Monday, March 5, 2018

'घ्याङ’ शब्दोच्चारण गर्न र लेख्न नसक्ने पनि तामाङ हुँदारहेछन् !


घ्याङल्ह क्षेत्रको गुगलअर्थबाट लिइएको तस्वीर
      केही दिनअघि मात्रै काजीमान थिङ (सिन्धुली)ले फेसबूकवालमा एउटा स्टेटस राख्नुभएको थियो । त्यसअघि उहाँसँग केही कुरा पनि भएको थियो । विषय भने 'घ्याङलेकगाउँपालिकाको नाम फेर्ने सँग सम्बन्धित थियो । यो (घ्याङ) नाम तामाङ राष्ट्रसँग सम्बन्धित रहेको छ । विशेषतः तामाङ गाउँमा घ्याङ र कक्लिङहरू हुने नै भए । सर्वत्र हुनैपर्छ भन्ने पनि छैन । कतिपय गाउँमा घ्याङ हुन्छन् । कति गाउँमा त कक्लिङ पनि हुन्छन् ।
      घ्याङले विशेषतः बौद्ध लामा साथै तिनीहरू बस्ने स्थानलाई पनि बुझाउँछ । त्यसो त घ्याङ भनेको गुम्बा पनि हो । कक्लिङ चाहिँ गाउँ प्रवेश गर्ने स्थानमा निर्मित द्वार (गेट) हो । यी दुर्इ संस्कृति अथवा प्रचलनले त्यस गाउँमा बौद्ध धर्मको अवस्था कस्तो छ भन्नेतिर पनि इङ्कित गरिरहेको हुन्छ ।
      सिन्धुली जिल्लाको मावरमा 'घ्याङ ल्हनामक स्थान रहेको छ । त्यसैलाई नेपालीकरण गर्नेले 'ल्हको सट्टा 'लेकभन्ने गरेका छन् । वास्वतमा तामाङ भाषाको 'ल्हलाई नै 'लेकभनेका हुन् । स्थानीय तहको निर्धारण गर्ने क्रममा सिन्धुलीका तामाङमाथि पुनः ऐतिहासिक अन्याय गरेको भन्ने कुरामा कुनै विवाद छैन । जिल्लामा तामाङको उपस्थिति धेरै राम्रो छ । यद्यपि, राजनैतिक पार्टी साथै कथित नेताहरूले आफ्नो स्वार्थ अनुकूल तामाङलाई फुटाउने घोर निन्दनीय र जघन्य अपराध गरेका छन् ।
      तामाङ राष्ट्रको मनोभावनालाई बुझेको भए धेरै गाउँपालिकाहरूमा तामाङको वर्चस्व कायम रहने थियो । तामाङको वर्चस्व हुने बित्तिकै गाउँपालिकाका नाम पनि तामाङ भाषामै रहने थिए । नेपालमा राजनैतिक पार्टी र नेता भन्दा पनि 'जेरिम्याण्डरिङगर्ने अपराधीहरू धेरै छन् । तिनै अपराधीहरू तामाङ राष्ट्रलाई फुटाएर राज गर्ने नीतिमा अडिक रहेका छन् । तामाङका केही नेताहरूका चाहिँ जोड चलेन । केही कपुत तामाङहरू भने तिनै कथित पार्टीका पोल्टाका असला मात्रै साबित भएका छन् ।
      परिणामतः तामाङ बाहुल्य गाउँबस्तीहरूलाई यत्ताउत्ता टाँस्ने र छुट्याउने घोर अराजनैतिक अपराध गरे । स्पष्ट रूपमा तामाङ गाउँपालिकाहरू बन्ने ठाउँहरूलाई फुटाउन सफल पनि भए । अन्ततः हाल कायम रहेको 'घ्याङलेकगाउँपालिकामा पुगेपछि केही जोड चलेन । केही उपाय नचलेपछि मात्रै तामाङको बाहुल्यता कायम रहेको थियो । त्यसपछि केही सच्चा तामाङका पहलमा 'घ्याङलेकगाउँपालिका भनी नामाकरण पनि भएको थियो ।
      वास्तवमा 'घ्याङलेकभन्दा पनि 'घ्याङल्हगाउँपालिका हुनुपर्दथ्यो । त्यतिसम्म भएपनि तामाङ भाषाको नाम आयो भन्ने ठाउँ बनेको थियो । अहिले त्यहाँका कुनै कथित पार्टी र नेता भन्नेहरूका लागि यही 'घ्याङलेकनाम पनि अपाच्य भएको रहेछ । तामाङ नाम उच्चारण गर्न अप्ठेरो भयो अरे । लेख्न पनि अप्ठेरो भयो अरे । यो पनि तामाङ समुदायभित्रैका नेता तथा अग्रज भनाउँदाहरूलार्इ !!
