Wednesday, June 24, 2020

जञ्जालभित्रको संसार


फ्याटिया भन्यो अध्यादेश ल्यायो अन्तिममा बेसार
कुटी र याङ्दी नक्शामा थप्दा सरीता असार ।।१।।

बिष्ट्याएपछि देखेछन् दैलो खटि्कयो आवश्यकता !!
फेसबूके नेता सबैका मुखमा अङ्गीकृत नागरिकता ।।२।।

असार मास ! मुठी रोपेर मुरी फलाउने अवसर !! यतिखेर विदेशबाट फर्किएका तथा शहरबाट तर्किएकाहरूले गाउँ हल्लाउँदै छन् । हल्लीखल्ली छ गाउँमा ! उही कोरोना माईको नाउँमा !! अघि एक समय, नेपाललाई कृषि प्रधान देश भन्दै थिए । सक्नेले कृषि पेशा गर्दै थिए । गर्नेसँग कुरा जोत्ने समय हुँदैनथ्यो । त्यसैले जोत्नै पर्दा तिनले गोरु जोत्थे । नसक्नेले भने कुरा जोत्थे । देशको ओँठमा कृषि नामक लिपिस्टिक पोत्थे ।

बिस्तारै शहर ताक्नेको सङ्ख्या बढ्यो । गाउँ जङ्गलमा परिणत हुन थाल्यो । कृषिप्रधान देशबाट कृषि लोपोन्मुख व्यवसायमा परिणत भयो । सारा युवा विदेशतिर उडे । विदेशबाटै कतिले घरबार चलाए । कतिले ऋण तिरे । कतिले शहरमा घर किने । कति बाकसमा प्याक भए । कतिका घरबार डुबे । लेखाजोखा गरेर के काम ! बितेको घाउ नकोट्याऊ । दुख्छ मात्रै ! त्यसैले भूत हैन भविष्य हेर्ने हो; भन्छन् ।

यस्तैमा कोरोना देखियो । आफैँ जन्मियो ? कि बोक्सा/बोक्सीले उठायो ? यो प्रश्न बनेको छ । कोही चीनलाई दोष लगाउँछन् । कोही अमेरिकामाथि शङ्का गर्छन् । कोही इजरायलतिर आँखा तन्काउँछन् । उत्तर कहिले आउला वा नआउला ? शायद, चीन देश स्प्रिङ फेस्टिवलमा रमाउँदै गर्दा अमेरिकी तथा इजरायलीको बोक्सा/बोक्सी आँखा पर्‍यो । दुनियाँलाई सतायो । अरूलाई खनेका खाल्डोमा आफैँ पनि फसे ।

भारत र नेपालमा पनि कोरोना देखियो । यी देशहरू कोरोनाको बाउ या आमापट्टकिा नातेदार पनि होइनन् । मितेरी साइनो वा ससुराली खान्दानीमा पनि जोडिँदैनन् । यिनले रोक्न पनि सकेनन् । त्यसपछि भारतले चीनिया भाइरस भन्दै खिसीटिउरी गर्‍यो । कोरोनाले हैसियतमा बस भनेर थर्कायो । आँत्तिएर/अक्मक्किँदै ''ची ची ची हैन नेपाली भाइरस'' भन्यो । एकजना नेपाली मुसलमानले उत्पादन गरेको भन्यो । कोरोना हाँसेर कस्सो बेहोस् भएन ।

संसारमा त्राही-त्राही मच्चियो । मै हुँ भन्ने अमेरिका पनि ढाँड भाँच्चिने गरी थच्चियो । चीनको झण्डामा कोरोनाको तस्वीर छाप्नेको सातो गयो । चीनलाई नदिनाकै निमित्त मास्कमा आफ्नो देशको झण्डा छाप्नेको बक बस्यो । विश्व अर्थतन्त्र नराम्ररी ख्वान्द्रोमा खस्यो । कोरोनाको कुरा गर्दा चीन र अमेरिकाको द्वन्द्व मान्नेहरू पनि छँदैछन् ।

