पुस मासमै गुराँस फुल्यो खै के हुने होला !
प्रकृतिले मौसम भुल्यो खै के हुने होला !!!
मेहल फुल्यो, काफल पाक्यो पुस महिनामा !
चैत बैशाख यतै खुल्यो खै के हुने होला !!!!!!
जरुवामा पानी छैन हिलो वर्षात् चल्यो !!!!!!
बस्ती-बस्ती शास्ती चुल्यो खै के हुने होला !!
बाँझै रहे बारी हाम्रा खेतमा हेर्यौं उस्तै !!
धान छोडी झार झुल्यो खै के हुने होला !!
विकासले त विनास गर्यो त्यसैमाथि हेरौं !
समृद्धिको नारा हुल्यो खै के हुने होला !!!!!
१६ पुस '७५
चाबहिल

No comments:
Post a Comment