एक पटकको घटना हो। एकजना कथित दलित कतै जाँदै रहेछन् रे। चैनपुर भन्ने स्थानमा पुग्दाखेरि अर्कोतिरबाट कोही आउँदैरहेछन् रे । उनले ती मानिसलार्इ चिन्ने कुरा पनि भएन । त्यसैले आफ्नै बाटोमा थिए रे । त्यो अर्को मान्छे चाहिँ चार गाउँ परको जिम्मावाल रहेछन् रे ।
जिम्मावाललार्इ चाहिँ त्यो मान्छे दलित भन्ने शङ्का लागेछ रे । त्यसपछि सँगैको चम्चेलार्इ सोधेछन् रे । त्यो को हो ? माथि गाउँको दलित जस्तो छ । त्यति सुनेपछि जिम्मावाल आगो भएछन्; किनकी ब्राह्मण तथा क्षेत्री जातका मान्छे भेट्ने बित्तिकै दलितले चाहिँ बाटोमुनि ओर्लेर ''जदौ मालिक'' भन्नु पर्दथ्यो रे ।
त्यो दलितले नचिनेकाले त्यसो गरेन छन् । त्यही अपराधका कारण जिम्मावालको रीसले सीमा नाघेछ । त्यसपछि घिसार्दै सोही गाउँको जिम्मावालको आँगनमा पुर्याएछन् । त्यसपछि सजाय स्वरूप दिनभरि खोरमा थुनेछन् । दलितको त्यो दिन दशा नै लागेको रहेछ नि ।
अनि, हिजो मोदी जी आउँदैछ भन्ने हल्ला चलेपछि काठमाडौंका गल्लीहरूमा अनौंठा दृश्यहरू देखेँ । त्यही दृश्यले पहिले सुनेको माथिको घटना पो झ्यप्पै सम्झार्इ दियो । जस्ताको त्यस्तै नाटक मञ्चन गरेर देखाइदियो । कसो कसो मैले पनि हेरेरै बसेँछु ।
साँच्चै नि ! मानौं मोदी जी चाहिँ तिनै जिम्मावाल हुन् । ओली जी चाहिँ चैनपुरकै जिम्मावाल हुन् । हामी नेपाली सर्वसाधरण चाहिँ त्यही दलित हौं । त्यसैले ओली जी (चैनपुरका जिम्मावाल) चाहिँ सुरक्षाकर्मी लगाएर हामी दलितलार्इ बाटो मुन्तिर ओराल्दै थिए ।
हो, जिम्मावालहरूलार्इ हामी ''जदौ मालिक'' गर्न जान्दैनौं । त्यसैले जिम्मावालहरू हामीबाट सुरक्षित महशुश गर्न सक्तैनन् । अनि त अनि मन्त्री हुने बित्तिकै सुरक्षाको विषय भन्दै हरेक सवारीका क्रममा हामी कथित सार्वभौमसत्ता सम्पन्न/जनार्दन जनता (दलित)लार्इ बाख्राका खोरमा थुन्ने गर्दछन् । हामीमध्येकै कोही कोही चाहिँ परैबाट ''जदौ मालिक'' गर्छन् । त्यसै भन्न र गर्न पाएको उपलक्ष्यमा भित्रैदेखि हर्षित हुन्छन्। हौसिन्छन्। अनि दङ्ग पर्छन् ।
२९ बैशाख '७५
चाबहिल

No comments:
Post a Comment