 |
| तम्बाला कइरनको विमोचन |
१८ कात्तिक २०७५, शनिबार
काठमाडौं । एस.सि.आर.सि.द्वारा 'तम्बाला कइरन' प्रकाशित गरिएको छ ।
कात्तिक १७ गते विशेष कार्यक्रमसहित प्रकाशित पुस्तकको लेखक भने तम्बा धावा
वाङ्गेल मोक्तन रहेका छन् । 'तम्बला कइरन तम्बाग्यम्सेन्' नाराको साथ लोकार्पण
गरिएको पुस्तक तम्बा विधासँग सम्बन्धित रहेको छ । 'तम्बा' तामाङ समाजको
सांस्कृतिक संस्थाको रूपमा स्थापित समेत
रहेको छ ।
 |
| सरसेरकेम गर्दै तम्बा सङ्घ नेपालका सदस्यहरू |
तम्बा भनेको विशेषतः
विवाह संस्कारको मुख्याधिकारी हो । विगतमा राज्यपक्षद्वारा बोम्बो र लामा जस्ता
संस्थाहरूमाथि पनि अनेक प्रहार भएका थिए । चोहो संस्थालाई
त समाप्त नै पारिसकेका भन्दा पनि फरक पर्दैन । यद्यपि, तम्बा संस्थालाई भने
तामाङ समाजले छोडेको छैन । परिणामतः केही वर्षअघिदेखि तम्बा सशक्त रूपमा उभिँदै आएको छ ।
राज्यपक्षका अनेक दमनलाई चिर्दै तम्बालाई निरन्तर अभ्यासबाट नछोड्नुलाई कतिपय
विश्लेषकले, 'तामाङ राष्ट्रद्वारा
अवलम्बन गरिएको राज्यविरुद्धको प्रतिरोध'को रूपमा पनि उल्लेख
गरेका देखिन्छन् ।
 |
| म्हरमेन बाल्दै डा. गणेश योञ्जनज्यू |
छ वटा अध्यायहरू रहेका पुस्तकमा
तम्बाको परिचय, तम्बाको परम्परागत
मान्यता, तम्बाले प्रयोग
गर्ने सामग्रीहरू, ब्रेल्वा (विवाह), ह्रइप्रथा साथै
जीवनसंस्कारका तम्बा मूल्य, मान्यता, विश्वासपद्धतिका साथै रिमठिम तथ पेठिमहरू समाविष्ट रहेका छन्
। प्रस्तुत् पुस्तकले यसअघि आएका तम्बा सम्बन्धी विभिन्न पुस्तकहरूले पूरा गर्न नसकेका
पक्षलाई पूरा गरेको छ । यो पुस्तकको अध्ययन गरेर तम्बा हुन वा काम चलाउन सक्नेछ ।
पुस्तकमा छ वटा अनुसूचिहरू रहेका छन् । 'म्हेमेकी
ल्होग्यूर्इ स्ह्युग्सो' साथै 'तम्बा कुग्पा
खछ्योर्इ स्ह्युग्सो' जस्ता ऐतिहासिक
छ्योइसमेत संलग्न छन् । पुस्तकको अन्तिम खण्डमा भने तम्बासँग सम्बन्धित हस्तलिखित
१७ वटा तस्वीरहरू रहेका छन् ।
 |
| स्वागत गर्दै खोजराज गोले |
प्रस्तुत् पुस्तक
गन्बा डा. गणेश योञ्जनद्वारा विमोचन गरिएको हो । सोहीक्रममा टिप्पणीकारहरू मोहन गोले, जितवीर जिम्बा तामाङ, बुद्धछिरिङ मोक्तान, प्रेम मोक्तान साथै
लेखकका बुवा पेमादोर्जे मोक्तानले समेत संयुक्त रूपमा विमोचन गरे ।
प्रकाशक संस्था एस.सि.आर.सि.का अध्यक्ष तथा पुस्तकका सम्पादक खोजराज गोलेद्वारा
स्वागत गरिएको कार्यक्रमको शुरूवातमा भने तम्बा
सङ्घ नेपालको तर्फबाट गीतसहित सङसेरकेम गरिएको थियो । सङसेरकेम गर्ने क्रममा गन्बा
डा. गणेश योञ्जनले म्हरमेन प्रज्ज्वलन गरेका थिए ।
 |
| कार्यक्रमको एक झलक |
प्रस्तुत्
पुस्तकमाथि टिप्पणीकारहरूले आ-आफ्ना मत
राखेका थिए । सोहीक्रममा राजनैतिक विश्लेषक बुद्धछिरिङ मोक्तानले पुस्तक तम्बाला
कइरनले तामाङ राष्ट्रलाई चिनाउने काम गरेको दाबी गरे । मोक्तानका अनुसार पुस्तकमा
तामाङ राष्ट्रको विश्वदृष्टिकोणहरू समाविष्ट छन् ।
बिगब्याङ्क थ्योरीसँग मिल्दोजुल्दो तम्बागीत बौध्दधर्मसँग सम्बन्धित 'अभिधम्मकोश'बाट आएको हुनुपर्दछ
। पछिल्लो क्वान्टम् फिजिक्सले पनि बल्ल यतिखेर
आएर प्रमाणित गरेका कतिपय कुराहरूलाई तम्बागीतको रूपमा तामाङ पुर्खा
तथा तम्बाहरूले अनादिकालदेखि नै गाउँदै आएका थिए । त्यसकारण
पुस्तक अत्यन्त महत्त्वपूर्ण रहेको समेत टिप्पणीकार मोक्तानले जनाए ।
 |
| पुस्तकमाथि टिप्पणी गर्दै बुध्दछिरिङ मोक्तान |
