३ भदौ २०७५,
काठमाडौं । तामाङ राष्ट्रसहित आदिवासीवादको
पक्षमा विमर्श, अनुसन्धान तथा
प्रकाशन गर्दै आएको एस.सि.आर.सि.ले ''तामाङ राष्ट्र तामाङ न्यायप्रणाली'' सम्बन्धी सामाजिक
अभियान घोषणा गरेको छ । संस्थाको कार्यालय चुच्चेपाटीमा आयोजित कार्यक्रममा
उल्लेखित अभियानको बारेमा स्पष्ट पारेको छ ।
तामाङ आफैँमा
राष्ट्र हो । यसको आफ्नै न्यायप्रणाली रहेको छ । त्यसको मुख्याधिकारीको रूपमा चोहोलाई लिइन्छ
। चोहोलाई पछिल्लो समयमा ठालू, बुढा, अमाली तथा मुखियाद्वारा विस्थापित गराएका
ऐतिहासिक तथ्यहरू पाइएका छन् । मौलिक चोहो परम्पराअन्तर्गत
चोहोको नियुक्ति तथा भूमिका (काम, कर्तव्य र अधिकार) निर्धारित गर्दथे ।
चोहोको मुख्य भूमिका
न्यायसम्पादन थियो । त्यस्तैगरी सामाजिक सांस्कृतिक सुव्यवस्था, चाडपर्व तथा जीवनसंस्कारहरूमा समेत चोहोको
उपस्थिति अनिवार्य बनाएका थिए । सिङ्गो समाज नै चोहोद्वारा सञ्चालित हुन्थे । जहाँ
आफ्नै भाषामा वहस गर्दथे । न्यायसम्पादन सरल, सहज र छिटो हुन्थ्यो । चोहो कहिल्यै पनि जनचाहना तथा
अख्तियारभन्दा बाहिर जाँदैनथे । गल्ती गरेको खण्डमा चोहोलाई फिर्ता बोलाउने साथै
गल्ती गरेका कारण समाजलाई लागेको बर्ज्य्रा पखाल्न विधिवत् धार्मिक पूजा गर्ने
परम्परा रहेको भन्ने ऐतिहासिक प्रमाणहरू भेटिएका छन् ।
चोहोद्वारा नियमित
समाजलाई विशेषतः शाहवंशले सखाप पारेका थिए । त्यसपछि राज्यसत्ताले कतिपय चोहोलाई
नै जिम्मावाल र मुखियाका रूपमा नियुक्त गरे । तिनलाई आफ्नो कारिन्दा बनाए ।
तिनै कारिन्दामार्फत् थरीथरीका करहरू असुले । जिम्मावाल र मुखियालाई शोषकको रूपमा स्थापित गराए ।
जसले गर्दा समाजमा बिस्तारै चोहोप्रति नकारात्मक भावना विकसित हुँदै गयो । स्मरणीय
तथ्य यो हो कि- कुनै स्थानमा पुगेपछि खोला प्रदुषित हुनसक्छ । यद्यपि मुहानको पानी
सामान्यतः स्वच्छ नै हुन्छन् । प्रदुषित हुने स्थान पनि निश्चित हुन्छ । त्यसपछि
पुनः सङ्लिएर जान्छ ।
चोहो पनि मौलिक
परम्परा अनुसार नियुक्त हुने साथै अभ्यास हुञ्जेलसम्म स्वच्छ थियो । बीचमा अन्यको
प्रवेशसँग प्रदुषित भएको थियो । अब पुनः सङ्लिन सक्ने अवस्था बनेको छ । तसर्थ
तामाङ समुदायले चोहो परम्परालाई पुनःस्थापित गराउनु पर्दछ । तामाङ न्यायप्रणालीको
अभ्यास गर्न जरुरी भइसकेको छ । कम्तिमा पनि तामाङ समाजले चोहोको अभ्याससँग असली
तथा समयानोचित न्यायप्रणालीको रूपमा स्थापित गराउनु पर्छ । यही नै समयको माग हो
। पुर्खाप्रतिको श्रद्धाभाव अनि विश्वजगत्का लागि नयाँ पाठ हो ।
चोहोको समाप्तिपछि
तामाङ समाजमा स्वाँगेभाइको नियम मिचिन थालेको थियो । अन्तरजातीय विवाहको क्रम
बढेको थियो । तामाङको विहेलाई राज्यपक्षद्वारा प्रमाणित गराउनुपर्ने भयो । तामाङको
बोम्बो, तम्बा र लामाहरु निरक्षर भए । जङ्गली साथै
कु-संस्कृत कुरीतिको धोतक बने । अन्धविश्वासको उदाहरण मानिए । मरेको गाई गोरुका
