Sunday, March 18, 2018

गजल

बदनामी पो धेरै कमाउँदैछन् मान्छे !
हत्या हिंसा भित्रै रमाउँदैछन् मान्छे !!

आजै निश्चित छैन, भोलिलाई अरे !!!!!
इज्जत बेची पैसा जमाउँदैछन् मान्छे !!

लोभ अनि मोह झाङ्गिँरा'छ दिलमा !!!
र त उल्टो बाटो समाउँदैछन् मान्छे !!

प्रेमिल बन्दै एक हातमा फूल राख्छन् !!
अर्कोमा चैँ बन्दूक थमाउँदैछन् मान्छे !!

'खोज' रुन्छ अचेल खै त 'बुद्ध' भन्दै !!
अँध्यारोमा ढुङ्गा छमाउँदैछन् मान्छे !!
४ चैत '७१
चाबहिल


No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...