कामले चाहिँ शिकारीको धनु तीर कत्ति-कत्ति !!
मुखले चाहिँ वीरङ्गना आफैँ वीर कत्ति-कत्ति !!
सहजतामा काम लाग्छ चिम्टा अनि त्रिशुल'नि !
फसादमा तिनै बन्छन् घोप्ने झीर कत्ति-कत्ति !!
कुरा गर्यो कुराकै पो दुःख किन नहुनु नि ???
धैर्य गर भन्ने आफैँ हुन्छन् अधीर कत्ति-कत्ति !!
समाजसेवी भन्नु पनि अनर्थै पो हुने भयो !!!!!!!!
अरूका ती शीरमाथि खेल्छन् घीर कत्ति-कत्ति !!
धनी गरीब रोगी भोगी जो भए'नि मानिसै हुन् !
सम्पन्न र सुखीकै'नि मनमा पीर कत्ति-कत्ति !!!!!
८ चैत '७५
चालिसे, सिन्धुली
No comments:
Post a Comment