक्ष
मोक्तानले तम्बाको अर्थ र महत्त्व साथै डम्फू र टुङ्ना वादन सम्बन्धी प्रशिक्षण
दिएका थिए । मोक्तानले सगुनको महङ्खव, सगुन छ्योत साथै चरतम् (चारदाम)को विधि सम्बन्धी
कुराहरू राखेका थिए । मोक्तानले डम्फू बजाउने, गाउने साथै
नाच्ने कला सम्बन्धी प्रशिक्षण दिएका थिए । प्रशिक्षार्थीहरूले डम्फू बजाउँदै गीत
गाउन र नाच्न सिकेका थिए । कार्यक्रममा स्वाँगेभाइ मिच्ने तथा अन्तरजातीय विवाह
गर्ने सम्बन्धमा प्रश्नोत्तर समेत भएको थियो ।
 |
| प्रशिक्षणको दृश्य |
त्यस्तैगरी सचिव खोजराज
गोलेले भने तामाङ, बोन, तम्बा साथै ह्रुर्इको बारेमा स्पष्ट पारेका थिए
। गोलेले, तामाङ हुन ह्रुर्इ चाहिने साथै ह्रुर्इ भएपछि
ह्रुर्इगी फो ल मान्नुपर्ने बताए । बोन र लामाका बीचमा तम्बाले विशेष भूमिका
खेल्दै आएको साथै तम्बा अन्य कुनै पनि समुदायमा नभएको समेत जनाए । सोहीक्रममा
तम्बाले गाउने गीत, तामाङ समाजमा नारीको भूमिका अनि गीतले
सम्बोधन गर्नुपर्ने विषयहरूबारे धारणा राखेका थिए ।
 |
| प्रशिक्षणको दृश्य |
दिलबहादुर पाख्रिनले
अध्यक्षता गरेको कार्यक्रमको प्रमुख अतिथि भने महेन्द्रजङ्ग तामाङ (अध्यक्ष-
अन्तर्राष्ट्रिय तामाङ परिषद्) रहेका थिए । भाषासँगै तम्बा संस्कृति हराउँदै
जानेक्रम बढेकोले तम्बा सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रियात्मक कार्यक्रमहरू
गर्दै जाने जनाएको छ । उक्त प्रयोजनका लागि गजेन्द्र बोम्जनको संयोजकत्वमा
सल्लाहकार समितिसहितको एक तदर्थ समिति समेत गठन गरेको छ । समितिले तम्बा सम्बन्धी
आवश्यक गतिविधिहरू सञ्चालन गर्दै जाने संयोजक बोम्जनले जनाएका छन् ।
 |
| गीत प्रस्तुत् गर्दै स्थानीय तम्बा |
No comments:
Post a Comment