Thursday, May 2, 2019

gajal


समय हो कैले-कैले प्रतिकूल भैहाल्छ !!
धैर्य गरे एकदिन त अनुकूल भैहाल्छ !!!

काँढालाई झेल्न सक्नु पर्छ नि मनुवा !!!!
ऋतुसँगै अवश्य नै फूल फूल भैहाल्छ !!

खराबमान्छे बन्ने चाह कस्को पो होला र ?
मान्छेबाट कैले-कैले साँच्चै भूल भैहाल्छ !!

आफू फूल भए पो त अरू माली बन्छन् !
व्याधा बने मित्र पनि शत्रु हूल भैहाल्छ !!!!

समस्याको खहरे त नदी बन्दै राम्रो हो !!!!
त्यसपछि तर्नलाई त जत्ति पूल भैहाल्छ !!
१९ बैशाख '७६
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...