बरफ बन्ने गरी प्रकाश जमेछ भने के होला ??
पानीजस्तै यही बतास जमेछ भने के होला ?!?
तातो अनि रातो रगत हुँदैमा फूर्ति नलाउनु !!!
त्यही पनि त अनयास जमेछ भने के होला ??
काट्छु मार्छु छाला स्याट्टै तार्दिन्छु भन्दै नभन्नु !!!!!
बोल्दा-बोल्दै आफ्नै निश्वास जमेछ भने के होला !!
उमेर देह रूपको कहिल्यै नगर्नु यस्तो घमण्ड !!
पल पल मृत्यु सन्त्रास जमेछ भने के होला ????
पृथ्वी एकनास घुमिरहेछ र त ठिकठाकमा छौं !!
कतै गति छिटो या मास जमेछ भने के होला ??
शब्दार्थ :
निश्वास : श्वास-प्रश्वास; श्वास ।
मास : महिना, मौसम ।
१ जेठ '७६
चाबहिल
No comments:
Post a Comment