अमेरिका आफूलाई बछ्यु ठान्थ्यो । अन्यलाई झूसेबारुला भन्थ्यो । केपि ओलीलाई चित्त बुझेको थिएन । के गरूँ भनेर हेर्दै थियो । गुरुङ, मगर, रार्इ, लिम्बु र तामाङले बनाएका गोर्खाली शानमाथि आँखा पुग्यो । त्यसपछि फ्याट्टै युक्ति सुझ्यो । कम्तिमा आफ्ना कार्यकर्तालाई अरिङ्गाल घोषणा गर्‍यो । झूसेबारुलाबाट नेपालीलाई अरिङ्गालमा उकास्यो । वास्तवमा मनको लड्डु घिऊसँग खायो । अरू छिमेकीले देख्लान् कि भन्ने थियो । त्यसैले लुकेर रमायो ।

कोरोनाभित्रै अम्रिका नामक देशमा जर्ज फ्लोयडको हत्या सावित भयो । आगो सल्कियो । अनगिन्ती टियरग्याँस छोड्नुको विकल्प रहेन । चीनसँग कम्ता रीस उठेको थिएन । त्यसैले माक्स बहिष्कार गरेको बछ्युका रानो ट्रम्पलाई गाह्रो पर्नु स्वाभाविक थियो । ज्यान जोगाउन बङ्करभित्र पस्यो । वास्तवमा बछ्यु बस्ने पनि बङ्करमा नै हो नि । त्यतिखेर कसैले आगो सल्कायो वा मेटासिड छर्क्यो भने ! विचरा बङ्करभित्र ... हुन के बेर । कुनै जमानामा हिटलर पनि बङ्करभित्रै निभेका थिए ।

यही बीच नेपालमा पनि हुनु नहुनु भयो ? कोरोनाले थोरै दया गरे पनि माया चाहिँ गरेन । खोज्दै बस्तीतिर छिरेको जस्तो छैन तर सामुन्ने परेकालाई छोडेको पनि छैन । कोरोना माईले केपि ओलीलाई चर्चामा आउन भने सघाऊ पुर्‍याइरहेको छ । फ्याटिया र बोसिया शब्द ओलीको ओँठबाट बक्यो । सामाजिक सञ्जालतिर भ्रमणमा निस्कियो । धेरैले सँगै बसेर तस्वीर खिचे । आ-आफ्ना वालमा टाँसे । रमाइलो गरे । हाँसे र हँसाए ।

उता भारतले मानसरोवर जान्छु भन्दै रोड खन्दैरहेछ । नेपालीहरू फ्याटिया र बोसिया भन्दै हाँसखेलमा रमाइरहेको बेला फ्याट्ट लाएर रोडको उद्घाटन गर्‍यो । खबर बज्न थालेपछि एकाएक सबैका हाँसो र ख्यालठट्टा रोकिनु स्वाभाविक थियो । त्यसपछि नेपाल र भारतको राजनैतिक रङ्गमञ्चमा नाटकले नयाँ मोड प्राप्त गर्‍यो । नेपालीले कुटी, याङ्दी र लिम्पियाधुरा हाम्रै हो भन्न थाले । भारतीयाले पनि हाम्रो हो भन्न थाले । तल्लोभन्दा तल्लोस्तरमा झरेर गाली पस्के ।

बुहारी लिन जाँदा (भनेको छोरी जुवाइँलाई दिँदै गर्दा)को बेलामा त आपस्तमा झगडा गर्न नलजाउने दुर्इ देशले खुब गज्जबको खैनी पाएछन् । हत्केलामा राखेर माडेको माड्यै छन् । समय समयमा फ्यट्ट फ्यट्ट पनि हानेकै छन् । ओ बाSS त्यसपछि हाँछ्यु आउनु स्वाभविक हो नि । बाँकी प्रसङ्ग भने, याद गर्नुस् है- केही क्षणपछि बेसारसहित देखापर्ने नै छ ।

