Monday, March 19, 2018

गजल



उठ्नै पर्छ अब यहाँ जाग्नै पर्छ छोरी !
पीडकका ती छातीमा तीर ताक्नै पर्छ छोरी !!

अत्याचारले सीमा नाघ्यो कत्ति सहि बस्छ्यौ ?
डराएर हुन्न अब आँट्नै पर्छ छोरी !!

तरबार र खुकुरी'नि खेल्न सिक्नु साँच्चै !
तिनै हातले दुर्इ चार शीर फाँड्नै पर्छ छोरी !!

बोक्सी भन्दै कुट्न आए रूँदै बस्नु हुन्न !
तिनका पनि घाँटीनेरै दाब्नु पर्छ छोरी !!

बलात्कार गरी हाले घण्टा भित्रै मार्नु !
कानूनको सुविधा’नि चाख्नै पर्छ छोरी !!
५ चैत ’७४
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...