Wednesday, May 15, 2019

Three Gajals


१.
समाधिमा मिल्ने प्रमादि के हो ?
बुझी राखे शील समाधि के हो !!

'निर्वाण' हो त्यही भन्दिनु सोधे !!
मृत्युपछि हुने आवादी के हो ??

बुद्धका ती उन्तीस पूर्वजन्म पढे !!!!
थाहा लाग्छ बल्ल, यो सादी के हो !!

मरिहत्ते गर्दै हिड्दैछन् कोही !!!!! 
नबुझे'छि बेर्थ, त्यो गादी के हो ??

बाहिरी त्यो छाला सुन्दरै होला !!
पेट भित्र हेर, त्यो लादी के हो ??
१ जेठ '७६
चाबहिल
शब्दार्थ :
समाधि : ध्यान, तप, साधना ।
प्रमादि : आनन्दीपन, प्रफुल्लता ।
शील : समाधिका लागि तय गरिएका नियम ।
निर्वाण : जरामरणको चक्रबाट मिल्ने मुक्ति; बुद्धत्त्व प्राप्ति भएको अवस्था ।
सादी : विवाह । वैवाहिक सम्बन्ध ।
गादी : गद्दी; सिंहासन; राजगद्दी ।


२.
परिवर्तन नहुने त प्रहर हुँदैन !!!!!!!
प्रहरबिना शुभयोग र कहर हुँदैन !!

सपना र योजना त अझै परको !!!!
बस्तीबिना कहीँ कतै शहर हुँदैन !!

भन्छन् कुलो जता लग्यो उतै गैजान्छ !
बुझी राख्नु पानीबिना नहर हुँदैन !!!!!!

दुर्इ हरफ लेखी देखी गजल नभन्नु !
गजल हुँदा सबैमा त्यो बहर हुँदैन !!!!

अमृत मात्रै सत्य भन्न मिल्दै मिल्दैन !!
जहर काट्न जहर लाए जहर हुँदैन !!
२६ बैशाख '७६
चाबहिल


३.
सांसारिक यी मोह जाल तोडी हेर साथी !!!!!
भौतिक हैन बौद्धिक सुख खोजी हेर साथी !!

आसक्ति र तृष्णा त्यागी अघि बढ्नुपर्छ !
आपस्तमा बन्धुत्व भाव रोपी हेर साथी !!

कत्तिखेर उठ्ला प्राण ! व्यर्थै रिस किन ?
अविरल बगिरहने कोशी हेर साथी !!

तुच्छा जानी कामलाई बशमा पार्नुपर्छ !
जिन्दगीमा मान्छे भई सोची हेर साथी !!

'खोज' भन्छ र्इश्वरभन्दा प्रज्ञा ठूलो जान्नु !
मूर्ति छोडी विचारलाई ढोगी हेर साथी !!
२३ असार '६९
बाँकोट

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...