ओली जी पनि इम्युनिटी पावरले भरिलो झरिलो व्यक्ति पर्नु भयो । जस्तै लकडाउनले पनि के छुन्थ्यो । यही बीच, दुर्इ वटा अध्यादेशहरू ल्याएको थियो । दुर्इ चार वटा अरिङ्गाल खटाएको थियो । जनकपुरदेखि अर्को पार्टीको नेतालाई उठाएको थियो । फिल्मी तथा अपहरण शैलीमा काठमाडौं ल्याउन लगाएको थियो । आफू ताक्छ मुढो : बञ्चरो ताक्छ घुँडो भने जस्तो भइदियो । कुर्सी समेत हल्लिन थाल्यो । रोर्इ करार्इ गर्दै मुस्किलले जोगिनु भयो । धन्न कोरोना माई । जय होस् हजूरको भन्दै लामो श्वास तान्यो ।

विपक्षीका आँखा पनि कम्तिका थिएनन् । समुद्रमुनि लुक्ता पनि नछोड्ने खालका ! भष्मसुरको भन्दा पनि तगडा ! के गरूँ कसो गरूँ भइरहेको थियो । त्यसैले कुटी याङ्दी र लिम्पियाधुरा नेपालकै हो भनेर दाबी गर्‍यो । महाकालीमा अनावश्यक रूपमा भारतीयले अक्कुपाइ गरेको भन्दै भुन्भुनायो । पहिल्यै अरिङ्गालको रानो हुँ भनी गरेको दाबी यतिखेर पो काममा आयो ।

ओली भुन्भुनाएको सुने/देखेपछि सरिता गिरीको सातो गयो । साँच्चैमा असार लाग्यो । ''नक्शा जारी नगरेस्'' भन्दै असारे झरीसरि बर्सिन थालिन् । सारा नेपालीले सरिता गिरीमाथि आरोपका उल्कापात थाले । खासमा सामाजिक सञ्जालभरि सरिता गिरीकै भनाई र मुहार सजाए । त्यस्तैमा नो एम.सि.सि. भन्दै सडक तात्तियो । पानीको फोहोराले शितल पार्ने प्रयास भयो । कतिले लौरो खाए । कतिले आपसमा बाजाबाज गरे । बिस्तारै नजानिँदो तरीकाले पछाडि सरे ।

नक्शा त बनायो तर संविधानमा पुरानै छ । संशोधन गर्न बाध्य भयो । मौका पर्खेर बसेको जनता र समाजवादी नामक पार्टीका विपक्षीले के छोड्थे । महाकाली सन्धिको बेला तिमीले पनि देश बेचेको भनेर घुमाउरो औँलाले देखाए । इम्युनिटी पावरले त्यतिसम्म त धानेकै थियो । अब देश बेचुवालाई टुँडिखेलमा ल्याएर झुण्ड्याउने भन्दाखेरि तालु समेत सुकेर जात्रा भयो । भनन्न रिङ्गटा चलेको थियो । उठेर भाग्न सक्ने हालतमा थिएन । श्रीमद्भगवद्गीतामा पो, 'जे भयो राम्रै भयो । जे हुनेछ राम्रै हुनेछ' भनेर लेखेको छ भन्थे । हो रहेछ । ओलीजीलाई त्यस्तै भयो ।

नेपाली उखान छ नि; भत्केको घरको झ्यालै झ्याल ! एकातिर मिलायो अर्कोतिर भ्वाङ परिसकेको हुन्छ । राजनीतिमा अलिक केही होला कि भन्ने हुँदाखेरि उता कोरोनाले हैसियतमा बस भन्न आइहाल्छ । दिनदिनै रोगी बढ्दैछन् । औषधीमूलो सकिँदैछन् । क्या फसाद ! धन्न मिचिएको सीमा फिर्ता गराउनुपर्ने भएकोले कोरोना सोरोनाको टन्टा नदेऊ भन्न पाएको छ ।

