 |
| अनुसन्धाता मोहनकुमार तामाङ प्रस्तुति गर्दै |
एस.सि.आर.सि. डिस्कोर्श सेरिजले मुलतः आदिवासीसँग
सम्बन्धित विषयमाथि छलफल (विमर्श) गर्दै आएको छ । विमर्शको क्रममा सामाजिक, सांस्कृतिक, राजनैतिक, आर्थिक
तथा ज्ञान-चतेना लगयातलाई समेटेको छ । त्यस्तैगरी आदिवासी सभ्यता, दृष्टिकोण, जीवन
र जगत्को ऐतिहासिक परम्परा, निरन्तरता,
चुनौती, व्यवस्थापना
एवं संरक्षणसम्बन्धी विमर्श थालेको छ । विषयगत ज्ञान मिमांसामा आधारित विज्ञ-विशेषज्ञ
तथा बुद्धिजीविहरूका खोज, अनुसन्धान तथा नयाँ दृष्टिकोणसहितको प्रतिवेदनहरू
प्रस्तुत् गर्दै आएको छ । पाँचौं शृङ्खलामा भने ''तामाङ राष्ट्र : शैलुङ एक
विमर्श’’लाई विषयवस्तु बनाएको थियो । उल्लेखित विषयमा मोहनकुमार तामाङले
आफ्नो प्रस्तुत् राख्नुभएको थियो । उहाँ गुरु पद्मसम्भवका तीर्थहरू सम्बन्धी
लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गत विद्यावारीधिको शोधकार्यको क्रममा
हुनुहुन्छ ।
 |
| सहभागीहरू |
सयलुङ, सेलयुङ, साङ्गेलुङ, साअीलुङ
र सेँलुङबाटै यो क्षेत्रको नाम शैलुङ रहेको भन्ने मतहरू पाइएका छन् । शैलुङ अन्तर्गत
रामेछाप, दोलखा,
काभ्रे र सिन्धुपाल्चोकका केही
क्षेत्रहरू पर्दछन् । यो क्षेत्र अन्यन्तै पवित्र तीर्थस्थलको रूपमा स्थापित छ ।
यसलाई बोन र बुद्ध धर्मको सङ्गमस्थल मानिएको छ । तामाङका पाँच पुर्खाहरू शैलुङबाटै
अन्दरबुङ, ह्रिस्याङ्गु,
तल्च्यो र तेमाल क्षेत्रमा पुगेका
थिए । तिनहरू योञ्जन, मोक्तान,
घिसिङ, ब्रोक्चन, र
बल थिए । तिनैलाई स्थानीय जनबोलीमा 'खे ङा’
भन्ने गर्दछन् । यसै क्षेत्रमा
रहँदा बस्दाखेरि पेङदोर्जेले डम्फू बनाएका भन्ने तम्बागीत पनि रहेको छ ।
 |
| कार्यक्रम शुरू गराउने क्रममा डिसकोर्श सेरिज संयोजक अार.के. तामाङ |
तामाङ समाजमा नेदा र शिब्दा (सिमेभूमे)को
अवधारणा रहेको छ । शैलुङलाई शिब्दा कर्पो (सेतो पुरुषभूमि देव)को रूपमा मान्दछन् ।
कालिन्चोक चाहिँ बलि खाने शक्तिको रूपमा स्थापित रहेको छ । यी दुर्इ स्थानका बारेमा
प्रशस्तै मिथहरू पाइएका छन् । अनुसन्धाता मोहनकुमार तामाङका अनुसार लामाबगर, लप्ची
र शैलुङ हुँदै रेशममार्गको शाखा बनेको थियो । अहिले पनि त्यस रूटमा प्रशस्त
गुम्बाहरू रहेका छन् । तिनका निर्माण १४ औं शताब्दीदेखि नै शुरू भएको देखिन्छ । ती
गुम्बाहरूले शैलुङ क्षेत्रको महत्त्व बढाएको छ । तामाङ बाहुल्यता रहेको शैलुङ
