![]() |
| पवित्र गोसार्इँकुण्डको किनारामा बोम्बो तथा अभिन्ताहरू |
पोखरा । लोकोत्तर लोकवादी विचार अभियान साथै नेपाल तामाङ बोम्बो घेदुङ कास्कीको संयुक्त आयोजनामा परम्परागत ज्ञान सन्धान यात्रा-२८५४ खि-ल्हो सम्पन्न गरिएको छ । यही भदौ ७ देखि १२ गतेसम्म भएको यात्रा सुन्दरनगरी पोखरादेखि गोसाईकुण्ड साथै गोसार्इँकुण्डदेखि पुनः पोखरा पुगेर सम्पन्न भएको थियो । गोसार्इँकुण्ड क्षेत्र तामाङ सभ्यताको मुख्य अङ्गहरू बोन र बौद्धसँग सम्बन्धित पवित्र तीर्थस्थल हो । गोने ङ्ह्यको अवसरमा त्यहाँ पुग्नु तामाङ बोम्बोका लागि विशेष मानिन्छ । उक्त क्षेत्रमा पुग्न नसक्नेहरू भने नजिकका तीर्थस्थलमा पुग्छन् ।
![]() |
| दर्शन गर्दै बोम्बोहरू |
यात्रामा तामाङ बोम्बो साथै मौलिक सांस्कृतिक अभियन्ताहरू गरी २६ जना संलग्न रहेका थिए । कार्यक्रमको व्यवस्थापकीय संयोजन बोम्बो घेदुङले साथै वैचारिक सांस्कृतिक ज्ञान सन्धानको संयोजन लोकोत्तर लोकवादी विचार अभियानले गरेका थिए ।
![]() |
| यात्रामा संलग्न बोम्बोहरू |
ज्ञान सन्धान टोली रसुवाको धुञ्चे पुगेपछि नेपाल तामाङ घेदुङ रसुवाका अध्यक्ष दावा लोप्चन तामाङ, संस्थापक अध्यक्ष करसङ तेम्बा तामाङ, पूर्व अध्यक्ष सम्तेन लामा र मौलिक संस्कृतिकर्मी सिने वाङ्दी लोप्चनले तामाङ परम्परा अनुसार स्ह्यलगरसहित पवित्र खदाद्वारा स्वागत गरेका थिए ।
![]() |
| धुञ्चेमा स्वागत गर्दैको एक दृश्य |
अभियान टोलीमा बोम्बो गुरुहरू अमर बहादुर तामाङ, सागर तामाङ, सोमप्रसाद तामाङ, रणबहादुर तामाङ, बुद्ध गुरुङ र अमृत श्रेष्ठ रहेका थिए । त्यस्तैगरी लप्ताब सोमबहादुर लोप्चन र मसिना स्याङ्बो, लोकोत्तर लोकवादी विचार अभियानका प्रवर्तक धनप्रसाद तामाङ साथै अभियन्ताहरूमा घेदुङको पूर्व केन्द्रीय कावा अध्यक्ष कुमबहादुर तामाङ, नेताघे प्रदेश नं.-४ अध्यक्ष दिपक वाइबा , घेदुङका पूर्व केन्द्रीय सल्लाहकार प्रताप वाइबा, घेदुङ कास्कीका सचिव सुन्दर थोकर, तामाङ बौद्ध सेवा समितिका अध्यक्ष केशबहादुर थिङ रहेका थिए ।
![]() |
| अभियन्ता तथा बोम्बोहरू गोसार्इँकुण्डमा |
संलग्न अन्य अभियन्ताहरूमा बुद्धि रुम्बा, लामा शेरजङ्ग वाइबा, बुद्धिमान योञ्जन , टेकबहादुर वाइबा, डिल स्याङ्बो, विकास पाख्रिन, टेक वाइबा , हरि लामा, श्रीप्रसाद नेगी एवंरीतले भिडियोग्राफर दिलिप नेगी र पथप्रदर्शक राम स्याङ्बो सहभागी थिए । गएको वर्ष भने पोखरा तथा लमजुङका बोम्बो, अभियन्तासहित लमजुङस्थिति बाह्र पोखरीमा तामाङ परम्परागत ज्ञान सन्धान यात्रा गरिएको थियो ।
![]() |
| लोकोत्तर लोकवादी विचार अभियानको प्रवर्तक तथा अभियन्त धनप्रसाद तामाङ |
यसप्रकार गोने ङ्ह्यलार्इ नै तामाङ ज्ञान दिवसको रूपमा लोकोत्तर लोकवादी विचार अभियानले २०७० देखि नै विविध कार्यक्रमका साथ मनाउँदै आएको छ । यो दिवस मनाउने क्रममा पोखरा र लमजुङका बोम्बो तथा अभियन्ताहरू समेत एकाकार हुँदै आएका छन् । यो क्रमलार्इ निरन्तरता दिँदै जाने आयोजक मध्येका धनप्रसाद तामाङ तथा दिपक वाइबाले जनाएका छन् ।






No comments:
Post a Comment