हो ! आँखा चिम्म नगरिकन
मुटुमा हात राखेर
पुर्वजप्रति देह अर्पेर
भावीपुस्ताका निमित्त सुन्दर सपना रोपेर
यो कविता लेखेको छु-
नेपाल नाम गरेको- खासमा हत्याराको देशबाट
अलग भएको घोषणा गर्नुको
सारा विकल्पहरू समाप्त भइसकेछन् ।।
यो जन्मदै हत्याराको देश
मेरा पुर्खाका शीर गिँडेर
मेरै पुर्खाका लाशमाथि ठडिएको देश
मेरै चेलीका अस्मिता पिउन पल्केको
बलात्कारीको यो देश
अनेक बहानामा परिवर्तनको नारा उराल्दै
मान्छेका सुकुटी चपाउन अभ्यस्त देश
निर्धाकाआँशु पिउन छोडिरहेको छैन
त्यही भएर त
नेपाल नाम गरेको- खासमा हत्याराको देशबाट
अलग भएको घोषणा गर्नुको
सारा विकल्पहरू समाप्त भइसकेछन् ।।
हिँजो भूमिपुत्रका ज्यान खोसेको देश
एक मुठी प्राण खोसेको देश
केसा, ठु्ङसा र बप्सा खोसेको देश
पीपा बनाएर अस्मिता लुटेको देश
साँच्चैमा नेपाल नाम गरेको- खासमा हत्याराको देशबाट
अलग भएको घोषणा गर्नुको
सारा विकल्पहरू समाप्त भइसकेछन् ।।
जङ्गे कानूनलार्इ ब्युँताइसकेको छ
तामाङको मन्त्री पद खोसेको छ
फेरि पनि मासिने मतवाली बनाएर घाँटी नाप्तैछ
पुनः पुर्खाका रेटिएका गीँडहरू देखाएर तर्साउँदैछ ।
यी सारा दृश्यहरू देखिसकेपछि
पुर्खाप्रति गद्दारी गर्न सकिनँ
र त लेखेको छु-
नेपाल नाम गरेको- खासमा हत्याराको देशबाट
अलग भएको घोषणा गर्नुको
सारा विकल्पहरू समाप्त भइसकेछन् ।।
२३ भदौ '७५
चाबहिल
मुटुमा हात राखेर
पुर्वजप्रति देह अर्पेर
भावीपुस्ताका निमित्त सुन्दर सपना रोपेर
यो कविता लेखेको छु-
नेपाल नाम गरेको- खासमा हत्याराको देशबाट
अलग भएको घोषणा गर्नुको
सारा विकल्पहरू समाप्त भइसकेछन् ।।
यो जन्मदै हत्याराको देश
मेरा पुर्खाका शीर गिँडेर
मेरै पुर्खाका लाशमाथि ठडिएको देश
मेरै चेलीका अस्मिता पिउन पल्केको
बलात्कारीको यो देश
अनेक बहानामा परिवर्तनको नारा उराल्दै
मान्छेका सुकुटी चपाउन अभ्यस्त देश
निर्धाकाआँशु पिउन छोडिरहेको छैन
त्यही भएर त
नेपाल नाम गरेको- खासमा हत्याराको देशबाट
अलग भएको घोषणा गर्नुको
सारा विकल्पहरू समाप्त भइसकेछन् ।।
हिँजो भूमिपुत्रका ज्यान खोसेको देश
एक मुठी प्राण खोसेको देश
केसा, ठु्ङसा र बप्सा खोसेको देश
पीपा बनाएर अस्मिता लुटेको देश
साँच्चैमा नेपाल नाम गरेको- खासमा हत्याराको देशबाट
अलग भएको घोषणा गर्नुको
सारा विकल्पहरू समाप्त भइसकेछन् ।।
जङ्गे कानूनलार्इ ब्युँताइसकेको छ
तामाङको मन्त्री पद खोसेको छ
फेरि पनि मासिने मतवाली बनाएर घाँटी नाप्तैछ
पुनः पुर्खाका रेटिएका गीँडहरू देखाएर तर्साउँदैछ ।
यी सारा दृश्यहरू देखिसकेपछि
पुर्खाप्रति गद्दारी गर्न सकिनँ
र त लेखेको छु-
नेपाल नाम गरेको- खासमा हत्याराको देशबाट
अलग भएको घोषणा गर्नुको
सारा विकल्पहरू समाप्त भइसकेछन् ।।
२३ भदौ '७५
चाबहिल

No comments:
Post a Comment