![]() |
| सञ्चार हो कि गद्दार हो खै |
नेपाली शान संस्कृतिको अपार भण्डार रित्याउँदैछन् !!
आफ्नै मात्र भाषा र भेष; धर्म अनि संस्कृति भो !!!!!!!
समानताको नाराले नै संविधानलाई गिज्याउँदैछन् !!
अधिकारका लागि यहाँ लडिरा’छन् आदिवासी !!
जनजाति मारिँदैछन् सत्ता जिभ्रो मिठ्याउँदैछन् !!
एक पक्ष चैँ अब देखि पहिचान नमेट भन्छन् !!!!!!
कोही आफैँ सत्ता बनी भूमि-पुत्र बिच्काउँदैछन् !!
गोडा टेक्न कस्तो गाह्रो त्यहीमाथि पानी पोख्दै ??
भाइ भाइ कुस्ती खेल्दा विदेशीले चिप्लाउँदैछन् !!
१ बैशाख ’७५
चाबहिल

No comments:
Post a Comment