ह्वबम्हेन्दो सङ्क्षिप्त चर्चा :
तामाङ भाषामा यो फूललार्इ ह्वबम्हेन्दो भन्दछन् । यो ता'फोले (सयपत्री)कै ए प्रजाति हो । सयपत्रीकै वीउबाट यो अवस्थामा फक्रन्छन् । सामान्यतः बिरूवा वा यसको पात हेरेर चाहिँ ता'फोले कि ह्वबम्हेन्दो भनेर छुट्याउन गाह्रो हुन्छ । चालिसे गाउँका तामाङ विश्वास अनुसार यो फूल देउता तथा मानिसलार्इ समेत चल्दैन/चलाउँदैनन् । वास्तवमा यसलार्इ फूलको दर्जामा राख्दैनन् । त्यसैले यो प्रजातिका फूल भेटिन्छन् तर प्रायः उखेलेर फाल्छन् ।
No comments:
Post a Comment