मानिसले बोक्नुपर्ने कुकुर शिकारी बन्दैन, भन्छन् । अरिङ्गाल पनि मेटासिडको गन्धले लडेपछि उठ्ने होइन । त्यही भएर ढाँडस् दिनैका लागि भएपनि आफैँ उपस्थित हुनुपर्‍यो । सोही प्रसङ्गमा 'कोरोना भनेको सामान्य रुघाखोकी जस्तो हो । लागि हालेछ भने पनि हाँछ्यु साछ्युँ गरेर फाल्नुपर्छ'' भन्नु भयो । सुनेर झूसेबारुला अनि म पनि अरिङ्गाल भन्नेहरू हाँसिहाले । रुकुमकाण्ड भन्दै एकथरीले बसी खान दिएको होइन । मदेशी आफैँ ''बछ्युँ भएका छौं'' भन्छन् ।

लौ भएन । के पो भन्ने भनेजस्तो भइरहेको थियो । फ्याट्ट कहाँबाट बेसार पानीको याद आयो । बेसारको प्रसङ्ग के उप्काएको ! सबैले आफ्नै तस्वीरमा बेसार पोतोर खै के गरेको हुन् ? भेउ नपाउने गरी अन्यौलतामा फस्ने गरेको छ । चौजहारीकाण्ड भन्दै एकथरीले किलकिले छोडेको होइन । धन्न, यतिखेर अङ्गीकृत नागरिकता आयो र अलिक हल्का महशुश छ ।

गल्तीले पाठ सिकाउँछ भन्थे हो रहेछ । यत्तिका समयसम्म बेवास्ता गरेको । अङ्गीकृत नागरिकताको मुद्दा पाउँदा सरिता गिरीलाई नै माई भन्दै पाउँ परुँ जस्तो नभएको होइन । यस्तो कुरा बाहिर भन्नु पनि भएन । त्यसैले अन्य देशको उदाहरण खोज्नुपर्ने भयो । तिनले पनि राम्रो साथ दिएको छ । वास्तवमा ''हिमाल, पहाड तरार्इ ! कोही छैनौं परार्इ !!'' भन्ने नारा लगाएर राखेको हुनाले पनि अलि होलो भएको छ । नत्र हिमाल कुहिरोभित्र चौँरी र भेँडाको बथान चराउँदै छ । पहाड र तरार्इ भने फ्याक होला जस्तो भइरहेको छ ।

अङ्गीकृत नागरिकता भारतबाट भित्रिने बुहारीका लागि मात्रै नभएर सबै विदेशी तरुनीका लागि हो भन्यो तर विपक्षीले किलकिलेमा समात्न छोड्दैन । झूसेबारुलालाई अरिङ्गालले सामाजिक सञ्जालतिर अङ्गीकृत नागरिकता, राष्ट्र र राष्ट्रियता भन्दै अल्झाउन सफल देखिएको छ । नो एम.सि.सि. साथै दलितमाथिको भेदभाव अन्त्य गर भन्दै दिन कटाएका छन् । 

अङ्गीकृत नागरिकता पनि गज्जबको जिनिस बनेको छ । बारुलादेखि अरिङ्गालसमेतलाई यसले बशमा पारेको छ । एकथरीलाई श्रीमती ल्याएपछि तुरुन्तै अङ्गीकृत नागरिकता चाहिएको छ । नदिऊँ भने यसअघि दिइआएको कुरो । दिऊँ भने सरिता गिरीको मुहार झल्याँस्स हुन्छ । सपनामा पनि तर्साउँछ । जेहोस् मै हुँ भन्नेहरू सामाजिक सञ्जालमा व्यस्त भएका छन् । कम्तिमा आफ्नै वालमा लेखेका छन् । बढीमा अरूका वालमा कमेण्ट भन्दै गाली वा ताली दिन पाएकाले खुशी देखिन्छन् । कोरोनाको भूतले तर्साएको महशुश गर्न सकिरहेका छैनन् ।

