सर्लाही । जिल्लाको परमानीपुर देउरालीस्थित सामतेलिङ गुम्बा प्राङ्गणमा सोनाम ल्होछार मनाएका छन् । स्थानीय गुम्बाहरू सामतेलिङ गुम्बा देउराली, पेमा छोईलिङ गुम्बा झरझरा साथै ज्याङछ्युप छोईतेन गुम्बा बोहेरेद्वारा आयोजित कार्यक्रमको अध्यक्षता भने जीतकुमारी थिङले गरेकी थिइन् ।
![]() |
| अातिथिहरू (तस्वीर ः अर्जुन योञ्जन तामाङ) |
तम्बा सङ्घ नेपालको केन्द्रीय सचिव खोजराज गोलेको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा राजनैतिक दल तथा जिल्लामा कार्यरत सङ्घ संस्थाका प्रतिनिधिहरूका समेत समुपस्थिति रहेको थियो ।
स्थानीय जिसाङ बोम्जन लगायतका कलाकारहरूका गायन तथा नृत्य प्रस्तुतिहरू रहेका कार्यक्रमको प्रमुख अतिथि खोजराज गोलेले तामाङ समाज, ल्होछार, संस्कार संस्कृति, सबल तथा दूर्बल पक्षहरूका बारेमा चर्चा गरेका थिए ।
सोही कार्यक्रममा अर्जुन योञ्जन तामाङ (ने.ता.घे. केन्द्रीय सदस्य), प्रशान्त आचार्य (राजनीतिज्ञ), शुभलाल बोम्जन, आदिवासीवादका अभियन्ता सिंह मोक्तान, महिला अधिकारकर्मी छ्योईसल घ्लान तामाङ, लामागुरु कान्छामान लामा साथै बुद्धि विश्वकर्मा (सञ्चारकर्मी) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
![]() |
| नृत्य प्रस्तुत गर्दै स्थानीय कलाकारहरू (तस्वीर ः अर्जुन योञ्जन तामाङ) |
विवेक बोम्जनद्वारा स्वागत गरिएको कार्यक्रमको समापन भने जीतकुमारी थिङले गरेकी थिइन् । कार्यक्रमको अघिल्लो राती भने बस्तीमाथि रहेको नङ्सल गङमा स्ठानीयहरू उपस्थित भर्इ ल्होछार इभ समेत गरेको बम बोम्जनले जनाएका छन् ।


No comments:
Post a Comment