सिनो खाए बापत् जेलमा सडिरहेका छन् । तामाङ ह्रुइ प्रणालीमा समस्या ओइरिएका छन् । ''ह्रुइगी
फो ल'' बिर्सँदैछन् । तामाङ पहिचान गुम्दै गएको छ ।
यस्तो परिस्थितिमा
शिक्षा पनि तामाङका लागि उपलब्धीमुलक सावित भएन । शिक्षित पुस्ता नाममा तामाङका
रहे । वास्तविकतामा नयाँपुस्ता चोरिने क्रम बढेको बढ्यै छ । यसप्रकार आफ्नै मौलिक
संस्कार, संस्कृति, विश्वासपद्धति साथै विश्वदृष्टिकोणदेखि बेखबर बनेका छन् ।
आफ्नो र अर्काको चिन्न नसक्ने भएका छन् । अर्काकालाई आफ्नो र आफ्नोलाई अर्काको
भन्ने भ्रममा फसेका छन् । परिणामतः विश्वमा शान्तिको सट्टा अशान्तिको धुँवा
मडारिँदैछन् । पर्यावरणीय सन्तुलन बिग्रिएका छन् । मानवसहित पृथ्वीको आयू छोटिँदैछ
। यही तथ्यमाथि बहस शुरू भएको पनि देखिएको छ ।
अब साँच्चैमा
पृथ्वीको आयू बढाउन; स्थायी साथै
साँच्चैको विश्वशान्ति स्थापनाको लागि उपाय खोज्नुपर्ने भएको छ । त्यो ज्ञान कथित
आधुनिकहरूसँग छैन भन्ने पनि प्रमाणित भइसकेको छ ।
आदिवासीका ज्ञानले मात्रै संसारलाई बचाउन सक्ने रहेछ भनेर विद्वान् तथा वैज्ञानिकहरूले बुझ्न थालेका छन्
। तामाङ आफैँ राष्ट्र भएको नाताले जीवन, जगत् साथै संसारलाई हेर्ने आफ्नै मौलिक विश्वदृष्टिकोण
रहेको छ । त्यसको एक पाटो भनेको चोहो परम्परा हो । त्यसैले चोहोलाई स्थापित गराउन
सकेमा स्वतः तामाङको पहिचान स्थापित हुनेछ ।
विश्व जगत्मा
तामाङको इज्जत बढ्नेछ । अन्यलाई पनि तामाङले वास्तविक र सही ज्ञान दिन पाउनेछ । यो
अवसरलाई गुमाएमा भोलिका सन्ततिले सराप्नेछन् । महान् पुर्खाहरूले गाली गर्नेछन् ।
तसर्थ नयाँ नेपाल निर्माण गर्दै; भड्खालोमा फसेको
देशको उद्धार गर्नुछ । तामाङ न्यायप्रणालीलाई सही अर्थमा बुझाउँदै पहिचानको
आन्दोलनमा लामबद्ध हुनुछ । त्यसैका लागि एस.सि.आर.सि.ले 'तामाङ राष्ट्र तामाङ न्यायप्रणाली'' शीर्षक जुराएको छ ।
यसैलाई सामाजिक अभियानको रूपमा घोषणा बताएको छ ।
उल्लेखित विषयमाथि
विमर्श र अध्ययन अनुसन्धान गर्ने आँट गरेको छ । यो अभियानलाई सफल पार्नु भनेको
सिङ्गो तामाङ राष्ट्रलाई स्थापित गराउनु हो । नेपाली आदिवासी जनजातिलाई सहीबाटो
देखाउनु हो । विश्वजगत्लाई मौलिक विश्वदृष्टिकोण दिनु हो । यही तथ्यलाई मनन् गर्दै; एस.सि.आर.सि. पनि, यही भदौ ६ र ७ गते हुन लागेको तामाङ ज्ञान महोत्सवमा आयोजक
समूहमा संलग्न भएको छ । उक्त महोत्सवमा एस.सि.आर.सि.का अध्यक्ष खोजराज गोलेले 'तामाङ राष्ट्र तामाङ न्यायप्रणाली'' शीर्षकमै गोष्ठीपत्र
प्रस्तुत् गर्ने भएको छ ।
त्यस्तैगी भदौ १६
गते हुने एस.सि.आर.सि. ११ औं डिस्कोर्स सिरिजमा पनि 'तामाङ राष्ट्र तामाङ न्यायव्यवस्था'माथि विमर्श हुने भएको छ । उक्त शीर्षकमाथि लेखक
तथा अधिवक्ता फूर्पा तामाङ (रसुवा)ले आफ्नो प्रस्तुति पस्कने
एस.सि.आर.सि.ले जनाएको छ ।



No comments:
Post a Comment