Wednesday, May 23, 2018

गजल

खै के भयो ? के भएन ? याद भएन यार !!!
को-को आए को-को गए ज्ञात भएन यार !!

छन् त गेडी सबै मेरी छैन टेडी भन्थे !!!!!!!
हो रै’छ नि आफ्नै मान्छे साथ भएन यार !!

यत्तिसम्मन् गरियो नि बेर्थ भए सबै !!!!!
जे गरे’नि जिन्दगीमा लाभ भएन यार !!

लिखितैमा पास हुन्छु मौखिकैमा फेल !!!!
लोकसेवालाई मन पर्दो नाक भएन यार !!

जिन्दगी नै 'खोज’ भन्छ साले जिन्दगीले !
खोजुँ भने जोश जागँर आँट भएन यार !!!
९ जेठ ’७५
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...