मान्छे भन्ने जन्तु पनि अजीवका हुँदारहेछन् । कङ्गाली देशमा जन्मेपनि सम्पन्नताको सपना देख्न छाड्दैनन् । सबैलाई नागरिकता चाहिएको छ । नेपालमा कति नै नगर भएजस्तो । बस्ने बेलामा ओडारमा बस्छन् । तिनैलाई देशको नागरिक भनिदिएपछि भूर्इँमा टेक्न बिर्सेला जस्तो गर्छन् । चुनाबमा भोट दिन पाए सार्वभौमसत्ता सम्पन्न रहेँछु भनी ठान्छन् । जितेर नेता भएकाले छातीमा लात्तीले हान्दा पनि कति मायालु लात भनेर मक्ख पर्छन् ।

कुनै जमानामा गणेशमान सिंहलाई र्सवमान्य नेता भन्थे । तिनले हामी नेपाली भेँडो हौं भनेका रे भन्थे । हो रहेछ नि । सर्वमान्य नेताले भनेको कुरा के बिस्तुर खान्थ्यो ? नेपाली जनता भेँडा रहेछन् । त्यसैले यिनलाई खोरमा राखेरै पनि नेपाली नागरिकता नामक कागजको खोस्टो दिएपछि गजक्क परेर बस्दोरहेछ । तिनैका ऊन काट्ने अनि जाडोमा पातलो राडी दिएपछि प्रभु भन्ने रहेछन् । बाँकी ऊन अरूले लगेको पनि थाहा पाउँदैनन् । काटेर मासुको व्यापार गर्दा पनि भेउ पाउँदैनन् ।

नागरिकता प्राप्त भएपनि मान्छे नागरिक हुन्छन् । नागरिक नै जनता हुन् । यी दुर्इ शब्दको खेल पनि बडो रोमाञ्चक देखिन्छ । कोही नागरिक बनेर गजक्क पर्छन् । कोही जनता बनेर आन्दोलनको सपना देख्छन् । सारमा, आफैँ पनि शासक हुन सक्ने सपना बुन्छन् । शासक बनेर अरूलाई शासनको दण्ड चलाएको दृश्य कल्पन्छन् । वास्तवमा शासक र शासित भ्रम हुन् भनी बुझ्ने फुर्सदै प्राप्त गर्दैनन् । आफ्नो भूमिमा बाह्यले आएर नोकर बनाएको पनि चाल पाउँदैनन् । पाउन् पनि कसरी ! नागरिकता र जनताको बुख्याँचाले आँखा धमिलो पार्दो रहेछ । आफ्नै वास्तविक मुहार देख्न नसक्ने गरी छेक्तोरहेछ ।

त्यसपछि शासकहरू स्वछन्द र निर्बन्ध हुँदारहेछन् । जनता र नागरिक भन्दै घाँसको आश देखाउँदारहेछन् । मान्छेलाई पनि चरनमा लगेर चराउँदारहेछन् । वास्तविकता भने निकै फरक हुँदारहेछन् । मानिस स्वतन्त्र हुन्छन् । त्यो आंशिक तथ्य मात्रै हो । स्वतन्त्र भन्दा धेरै बन्धित् हुन्छन् । त्यो गुह्य तथ्य हो । यदि मान्छे पूर्णतः स्वतन्त्र भएको भए; किन देश, राष्ट्र, राष्ट्रियता, हिमाल, पहाड र तरार्इ भनिरहनु पर्थ्यो र ? धर्म, भाषा, परिवार, समाज, जन्म र मृत्युबारे चिन्तित् हुनुपर्थ्यो र ?