      अचम्म छ- तामाङ हुँ भन्छन्; तर तामाङ शब्द लेख्न र उच्चारण गर्न सक्तैनन् । यस्ताबाट तामाङ समुदायले के अपेक्षा राख्ने होला ? थाहा छैन; गाउँपालिकाको जिम्मेवार पदमा को-को छन् । त्यो मेरो विषय पनि होइन । जेरिम्याण्डरिङ गर्ने अपराधीहरू देखेकैले निर्वाचनलाई पूर्णतः बेवास्ता गरेरै बसेको हुँ । अब खोज्नु वा सोध्नु पनि छैन । त्यसैले सोध्ने र खोज्ने काम पनि गरिनँ । भन्नैपर्दा भन्छु- राजनीति त आदिवासी जनजातिलाई समाप्त पार्ने खेल मात्रै हो । त्यसैले अपराधीहरूका चङ्गुलमा फसेको राजनीतिको बारेमा धेरै खोज्नु परेको पनि छैन ।
घ्याङल्ह क्षेत्रको गुगलअर्थबाट लिइएको तस्वीर
      फेरि पनि, तामाङ राष्ट्रको 'घ्याङसंस्कृतिको बारेमा अनभिज्ञहरूलाई यो नाम लेख्न र पढ्न अप्ठेरो भयो अरे भन्ने सुन्दैछु । दुःख पनि लाग्दैछ । सोच्छु- यो त सिङ्गो तामाङ सभ्यतामाथिको ऐतिहासिक र घोर अमानवीय प्रहार हो । त्यसैले केही त बोल्नै/लेख्नै पर्छ भन्ने लागेकोले यस्सो जमर्को गरेको हुँ । सुनकोशी गाउँपालिका भन्नेको वडा नं. ७ नागीमा गोल्मे राजा र रानीको ऐतिहासिक पोखरी थिए । त्यो पनि शिक्षाको नाममा पुरे । तामाङको इतिहास समाप्त पारेर खुब खुशी भएका छन् भन्ने सुनेको छु । त्यस सम्बन्धमा केही समयअघि लेखेको पनि थिएँ ।
      केही पत्रकार साथीहरूले त्यस स्थानको बारेमा रिपोर्टिङ गर्न जाने रहर गरेका थिए । स्थानीयहरूले नै सहयोगको सट्टा बेवास्ता गर्ने र उल्टो सोच्ने गरेको भन्ने लागेकोले खासै कदम बढाउन पनि सकिँन । अहिले आएर पुनः तामाङ भाषा र संस्कृतिमा आधारित 'घ्याङ ल्हमाथि घोर षडयन्त्र रच्दैछन् । कुनै एउटा पार्टीलाई आफ्नो मानेर आफ्नै समुदाय र 'घ्याङल्हभनेर नाम राखेका महान् पुर्खामाथि प्रहार गर्दैछन् भन्ने सुन्दैछु ।
      आफ्नै पुर्खामाथि प्रहार गर्ने यस्ता कपुतहरूका लागि आफ्नो समुदाय र पहिचानभन्दा पनि आफ्नै पार्टी र नेता भन्ने चाहिँ ठूला हुँदोरहेछन् । यसमा तामाङको जिम्मेवार सङ्घ संस्थाको पनि केही हदसम्म दोष छैन भन्न सकिन्न । यस्ता भाइरसजन्य कार्यप्रति सम्पूर्ण तामाङले सचेतता अपनाउन ढिलो गर्नु हुन्न । कुहिएको एउटा आलुले बोरामा भएका सबै आलुलाई कुहाउँछ भन्नेमा सहमति जनाउन त सक्छौं होला । त्यसैले बाँकीलाई जोगाउनका लागि भएपनि यस्ता कार्यलाई रोक्नैपर्ने हुन्छ । 'घ्याङ लेकभन्दा पनि 'घ्याङल्हनै बनाउनुपर्ने हुन्छ । यसैका लागि सबैले आ-आफ्नो तर्फबाट दबाब दिनुको विकल्प पनि छैन । होइन, मेरो मान्छे वा आफन्त वा तामाङ नै रहेछन् भनेर छोड्ने हो भने त्यतिखेर हामीले पनि आफूलाई तामाङ हुँ भन्ने अधिकार राख्ने छैनौं
      गल्ली मान्छेबाटै हुन्छ । सच्चाउने अवसर दिन सक्नुपर्छ । नसुध्रने मान्छे हुँदैन । समय छँदै विचार पुर्‍याऔं । धन सम्पत्ति त भोलि-भोलि पनि कमाऔंला । आजको कामलाई चिनौं । सक्छौं भने 'घ्याङलेकलाई 'घ्याङल्हनै कायम गराउने प्रयास गरौं । अन्यथा भोलि हामी आफैँ घर न घाटको हुनेछौं । यही तथ्यलाई बुझौं । आफ्नो तर्फबाट सक्ने पहल गरौं । धन्यवाद !!    









No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...