ल्होछार
विवाद चरमोत्कर्षमा पुगेको छ । म भने सम्झिरहेको छु- ''जान्नेलाई
श्रीखण्ड नजान्नेलाई खुर्पाको बीँड !'' हो नै रहेछ नि । यो
त कसैका लागि श्रीखण्ड रहेछ क्यारे । कसैका लागि खुर्पाको बीँड नै सही ! होइन, यो
उदाहरण नै मिलेन यार ! यो त कसैको लागि पनि श्रीखण्ड हुन सकेन । मुखले ठिक्क !
कामले दिक्क चाहिँ गर्दैछन् । त्यसैले जान्नेले खुर्पाको बीँड बनाउन खोज्दैछन् ।
नजान्नेलाई के भन्नु र ? खुर्पाको बीँड बनाउँछु भन्दै ताछ्दैछन् ।
ताछेरै सिध्याउँदैछन् । भुत्रोको बन्छ, खुर्पाको बीँड ! बनाउन सक्षम ठानिएकाहरु
पनि अन्यौलतामा फस्दैछन् । बीँड बनाउन नसकेकाहरूले के छोड्छन् र ? अर्काको
बन्नै लागेको बीँड पनि फुटाउने वा भँचाउने वा ताछेर काम नलाग्ने बनाउन खोज्दैछन् ।
किन
यस्तो ? भन्ने प्रश्न गर्छु । हुनुपर्ने ल्होछार
विमर्श थियो; तर यहाँ
विवाद पो गर्दैछन् । विमर्श गर्ने हुत्ति नभएपछि विवाद गर्दैछन् । कोही
रमाउँदै तिघ्रा ठटाउँदैछन् । कोही रुवाबासी गर्दैछन् । ''म मरेको
पल तिमी डोली चढ्नु ! हर्षाश्रु झार्दै रोए जस्तो गर्नु ! दुखे जस्तो गर्नु !'' पो
गर्दैछन् । त्यसैका निमित्त न्वारानदेखिको बल प्रयोग गर्दैछन् । यसप्रकार अब हुने
भनेको 'हरिस भनेर ताछ्दा-ताछ्दै ठेडी' भने
जस्तै मात्रै हो । त्यसैले अब ल्होछार श्रीखण्ड होइन । बाँसको जरा होला जस्तो पो छ
।
विगतका
कुरा भविष्यमा मिल्छ भन्ने छैन । त्यस्तो अवस्थामा परिमार्जन, परिष्करण
गर्नैपर्ने हुन्छ । शुरूमा सबै विज्ञ हुँदैनन् । कमजोरी केलाउन सक्नुपर्छ । पहिचान
गरी विमर्शमा उतार्नु पर्छ । पुनःभाष्यकरणद्वारा शुद्ध पार्ने क्षमता राख्नुपर्छ ।
समाजमा पुनः स्थापित गराउनु पर्छ । यद्यपि, यहाँ त नयाँ संस्करणको क्षमता नभएकाहरूका
बाहुल्यता रहेछ । तिनीहरू भएकालाई अनेक बहानामा सिध्याउन मात्रै सक्छन् ।
परिमार्जन र परिष्करण तिनीहरूका खोपडीको कुरा होइन ।
परिष्करण
गर्ने प्रयास गर्नुको अर्थ पुनः निरन्तरता हो । क्षमता नभएकाहरूले भने भएका पनि
खोजेर बेच्ने हुन् । त्यसैले पेट भर्ने मात्रै हुन् । यसको एउटै कारण भनेको
विमर्शको ठाउँमा विवाद गर्नु हो । यसैले लेख्दै आएको छु- तामाङ समाज पनि
गतिशीलतामा छ; तर अव्यकृत बाटोतिर ! अव्यकृत प्रश्नलाई
मूल प्रश्न देख्छन् र बनाउँछन् । अनि हुटिट्याउँले आकाश थाम्छन् । मक्ख पर्छन् ।
जब समस्याले लङ्गौटीमा आगो झोस्छ; तब उफ्रन्छन् । रुन्छन् । अरूलाई बेस्सरी
गाली गर्छन् । सराप्छन् ।
ल्होछारलाई
कसरी एउटै समयमा (तिथिमा) पार्ने भन्नेतिर जानुपर्ने थियो । काम कुरो एकातिर !
कुम्लो बोकी ठिमीतिर !! भनेजस्तै गर्दैछन् । ल्होछारलाई कसरी एकसाथ मनाउने ? सूर्य र
चन्द्र पात्रो भन्नुको सट्टा नेपाली पात्रो कसरी बनाउने ? प्रचलित
चन्द्र र सूर्य पात्रो ल्होछारको लागि किन मिल्दैन ? नेपाल
भनेको भारत र तिब्बत होइन । ''भारतमा पानी पर्दा नेपालमा छाता ओढ्ने'' भनेका
सुन्दै आएका हौं । कोही भने तिब्बतमा पानी पर्दा नेपालमा छाता ओढ्ने ताकमा छन् ।
नओढुन्
पनि किन र ? नेपाली हावापानी अनुसारको पात्रो बनाउन
सक्ने खोपडी छैन । कसरी बनाउने भन्नेतिर सोच्नु पनि छैन । ल्होछार के हो ? यसको
सामाजिक, सांस्कृति साथै पर्यावरणीय महत्त्व कुन
चरीको नाम हो ? यिनीहरूका क्षमता देख्दै आएका छौं ।
त्यसैले ल्होछार यसरी मान्ने; यसको
महत्त्व यो हो भनेर निष्कर्षमा पुग्नुपर्छ भन्ने हेक्का कहिल्यै आएन । आयो
त सोनाम र ग्यल्बो मात्रै ! यसैमा विवाद गर्दैछन् । विमर्श भन्ने शायद यिनका
दिमागमा छिर्दैन ।
अन्त्यमा
यत्ति चाहिँ लेख्छु कि- तामाङ समाज पनि बिनाको खोजमा भौतरिरहेको कस्तुरी जस्तै हो
। ल्होछार आफ्नै परम्परागत अभ्यासमा छ । दैनिकी क्यालेण्डरमा छ । अनादिकालदेखि
ल्होछार मान्दै आएका छौं । तर मानिरहेको ल्होछारलाई चिन्न सकिरहेका छैनन् । अनि
बाहिरफेरो अर्को ल्होछार खोज्दैछन् । अनि विमर्शको ठाउँमा विवाद गर्दैछन् । विनासे
काले विपरीत बुद्धी भन्ने उक्तिलाई प्रमाणित गर्दैछन् । केही सकलहरू सत्प्रयासमा
होलान् । केही दुःख दिने नियतमा छन् । प्रायःजसो यतिखेर म जस्तै, फेसबूकमा
सीमित छन् । कोही कसैका समर्थन त कसैका विरुद्ध छन् । मिलाउने नाममा बिलाउन
खोज्दैछन् । मूलबाटो छोडेर अव्यकृत बाटोतिर दौडिँदैछन् । त्यसैले अनिकालमा बीउ
जोगाउनुस् भनेजस्तै यत्ति भन्छु- यो विवादको हुलमूल छ; ज्यान
जोगाउनुस् ।
थुजेछे !!!
No comments:
Post a Comment