Monday, February 19, 2018

ल्होछार कार्यक्रम सम्पन्न साथै तम्बा, डम्फू र टुङ्ना वादन सम्बन्धी तालिम हुँदै...


कार्यक्रमको समुद्घाटन गर्दै 
मोरङ । जिल्लाको उर्लाबारीस्थित गुम्बामा आज फागुन ७ गते सोनाम खि ल्होछार, २८५४ सम्पन्न भएको छ । आज आयोजित कार्यक्रमको प्रमुख अतिथिमा कुशल लिम्बु (मोरङ -१ 'क'को प्रदेशसभा सदस्य) रहेका थिए ।
दिलबहादुर पाख्रिनले अध्यक्षता गरेको कार्यक्रममा महेन्द्रजङ्ग तामाङ (अध्यक्ष- अन्तर्राष्ट्रिय तामाङ परिषद्), काजीमान थिङ (ने.ता.घे. भाषा तथा साहित्य विभाग प्रमुख), मित्रसेन योञ्जन (अध्यक्ष- ने.ता.घे. प्रदेश नं. १), रामप्यारी मोक्तान (केन्द्रीय सदस्य- ने.ता.घे.), लोप्साङ घिसिङ, धावावाङ्गेल मोक्तान (केन्द्रीय अध्यक्ष- तम्बा सङ्घ नेपाल), खोजराज गोले (केन्द्रीय सचिव- तम्बा सङ्घ नेपाल) साथै काजीमान घिसिङ लगायत विशिष्ट अतिथि तथा अतिथिहरू रहेका थिए ।
कार्यक्रमका अतिथिहरू
      राष्ट्रिय गान तथा तामाङ शहीदप्रति मौनधारणसहित शुरू गरिएको कार्यक्रममा उपस्थित सबैलाई शान्ता लामाले स्वागत गरेकी थिइन् । कार्यक्रममा राजु घिसिङ, धावा वाङ्गेल मोक्तान, काजीमान थिङ साथै प्रमुख अतिथि कुशल लिम्बुले शुभकामना मन्तव्य राखेका थिए ।
      प्रमुख अतिथि लिम्बुले ल्होछार पर्वलाई तामाङ समुदायको मात्रै भन्दा पनि नेपालकै हो भन्ने मान्यताको विकास गर्नुपर्नेमा जोड दिए । कुलमान घिसिङ तथा बुद्ध लामाको उदाहरण दिँदै लिम्बुले तामाङ समुदायले होनाहार व्यक्तित्वहरू जन्माइरहेको दाबी गरे । उनले कम्तिमा पनि ताम्सालिङ क्षेत्रमा तामाङकै सन्तान मुख्यमन्त्री हुनुपर्ने बताए । 
स्थानीय कलाकारहरू नृत्य प्रस्तुत् गर्दै

कार्यक्रममा विशेष अतिथि काजीमान थिङले पनि सम्बोधन गरे । राज्यले तामाङलाई हरेक तरहबाट अन्याय गरेको स्पष्ट पारे । शिक्षा, स्वास्थ्य, राजनीति, सामाजिक तथा सांस्कृतिक रूपमा दमन गर्दै आएको दाबी गरे । तामाङले आफ्नै भाषामा शिक्षा लिने साथै सरकारी कामकाजको क्रममा तामाङ भाषाकै प्रयोग गर्न पाउनुपर्ने माग गरे ।
कार्यक्रममा स्थानीय गायक, गायिकाहरूले गीत प्रस्तुत् गरे । त्यस्तैगरी स्थानीय कलाकारहरूले विभिन्न गीतहरुमा नृत्यहरू प्रस्तुत् गर्दै कार्यक्रमलाई भव्य रूपमा सफल पारे । नेपाल तामाङ घेदुङ जिल्ला समिति मोरङले स्थानीय नेपाल बौद्ध गुम्बा पूर्वाञ्चल उर्लाबारी -२, मोरङको हलमा आयोजना गरेको हो ।
युवती र डम्फू मोह

तम्बा तथा डम्फू र टुङ्ना वादन सम्बन्धी तालिम हुँदै...

भोलि दिनको ठिक १० बजेदेखि ३ बजेसम्म तम्बा साथै डम्फू र डम्ङेन (टुङ्ना) वादन सम्बन्धी प्रशिक्षण दिनेछ । प्रशिक्षकहरूमा तम्बा सङ्घ नेपालको केन्द्रीय अध्यक्ष धावा वाङ्गेल मोक्तान साथै केन्द्रीय सचिव खोजराज गोले रहेका छन् । इच्छुकहरूलाई सहभागिताको लागि आयोजकले विशेष अनुरोध समेत गरेको छ ।

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...