मार्दै आ’छन् मर्दै आ’छु मार अझै डराउँदिन !!!!!
ज्यान बकस देऊ भन्दै कसम् आँशु बगाउँदिन !!
ज्यान बकस देऊ भन्दै कसम् आँशु बगाउँदिन !!
मेरै छाला तारी यहाँ तिमी डम्फू बजाउनु !!!!!!!
ऐय्या आत्था मरेँ भन्दै दुनियाँलाई हसाउँदिन !!
ऐय्या आत्था मरेँ भन्दै दुनियाँलाई हसाउँदिन !!
मेरै मुटु झिकी अब रक्सी प्युन सितन बनाऊ !!!!!
सहयोगको भीख माग्दै कतै तस्वीर छपाउँदिन !!
सहयोगको भीख माग्दै कतै तस्वीर छपाउँदिन !!
सुनैको त्यो पिँजडा रे आश तिमी नदेखाऊ !!!!
कागै सही तिम्रो निम्ति सुगा बनि अटाउँदिन !!
कागै सही तिम्रो निम्ति सुगा बनि अटाउँदिन !!
पिरतीको गजल लेख्दा तिम्रो मुटु जल्दोरै’छ ??
तिमी छल आफैँलाई दुनियाँलाई छकाउँदिन !!
१ बैशाख ’७५
चाबहिल
तिमी छल आफैँलाई दुनियाँलाई छकाउँदिन !!
१ बैशाख ’७५
चाबहिल
No comments:
Post a Comment