देश बेचेर खान्छन् कोही बास बेचेर खान्छन् !!
कोही भने मालिक कहाँ श्वास बेचेर खान्छन् !!
कोही भने मालिक कहाँ श्वास बेचेर खान्छन् !!
सरकारैले विदेश पुर्याई बेचेपछि के गर्नु ??
युवाशक्ति मुग्लानतिर त्रास बेचेर खान्छन् !!
युवाशक्ति मुग्लानतिर त्रास बेचेर खान्छन् !!
रेमिट्यान्स तिर्दासम्म राज्यकोषलाई ढुक्क !
गरीखाने छोरा छोरी गाँस बेचेर खान्छन् !!!!!
गरीखाने छोरा छोरी गाँस बेचेर खान्छन् !!!!!
कत्ति मरे ? मारिए ती हिसाब किताब छैन !!!
कोही यता मृतककै पो लाश बेचेर खान्छन् !!
कोही यता मृतककै पो लाश बेचेर खान्छन् !!
साहूका ती कचकचले त हंसै ठाउँमा छैन !
अझै पनि परिवार चैँ आश बेचेर खान्छन् !!!
अझै पनि परिवार चैँ आश बेचेर खान्छन् !!!
विदेशतिर अरूका त हाकिम बेच्दा रै’छन् !
हाम्रो चाहिँ सकेसम्म दास बेचेर खान्छन् !!!!
हाम्रो चाहिँ सकेसम्म दास बेचेर खान्छन् !!!!
विदेशैमा विवशताले सताउँछन् खै कत्ति ???
कत्तिका चैँ घरकोमान्छे तास बेचेर खान्छन् !!
२१ माघ ’७४
चाबहिल
कत्तिका चैँ घरकोमान्छे तास बेचेर खान्छन् !!
२१ माघ ’७४
चाबहिल

No comments:
Post a Comment