पर्दाखेरी आऊ भन्दै हात दिन्न रै’छ !
देहले’नि सँधै कहाँ साथ दिन्न रै’छ !!
भ’को छोडी कता जाउँ त्यसो नभन भन्यो !
सुन्छ मात्रै सँधैलाई बास दिन्न रै’छ !!
गर्मी याममा शीतल खोस्दै डाम्छ घमौराले !
जाडो याममा पुगीसरि ताप दिन्न रै’छ !!
त्राही त्राही भई जीवन बाँच्ने कसो गरी ?
सँधैलाई पुग्दो स्वास्थ्य लाभ दिन्न रै’छ !!
त्यत्तिकै त चञ्चले मन कता भाग्छ-भाग्छ !
वशमा पारी त्यसैलाई काख दिन्न रै’छ !!
२६ बैशाख ’७५
चाबहिल
देहले’नि सँधै कहाँ साथ दिन्न रै’छ !!
भ’को छोडी कता जाउँ त्यसो नभन भन्यो !
सुन्छ मात्रै सँधैलाई बास दिन्न रै’छ !!
गर्मी याममा शीतल खोस्दै डाम्छ घमौराले !
जाडो याममा पुगीसरि ताप दिन्न रै’छ !!
त्राही त्राही भई जीवन बाँच्ने कसो गरी ?
सँधैलाई पुग्दो स्वास्थ्य लाभ दिन्न रै’छ !!
त्यत्तिकै त चञ्चले मन कता भाग्छ-भाग्छ !
वशमा पारी त्यसैलाई काख दिन्न रै’छ !!
२६ बैशाख ’७५
चाबहिल
No comments:
Post a Comment