खोज छ त सबै सबै थोक छ यहाँ !!!!
खोज बिना अन्धकार लोक छ यहाँ !!
जन्मिन्छन् धरतीमा किन यी मान्छे ???
खोज कस्को परमादेश तोक छ यहाँ !!
वैयक्तिक स्वतन्त्रता बेर्थको कुरा !!
खोज भन्छ जताततै रोक छ यहाँ !!
भरिपूर्ण कोही पनि छैनन् कि क्या हो ?
खोज भेट्छौ कति धेरै भोक छ यहाँ !!
यसरी नै रोक्किएर कहाँ हुन्छ लौ ??
खोज टेक्नु पर्ने कति चोक छ यहाँ !!
१० जेठ ’७५
चाबहिल

No comments:
Post a Comment