अर्का टिप्पणीकार
तथा पूर्वसांसद तथा राजनीतिज्ञ जितवीर जिम्बाले, आफू पनि दुर्इ चार
वर्षअघिदेखि तम्बाप्रति आकर्षित हुँदै आएको जनाए । टिप्पणीकार जिम्बाका अनुसार उनी
आफैँ पनि यसअघि राजनैतिक दर्शनलाई नै सर्वोपरी भन्ने मान्यताका साथ अध्ययन गर्दै; त्यसैले देखाएको
मार्गमा लामबद्ध भएका थिए । तथापि, तम्बाको मूल्य, मान्यतासहितका रिमठिमहरूका अध्ययन थालेपछि
त्यसअघिका सारा अध्ययनहरू भूर्इँफुट्टा भन्ने
पत्तालागेको दाबी गरे । उनले तम्बा विधाको बारेमा प्रशस्त सूचनाहरू सङ्कलित 'तम्बाला कइरन' साह्रै उपयोगी
रहेकोले पुस्तक अध्ययनयोग्य रहेको बताए । उनले पुस्तकमा आफ्नो मन्तव्य समेत लेखेका
छन् ।
 |
| कार्यक्रममा सहभागी डोम्बोहरू |
अर्का टिप्पणीकार, नेपाल तामाङ घेदुङका
सङ्घीय अध्यक्ष मोहन गोलेले 'तम्बाला कइरन' सङ्कलन तथा अध्ययन गर्नैपर्ने पुस्तकको रूपमा पाएको दाबी
गरेका छन् । गोलेका अनुसार कसैले प्रस्तुत् पुस्तक अध्ययन गरेन भने जीवनमा ठूलो
कमजोरी हुनेछ । तामाङ यो देशको प्रथम राष्ट्र हो । यसको आफ्नै सामूदायिक सत्ता
कायम रहेको छ । यसको एउटा प्रमाणको रूपमा प्रस्तुत्
पुस्तकलाई लिन सकिन्छ । अध्यक्ष गोलेले थपे, यदि कसैले सपनामा मात्रै यो पुस्तकको नाम उच्चारण गर्न
पुगेछ भने पनि सपनामै ऊ नाच्नेछ । आफ्ना पुर्खा तथा संस्कार संस्कृतिलाई चिन्ने
साथै साँच्चैको अधिकार प्राप्तिको आन्दोलनमा लाग्ने प्रेरणा प्राप्त गर्नेछ । उनका
अनुसार, तामाङ हुन साथै
चिन्नका लागि पनि 'तम्बाला कइरन'को अध्ययन अनिवार्य
छ ।
 |
| पुस्तकमाथि टिप्पणी गर्दै राजनीतिज्ञ जितवीर जिम्बा तामाङ |
कार्यक्रमका गन्बा
डा. गणेश योञ्जनले पनि पुस्तकको चर्चा गर्दै लेखक धावा वाङ्गेल मोक्तानलाई
शुभकामना दिएका छन् । डा. योञ्जनका अनुसार लेखक मोक्तान सदैँव तामाङ संस्कार र
संस्कृतिका पक्षमा लड्दै आएका व्यक्ति हुन् । यसअघि तम्बा सङ्घ नेपालले १५ वर्ष
ख्रिश्चियन भइसकेका रामेछाप पोङ्दीका धनबहादुर मोक्तानलाई पुनः तामाङ समाज र
धर्ममा फिर्ता गरेको थियो । हाल उनी जिल्ला तम्बाखोर रामेछापको अध्यक्ष समेत रहेका
छन् । यस्तो संस्था 'तम्बा सङ्घ नेपाल'को केन्द्रीय
अध्यक्ष समेत रहेका लेखक धावा वाङ्गेल मोक्तानको यो पुस्तकले साँच्चै तामाङ समाजको
पहिचान स्थापित गराउन महत्त्वपूर्ण टेवा पुर्याउने छ ।
 |
| टिप्पणी गर्दै मोहन गोले |
लोकार्पण गरिएको २४८
पृष्ठ सहितको पुस्तक 'तम्बाला कइरन'को प्रकाशन
सहयोगीहरुमा 'ओखलढुङ्गा-काठमाडौं तामाङ
सेवा समाज, काठमाडौं तथा
संस्थाका पूर्वअध्यक्ष प्रदीपकुमार तामाङ (बुढानिलकण्ठ); नेपाल प्रवासी तामाङ
समाज कतार साथै घोइलो सप्यायर्स, बौद्ध रहेका छन् । पुस्तकमा संलग्न चित्रहरू भने थाङ्का खैपा
पल्सङ्मो लामा (पेमा योञ्जन)ले कोरेका छन् । पुस्तकको आवरण भने दिपेश सिग्देलको
रहेको छ ।
 |
| कार्यक्रमको दृश्य |
(विमोचन कार्यक्रमका लागि प्रकाशक तथा लेखकका
तर्फबाट गरिएको निम्तोलाई स्वीकार गर्दै उपस्थित हुनुभएका गन्बा, डोम्बो साथै सम्पूर्ण महिला तथा सज्जनवृन्दप्रति
प्रकाशकको तर्फबाट हार्दिक थुजेछे व्यक्त गरिएको छ । मूल्य रु. ३५०।- तोकिएको
प्रस्तुत् पुस्तक खरिद गर्न वा बिक्री वितरण गर्न चाहने पाठक तथा व्यक्तिलाई
एस.सि.आर.सि.मा सम्पर्क गर्न सक्नुहुनेछ ।)
 |
| कार्यक्रमको अन्त्यमा लेखक फोटो सेसन गराउँदै |
No comments:
Post a Comment