आँखा-आँखा पनि यस्तो बात हुनेरै'छ !
भन्न लेख्न नसकिने स्वाद हुनेरै'छ !!!!!!!
काखैमा त एकै क्षण सधैँ कहाँ सक्छ !
आँखैमा पो राखे सँधै पास हुनेरै'छ !!!!
मनै हर्ने चोर्ने मान्छे किन देख्छ भन्थे !
आँखामा त उसैको पो राज हुनेरै'छ !!!
मायाले त आँखा हुँदै मुटु चुम्नु पर्छ !!!
अनि जुनी जुनी साँच्चै साथ हुनेरै'छ !!
पिरतीले पिर्छ किन के रै'छ लौ खोज ?
कैल्यै-कैल्यै नमेटिने छाप हुनेरै'छ !!!!!
१ साउन '७५
चाबहिल
No comments:
Post a Comment