Friday, May 3, 2019

Gazal

भन्नै लाज लाग्दो भयो लाखको कुरा !!!
कसोगरी जोगाउनु खै साखको कुरा !?

शिक्षा अनि स्वास्थ्यको'नि व्यापार चल्यो !
हंसै खाने प्रेत बन्यो चाखको कुरा !!!!!!!!!

जुनार छोडौं खुर्सानीमै पर्छन् कीरा !!!!
के पढ्नु र द्राक्षफलम् दाखको कुरा !!

छर्लङ्गै भो आफैँ आफ्नो हुँदोरहेनछ !!
र त भारी लाग्यो नाता साखको कुरा !!

खोज भन्छ- मासिँदैछ संसार अब !!!!
भ्रम रै'छ माया अनि काखको कुरा !!

शब्दार्थ :
साख : इज्जत 
चाख : चाहना, चाहेको
द्राक्षफलम् : अङ्गुर 
दाख : अङ्गुर
साख : एक प्रकारको नाता । पर्ने साइनो; धर्म (धारण गरेको) नाता साइनो र साख नाता साइनो ।
११ बैशाख ७६
सिन्धुलीरातामाटा, सिन्धुली

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...