![]() |
| अनलाइनबाट लिइएकाे तस्वीर |
तामाङ समाजको पहिलो धर्म बोनधर्म हो । झाँक्रीवादी प्रचलन यसै धर्मको स्वरूप हो । पछिल्लो समयमा बौध्दधर्मको प्रवेश भएपछि यिनीहरू बौद्ध धर्माबलम्वी पनि भए । अहिले यिनीहरू बोम्बो र लामाको समिश्रणको रूपमा रहेका छन् ।
हालसम्म पनि यिनीहरू भूतप्रेत, नाग-नागिनी, देउ-देउता, शिकारी र कुलदेउता आदि शक्तिहरूमा विश्वास गर्दछन् । यी शक्तिहरूमा पनि आफैँ उत्पत्ति वा उत्पन्न भएको, बोन वा समाजले स्थापना गरेको, कुल र पितृदेउता आदि हुने गर्दछन् । आफैँ उत्पन्न भएको शक्ति वा देउतालाई 'नेSपा ल', स्थापना गरिएको देउतालाई 'तेन्पा ल' र कुल तथा पितृ देउतालाई 'तिङ्दो ल' र 'फो ल' भन्ने गर्दछन् । यस्तैगरी तामाङ समाजमा 'ठुङ्बा ल', 'कोSबा ल', 'तेन्बा ल', 'स्हिङ्ला ल' र 'ह्युल्ला ल'हरू हुने र मान्ने गर्दछन् ।
![]() |
| अनलाइनबाट लिइएकाे तस्वीर |
संस्कृतमा 'स्वयम्भू' भनिने हालको स्वयम्भूनाथलाई यहाँका तामाङले शुरूमा आफ्नै मौलिक भाषामा 'नेSपा ल' भन्ने गरेको हुनुपर्दछ किनकी त्यसबेला यहाँका मानिसमा बोम्बोधर्मको प्रचलन थियो । त्यस धर्ममा त्यसरी देखापरेका शक्तिलाई 'नेSपा ल' भन्ने गरिन्थे ।सोही 'नेSपा ल' (स्वयम्भू) शब्दबाटै 'नेपाल' नामको जन्म भएको देखिन्छ । स्वयम्भूनाथलाई 'नेSपा ल' भनी सम्बोधन गर्दा-गर्दै 'नेSपा ल'बाट 'नेपाल' भएको हुनुपर्दछ ।
कालन्तरमा यही 'नेपाल' नामले हालको 'स्वयम्भू'लाई मात्र नभई काठमाडौं खाल्डोलाई नै चिन्न थालिएको देखिन्छ । पछिल्लो समयमा यस खाल्डोको नाम 'नेपाल' रहन पुगेपछि भने तामाङ जातिको 'नेSपा ल' (हालको सिम्बु) भने 'स्वयम्भू'मा परिणत भएको हुनुपर्दछ । पृथ्वीनारायण शाहले एकीकरण गरेपछि भने यस देशको नाम नै पनि 'नेपाल' रहन गएको तथ्य त सबैलाई थाह भएकै कुरा हो ।
![]() |
| अनलाइनबाट लिइएकाे तस्वीर |



No comments:
Post a Comment