अरूलाई रुवाएर हाँस्ने कत्ति-कत्ति ?
मानिसको रगत पिई बाँच्ने कत्ति-कत्ति ??
मानिसको रगत पिई बाँच्ने कत्ति-कत्ति ??
गरिएका अपराध गोप्य राखी दिने !
आफैँलाई द्यौतासित दाँज्ने कत्ति-कत्ति ??
आफैँलाई द्यौतासित दाँज्ने कत्ति-कत्ति ??
जस जति आफैँ लिने दोष अरूलाई !
आँशु झार्दै दुनियाँमा ढाँट्ने कत्ति-कत्ति !!
आँशु झार्दै दुनियाँमा ढाँट्ने कत्ति-कत्ति !!
रस सबै चुसे पछि छोक्रा कस्ले निल्छ ?
दुखियाको घरबार भाँड्ने कत्ति-कत्ति ??
दुखियाको घरबार भाँड्ने कत्ति-कत्ति ??
काम पर्दा भाँडो हुन्छ; घाँडो सकेपछि !
खोलो तरी लौरो त्यस्तै फ्याँक्ने कत्ति-कत्ति ??
खोलो तरी लौरो त्यस्तै फ्याँक्ने कत्ति-कत्ति ??
No comments:
Post a Comment