चोकै पिच्छे हुने जाममा लेख्छु गजल !
बाँचुञ्जेल तिम्रै नाममा लेख्छु गजल !!
आँखा भरि तिम्रै तस्वीर राख्छु लुकाई !
सुत्दा बस्दा खाँदा काममा लेख्छु गजल !!
जहाँ जाउँ तिम्रै याद्ले छोड्दै छोडेन !
देश विदेश शहर गाममा लेख्छु गजल !!
घरको भित्तो धुरी आँगन खाली छोड्दिनँ !
झ्याल ढोका दलिन थाममा लेख्छु गजल !!
तिम्रै खोज कर्ता भएर बाँच्ने रहर !
यम कहाँ जाने लाममा लेख्छु गजल !!
a gajal by Gole Kr. Chaaliselee
No comments:
Post a Comment