Sunday, May 13, 2018

गजल

तिम्ले छोडी गएदेखि मुटु दुख्न थालेको हो !
हारेको त्यो योद्धाको झैँ शीरै झुक्न थालेको हो !!

साथी भाइ सोध्दै थिए कता गयौ हरायौ त !
रातैभरि रोएपछि दिउँसो सुत्न थालेको हो !!

यस्तो चोट दियौ कली मुटुबाटै रगत चुह्यो !
त्यै भएर घरै बसी घाउ पुस्न थालेको हो !!

जीवैभरि घावै-घाउ पीप उस्तै बगिरा’छ !!
आफैँदेखि रीस उठी छाला लुछ्न थालेको हो !!

ओछ्यानैमा परेँ भन्दै झूठो गजल रच्यौ भन्लौ ????
कस्सम व्यथा लेख्नै मात्रै यस्सो उठ्न थालेको हो !!
३० बैशाख ’७५
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...