कोही हैन नोकर यहाँ कोही हैन पति !!
कहीँ कतै मिल्दैन’नि मनले सोचे जति !
अमृत पनि वीष हुन्छ विचार गरी हेर !
अत्याचार हुन्छ थप्दा आचारअघि अति !!
अजम्बरी केही छैन अनित्य छन् सबै !
सीमा बिर्सी अघि बढे पक्कै हुन्छ खति !!
जम्नु मात्रै हैन रै’छ चल्नु पनि पर्छ !
हावा जमे अडिन्कछन् सब हुनैपर्छ गति !!
कुन बाटो कहाँ पुग्ला जान्न बुझ्न सक्छौं !
योग साधना गरी स्वच्छ बनाएमा मति !!!!
१० जेठ ’७५
चाबहिल
कहीँ कतै मिल्दैन’नि मनले सोचे जति !
अमृत पनि वीष हुन्छ विचार गरी हेर !
अत्याचार हुन्छ थप्दा आचारअघि अति !!
अजम्बरी केही छैन अनित्य छन् सबै !
सीमा बिर्सी अघि बढे पक्कै हुन्छ खति !!
जम्नु मात्रै हैन रै’छ चल्नु पनि पर्छ !
हावा जमे अडिन्कछन् सब हुनैपर्छ गति !!
कुन बाटो कहाँ पुग्ला जान्न बुझ्न सक्छौं !
योग साधना गरी स्वच्छ बनाएमा मति !!!!
१० जेठ ’७५
चाबहिल
No comments:
Post a Comment