मानिस स्वतन्त्र हुनु भनेको छाडा हुनु हो । अमानुष हुनु हो । उच्छेदवादी हुनु हो । वास्तवमा मानिस बन्धित छौं । एकापसमा बाँधिएका हुन्छौं । स्वतन्त्रताको नारा लगाउनेले कम्तिमा एक्ले ढेँडु भएर बाँच्न सक्नुपर्छ । बगालदेखि छुट्टिनुपर्छ । एक्लै अन्यदेखि पर बाँच्नुपर्छ । त्यो सम्भव छैन । भन्नाले मान्छे अन्तर समबन्धित छौं । त्यसैले सामाजिक प्राणी भयौं । सामाजिक भएपछि आफूभन्दा पहिले समाजलाई देख्न सक्नुपर्छ । समाज र देश फरक हुन्छन्, जस्तै : तामाङ, गुरुङ, थकाली, मगर, रार्इ, लिम्बु, थारु आदि समुदाय वा समाज हुन् । स्वतन्त्र राष्ट्र हुन् । त्यस्तैगरी हिन्दू अर्थात् आर्य एवंरीतले खस समुदाय हुन् ।

नेपाल देश कहिल्यै राष्ट्र हुनसक्ने कुरै होइन । महिला र पुरुष जात होइन; त्यस्तैगरी नेपाल देश हो । राष्ट्र होइन । त्यसैले नेपाली राष्ट्रियता झूठको खेती हो । गलत बुझाई तथा पढार्इको उदाहरण हो । नेपाल देश हो । देश र देशभक्त फरक विषय हुन् । नेपाली हकमा तामाङ, गुरुङ र थारु लगायतका आदिवासी भनिएकाहरू मात्रै राष्ट्र हुन् । त्यसैले नेपाली राष्ट्रियता होइन । विश्वले चिनेका गोर्खाली भन्नाले गुरुङ, मगर, रार्इ, लिम्बु र तामाङ राष्ट्रका युद्ध कौशलता हो । कुनै बाहुन क्षेत्री अर्थात् आर्य वा खसका लडाका गुण होइन ।

त्यसैले तामाङ यहाँको राष्ट्र हो । यसको आफ्नै भूमि थियो/छ । सारा व्यवस्था थियो/छ । जहाँ पोलिटिक्स/राजनीति भन्ने थिएन । योसँग त केवल बडीपोलिटक मात्रै थियो/छ । जहाँ शासक र शासित थिएनन् । समाजमा शासन प्रशासनको व्यवस्था थिएन । त्यहाँ समाज सञ्चालनको विधि मात्रै थियो । दुर्भाग्यपूर्ण तथ्य चाहिँ; यहाँ बाह्यको प्रवेश भयो । तामाङमाथि जातीय संहार गरे । तहसनहस पारे । आफूलाई शासक घोषणा गरे । तामाङलाई शासित बनाए । मासिन्या मतवाली बनाए । शदिऔंदेखि विभेद गर्दै आए । आज तिनैले तामाङलाई नागरिकता दिने ? तामाङले भारत वा भुटान वा बर्मामा भएकी आफ्नी अङी (फुपू)की छोरीसँग विवाह गर्दाखेरि अङ्गीकृत हुने र सात वर्ष पर्खनुपर्ने ? सक्छौ र हिम्मत छ भने, देश बेचुवाहरूका कम्तिमा पनि सात वर्षसम्म नागरिकता निलम्बन गर्न सक्ने कानूनी व्यवस्था बनाउन । क्षमता छ ?

