हो नि मध्ये रातमा रुन्छु म !!
धेरै त तिम्रै यादमा रुन्छु म !!
छुटे’छि किन नरोउँ प्यारी भन ?
भेटेको बेला साथमा रुन्छु म !!!!
अरू त केमा रुन्छन् कुन्नी खै ??
चखेवीकी त्यो नाचमा रुन्छु म !!
बेकारै रो’को नभन्नु बिन्ति छ !!!!!
वियोगको अग्नी रापमा रुन्छु म !!
तिम्रो त्यो काख त परार्इ भैगयो !
र त भित्ताको आडमा रुन्छु म !!
उसलाई पनि धोका नदिनु है !
अन्यथा आर्यधाटमा रुन्छु म !!
बगाई आँशु हल्का पार्नुछ मन !
बिहानी राती साँझमा रुन्छु म !!!
१९ माघ ’७४
चाबहिल
धेरै त तिम्रै यादमा रुन्छु म !!
छुटे’छि किन नरोउँ प्यारी भन ?
भेटेको बेला साथमा रुन्छु म !!!!
अरू त केमा रुन्छन् कुन्नी खै ??
चखेवीकी त्यो नाचमा रुन्छु म !!
बेकारै रो’को नभन्नु बिन्ति छ !!!!!
वियोगको अग्नी रापमा रुन्छु म !!
तिम्रो त्यो काख त परार्इ भैगयो !
र त भित्ताको आडमा रुन्छु म !!
उसलाई पनि धोका नदिनु है !
अन्यथा आर्यधाटमा रुन्छु म !!
बगाई आँशु हल्का पार्नुछ मन !
बिहानी राती साँझमा रुन्छु म !!!
१९ माघ ’७४
चाबहिल

No comments:
Post a Comment