एक पटक
एकजना मान्छेले कपडा किनेछ । सिलाउने ठाउँमा पुगेछ । सिलाइदिनु भनेछ । सिलाउनेले
त्यो मान्छेको नाप लिएछ । त्यसपछि कपडा काट्न थालेछ । आफ्नो कपडा काटेर टुक्य्राएको देखेछ
। त्यत्ति राम्रो कपडा काटेर खत्तम पार्यो भन्ने लागेछ । बेस्सरी गाली गर्दै
कराउन थालेछ । कपडा बिगारेको भन्दै खेदेछ । रिसले चूर हुँदै घर फर्केछ ।
अचेल
तामाङका अधिकांश मान्छे पनि त्यही कपडा सिलाउन जाने मान्छे जस्तै लागिरहेको छ ।
कोहीले भेट्नसाथ- समाजलाई अगाडि बढाउनु पर्यो भन्दै चिच्याउँछन् । दुःख सुनाएर
आँशु खसाउन खोज्छन् । कम्तिमा तिमी त अघि बढ भन्छन् ।
त्यसपछि
घरपरिवार बिर्सेर हिँड्छौं । आफ्नै चाहना लत्यार अघि बढ्ने प्रयास गर्छौं । तामाङ
समाजको बारेमा खोज्छौं । मिलाउने मेसोमा पस्छौं ।
त्यत्तिनैखेर, को को मान्छेहरू आउँछन् । धारेहात लगाउँदै आइलाग्छन् । बिगारिस
भन्दै तथानाम गाली गलौज गर्छन् । चियापसलदेखि फेसबूकवालमा लेख्छन् । थरीथरीका
च्याट ग्रूपदेखि खै के के बनाउँछन् । फलाना यस्तो, त्यस्तो
भन्दै अश्लिल गाली शब्दसहित हुर्मत लिन्छन् ।
तामाङ
समाजको लागि हिँडेकालाई देखेर सहँदैनन् । अरूका पैसा खाएर हिँडेका तामाङभाँडा
भन्छन् । कहिल्यै कतै नामै नसुनेको संस्थाबाट पैसा खाएको भन्दै सगर्व लेख्छन् ।
हुने भन्दा नहुने लेख्छन् । चियापसलमा पुग्छन् । केटा-केटी जम्मा पारेर गफ चुट्छन्
। आफू चाहिँ सच्चा तामाङ भएको दाबी गर्छन् ।
तिनीहरूका
न त बुद्धि हुन्छ । न त हुत्ति नै हुन्छ । यद्यपि, हुटिट्याउँ
चाहिँ हुन्छन् । माथि भनिएको मान्छे जस्तै, कपडा
सिलाउनुअघि काट्नुपर्ने हुन्छ भन्ने नै बुझ्दैनन् । तिनीहरूले फेसबूकलाई नै संसद भवन सम्झन्छन् । तथानाम गाली गरेपछि आफू सहि भएको भानमा मस्त निदाउँछन् ।
यस्तै
गोबरहरूका सङ्ख्या अत्याधिक छ । त्यसकारण इतिहास खोतले उदाङ्गो पार्यो भन्छन् ।
नलेखे केही बोक्य्राएन भन्छन् । नमिलेको रहेछ भन्यो भने तँ को होस् भन्छन् । यसरी
मिलाऔं भन्यो भने तँलाई जुत्ताको माला लगाउँछौं भन्छन् ।
ताम्सालिङको
आधार तयार पार्दाखेरि अश्लिल शब्दको प्रहार गर्छन् । राज्यसत्ताले हिजो अन्याय गरेकोले
माफी माग्नुपर्छ भन्दा- तैँले चाहिँ माग भन्छन् । हिजो नमिलेको क्रमलाई सुधार, परिमार्जन वा परिष्करण गर्ने प्रयास गर्नै हुन्न । छाला काढन् शुरू
गर्छन् । अर्काको फेसबूकवालमा तथानाम पोष्ट गरेर कमेण्ट गर्न मन पराउँछन् ।
तिनीहरू
त अन्धा हुन्छन् । सुङ्गुर छाम्छन् । हात्ती यस्तो रहेछ भन्छन् । शील थाहा छैन ।
अश्लिल लेख्छन् । रुन्छन् । कराउँछन् । त्यसैलाई आफ्नै पहिचान बनाउँछन् । परिणामतः
तामाङका होनाहार व्यक्तित्वहरू चाहिँ गुमनाम भएका छन् । समाजमा जस्तै समस्या पर्दा
पनि बाहिर निस्कनै मान्दैनन् ।
गल्ती नहुने
भन्ने हुँदैन । सच्याउने आँट चाहिन्छ । घेदुङजस्ता संस्थाले अघि बढ्न डराउनु हुँदैन
। घेदुङ इतर रहेकालाई पनि समेट्ने प्रयास आवश्यक छ । तामाङ समाजमा केही गर्न
चाहनेहरूलाई यस्ता गोबरहरूले तगारोको काम गर्ने भनेको केही समयसम्म मात्रै हो ।
यस्तो दिन पनि आउँदैछ कि- त्यस्ता गोबरहरू आफैँ लज्जित भएर लुक्न बाध्य हुनेछन् ।
बल्ल तामाङको नयाँ दिन आउनेछ ।
२८ माघ '७४
चाबहिल

No comments:
Post a Comment