धैर्यताको बाँध तोड भन्छ यो देश !
बुद्ध हैन युद्ध रोज भन्छ यो देश !!!
नेताहरू भोकै नाङ्गै छन् ती कठै !!!!!
मासु ख्वाई अब पोष भन्छ यो देश !!
हेर्नु हुन्न राष्ट्र सेवकका ती गल्ती !!!!!
आँखाहरू पूरै छोप भन्छ यो देश !!
मुखै टाली बसाउ कानै थुनी बसाउ !
नमानेमा बाँधी ठोक भन्छ यो देश !!!
मातृभाषा बोल्ने; गार्इ मारी खाने ?!?
मुखैभरि आगो झोस भन्छ यो देश !!
४ चैत ’७४
चाबहिल

No comments:
Post a Comment