यहाँका राष्ट्रलार्इ नेपाली राज्यसत्ता भन्नेले नागरिकता दिने ? यो भनेको जुजुबाजेलाई खनातीको पनि खनातीको पनि खनातीको पनि खतानी .... को उमेरको फिरिङ्गे आएर तिमी मेरो देशको नागरिक भयौ भनेको हो । यो कदापि उचित होइन । सिक्किममा मेरो दाजुभाइको घर छ । तिनको घरमा लसोल गर्न म किन जान नपाउने ? भुटानमा मेरो गोले वंशीय भाइ छन् । तिनले आफ्नो पुर्खौली भूमि लच्याङ र थाङ्पालमा फर्केर आइ किन बस्न नपाउने ? बर्मामा मेरो मामाकी छोरी छे । मैले तिनलाई श्रीमती बनाएर किन भित्र्याउन नपाउने ? ससुराल जान किन नपाउने ? बङ्गालदेशमा मेरो वंशीय भाइको घरमा मरन हुँदा किन जान नपाउने ? के लोकतन्त्र, गणतन्त्र, जनतन्त्र, डोमोक्रेसी, उदारवाद र साम्यवाद भनेको यही हो ?

हाम्रो भूमिमा पछि आएर तिम्रो देश बनाउने ? हाम्रो भूमिमा आएर मलाई तिमीले नागरिकता दिने ? हामीलाई जनता वा नागरिक बनाउने ? तिमीले थमाएको नागरिकता फिर्ता लैजाऊ । हाम्रो विवाह दर्ता तिमीले कुन हैसियतले गर्छौ ? हाम्रो विवाह सम्बन्धी नियम तिमीलाई थाहा छ ? तिम्रो पो एउटै थरभित्र पनि विवाह हुन्छ ? गोत्र हुन्छन् । गोत्र परिवर्तन गर्छौ । हाम्रो त त्यस्तो छैन । त्यसैले फरक छौं ।

होइन/हुँदैन भन्छौ भने लैजाऊ तिम्रो राज्य र सत्ता ! हाम्रोमा छायाँ समेत नपर्ने ठाउँमा लैजाऊ । यो बुझ कि- तिमीले थमाएको नागरिकता हामी राष्ट्रले फिर्ता घोषणा गर्‍यौं भने तिमी के गर्छौ ? राष्ट्र भएको हैसियतले प्राप्त गरेका अधिकार छोड्दैनौं । आऊ मिलेर बस्ने भएदेखिन्, समान हैसियतका देशहरूका हैसियतमा वार्ता गरौं । फरक देशहरूका संयुक्त राज्य/देश नेपाल बनाऔं । हैन भने यसबाट उत्पन्न हुनसक्ने हरेक समस्याको जिम्मेवार तिमी हुनेछौं 

 -    गोले केआर चालिसेली
१० असार '७७
चाबहिल

Wednesday, June 10, 2020

आदिवासी विश्वविद्यालय : एक बहस !


