दुःखै बीच पनि बाँच्नु त छँदैछ !!!
रुन छोडी अझै हाँस्नु त छँदैछ !!
अरूलाई कहिल्यै नढाँटेकै जाती !
आफैँलाई कत्ति ढाँट्नु त छँदैछ !!
मात्नेसम्म सुख नखोज्नु नै भन्छन् !!!
आँशु पिई झ्याप्पै मात्नु त छँदैछ !!
बाँच्न सिक भन्छौं थाहा छैन आफ्नै !
दिन गन्दै औंला भाँच्नु त छँदैछ !!!!!
खोली देऊ मुटु दुनियाँका सामू !!!
एकान्तमा हल्का दाब्नु त छँदैछ !!
११ बैशाख ’७५
चाबहिल

No comments:
Post a Comment