Sunday, May 13, 2018

गजल

मुटु कम्जोर हुनेले चैँ मेरा गजल नपढ्नु है !
पढे पनि बेहोश भै ठाउँकोठाउँ नलढ्नु है !!

देखा-शेखी गर्न थाले भूर्इँ न भाँडो हुन्छ भन्छन् ! 
गोलेजीले घोडा चढ्दा आफू धूरी नचढ्नु है !!

मोहनी'नि कत्ति-कत्ति त्रासदी'नि उत्तिकै झन !
काँतर जति छड्की हाल्नु गजलैमा नअढ्नु है !!

के-के लेख्छ के-के छाप्छ पढेरै नि साध्ये हुन्न !
बरु बीचमै छोडे हुन्छ पढ्न अघि नबढ्नु है !!!

जाँदा-जाँदै यत्ति भन्छु- मुख्य सवाल देशैको हो !
मान्छे भई जन्मेका छौं सडकमै चैँ नसढ्नु है !!
३० बैशाख ’७५
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...