डाँडामा ठूलो सेतो चैत्य रहेको कुरा छ्योईमा उल्लेख गरिएको छ । यहीँ सङ्गेला
स्ह्यप/ज्हे (पद्मसम्भवको पाइलाको छाप),
त्रिशुल, ठूला
गुफाहरू, बाघ,
गङ्गटे र गार्इढुङ्गा लगायत
शीलाहरू विद्यमान रहेका छन् । यहाँ पाँच वर्षम्म तपस्या गर्ने मान्छे सिधै
देवाच्यनमा पुग्ने जनविश्वास रहेको छ । गुरु पद्मसम्भवसँग सम्बन्धित छ्योईमा समेत
यही कुरा पाइएको छ ।
 |
| जिज्ञासा तथा सुझाव राख्नुहुँदै कृष्णकुमार लामा |
यो क्षेत्र सम्बन्धी ग्राबिएल टाउचरले अध्ययन गरेकी छन् । उनले ''द
फाइभ तामाङ एनसेष्टर्स एण्ड शैलुङ फोइ शिब्दा’’ पुस्तक पनि लेखेकी छन् ।
जुन पुस्तक कुक्पा खाछ्योईमा आधारित रहेको छ । तिब्बती बौद्ध परम्परामा अन्यन्तै
पवित्र मानिएको पेमाकाथाङको ३१ औं अध्यायमा पनि शैलुङको बारेमा उल्लेख गरेको
पाइन्छ ।
 |
| कार्यक्रमलार्इ सम्बोधन गर्नुहुँदै दावा पाख्रिन (दार्जिलिङ) |
उक्त छ्योईमा उल्लेख भए अनुसार गुरु पद्मसम्भवले यो क्षेत्रमा पाँच वर्ष बस्नु
भएको देखिन्छ । यही क्षेत्रमा उहाँले महायोगको अभ्यास गर्नु भएको थियो ।
सोहीक्रममा उहाँले 'ङारसिन दोर्जेछाङ’ भन्ने गुप्त नाम प्राप्त
गर्नु भई डाकिनीहरूलाई शिक्षा दिनुभएको थियो । त्यस्तैगरी विभिन्न आठ यक्षहरूलाई
दबाएर तीन क्षेत्रमा आधिपत्य जमाउनु भएको थियो ।
 |
| जिज्ञासा तथा सुझाव राख्नुहुँदै पेमा मोक्तान |
शैलुङ क्षेत्रमा रहनु हुँदा नै गुरु पद्मसम्भवले सेङ्गे डाडोग
भन्ने नाम पनि प्राप्त गर्नु भएको थियो । गुरु पद्मसम्भवको आठ नामहरू मध्ये सेङ्गे
डाडोग एक हो । भुटानको पारोमा गुरु
पद्मसम्भव नै दोर्जे डेलोको रूपमा प्रकट हुनु भएको थियो । भुटानले उक्त क्षेत्रलाई
गुरु पद्मसम्भवको तीर्थस्थलको रूपमा स्थापित गराइसकेको छ ।
 |
| उठेका जिज्ञासा तथा सुझावलार्इ सम्बोधन गर्नुहुँदै प्रस्तोता तामाङ |
अब शैलुङ क्षेत्रलाई
पनि भुटानको दोर्जे डेलोकै समान भएकोले 'सेङ्गे डाडोग’को रूपमा स्थापित गर्नु पर्दछ । त्यसैका निमित्त
पनि यो क्षेत्रलाई जोगाएर राख्नु सक्नु पर्दछ । यही नै चुनौती पनि भएको छ । विकासको
नाममा बिनास हुन सक्ने हुनाले त्यतातिर समय छँदै विशेष सचेतता अपनाउनु पर्नेछ । पाँचौं शृङ्खलाको गन्बामा भने अग्रज मणि पाख्रिन रहनुभएको थियो । उहाँले नै कार्यक्रम समापन गर्नु भएको थियो ।
 |
फोटो सेसनको दृश्य SCRC को पेजबाट साभार गरिएको । |
No comments:
Post a Comment