१.  विषय प्रवेश
संसारमा अनेक किसिमका विश्वविद्यालयहरू छन् । बहुविषयीदेखि एक विषय केन्द्रित पनि छन् । कतिपय विश्वविद्यालयमा धेरै विद्यार्थी होलान् । कतिसँग सीमित सङ्ख्यामा होलान् । तिनीहरूसँग ज्ञानका भोका पनि होलान् । कति पढ्नै पर्ने बाध्यताद्वारा पीडित होलान् । कति देखावटी विद्यार्थी होलान् । कोही नियमित पढ्छन् । कोही टुरिष्ट-विद्यार्थी भन्छन् । कोही राजनैतिक अभिष्ट प्राप्तिका लागि पुगेका होलान् ।
प्रायः विश्वविद्यालयका आफ्नै परिचय बनेका हुन्छन् । कोही बनाउने तरखरमा पनि हुँदा हुन् । कति नाम चलेका देखिन्छन् । कोही काम चलेका मात्रै देखिन्छन् । कोही सरकारी त कोही गैर सरकारी हुनुमा अनौठो मानिरहनु परोइन । सबैले विद्यार्थी लिन्छन् । पढाउँछन् । गुनाउँछन् । परीक्षा लिन्छन् । पास र फेल छुटाउँछन् । पास भएकालाई प्रमाण-पत्र दिन्छन् । कतिपय त अदक्ष वा अर्धदक्ष जनशक्ति उत्पादन गर्ने कारखाना मात्रै भएका होलान् । 
अनेकानेक विषयहरू पढ्ने पढाउने क्रम चलेकै छ । कतिले जितेकाका कहानी पढाउँदा हुन् । कतिले हारेकाका इतिहास खोतल्ने तरिका सिकाउँदा हुन् । आस्थामान्यतासिद्धान्त र दर्शन पढ्नै पर्ने विषय हुन् । विज्ञान र तिनका चमत्कार छुटाउन मिल्ने कुरै भएन । के छैन र यहाँ चाहेको विषय पढ्न पाइन्छ । इच्छा गर्नु पर्छ । पढ्नका लागि आँट हुनुपर्छ । त्यसपछि उमेरले छेक्ला वा नछेक्ला तर गाँठले चाहिँ पक्का छेक्न सक्छ । त्यसैले गाँठको जोहो गर्न अनिवार्य मानिन्छन् । जहाँ र्इच्छात्यहाँ उपाय पनि भन्छन् । सक्नेहरूका लागि छात्रावृत्ति पनि नपाइने नै चाहिँ होइन ।
फेरि पनिकतिले पढ्न पाएका छन् । कतिले चाहनालाई दबाएका छन् । पढ्नै पर्ने विषय पढेँ भन्नेहरू पनि भेटिन्छन् । उपाय नचलेपछि प्रमाण-पत्र लिनैका लागि पढेकाहरू पनि कम्ता भेटिन्नन् । आँखाका ज्योति नभएकाले पनि पढ्ने अवसर पाएका छन् । बोल्न र सुन्न नसक्नेले पनि पढेकै छन् । होसबलाङ्गको के कुरा बिकलाङ्ग भनिएकाहरूले पनि चमत्कार गरेका छन् । चाहना र अवसर मिलाउन सक्नेले पढेरै ठूलो नाम कमाएका छन् । धन दौलत पनि जमाएका छन् ।
तैपनिआफूले चाहेको जस्तो विषय पढ्न पाइएन भन्ने आवाज पनि सुन्दै आएका छौं । अर्काकै कुरा मात्रै पढ्न बाध्य भयौं भन्ने पनि भेटाएका छौं । अर्कोको नाम र कहानी पढ्दा-पढ्दै वाक्क भएर हिँडेकाहरू पनि खोज्न सके नपाउने भन्ने छैन । जेहोस्विश्वविद्यालयहरूका काम पढाउने हो । जान्नेसुन्नेहरूले विषय पनि आफू अनुकूल तोक्तारहेछन् ।
संसारमा आदिवासी र जनजातिहरू पनि छन् । तिनीहरूलाई अनेक नामद्वारा चिन्ने र चिनाउने क्रम चलिरहेकै छ । भूमि खोसुवामा परेका वा अन्यको उपस्थितिका कारण पछि परेकाहरू धेरै छन् ।  पछि आएकाहरूका कारण तिनीहरू विभेदमा पर्दै आएका छन् । तिनीहरूका आवाज शून्य भएका उदाहरण पनि पाइन्छन् । अब आदिवासी जनजातिलाई जिराफ बनाएर राख्न गाह्रो छ । त्यसो गर्नु पनि हुँदैन । तिनीहरू पनि मानवसभ्यताको हिस्सा हुन् । त्यसैले तिनीहरूका बारेमा विश्वविद्यालयस्तरमा अध्ययन अध्ययापन अत्यन्तै जरुरी छ ।
आदिवासी जनजातिका जीवनशैलीसंस्कार संस्कृतिका बारेमा एउटा विषय राखेर हुँदैन । तिनका बारेमा विस्तृत अध्ययन आवश्यक छ । संसारमा स्थापित विविध वादहरू छन् । तिनीहरूमध्ये आदिवासीवाद पनि एक हो । अबको विश्वमा आदिवासीवादले शीर उठाउन सक्नुपर्छ । अन्यथा सृष्टि र सिर्जना समाप्तिको अन्त्यबिन्दुमा ठोक्किन पुग्दैछ । मानव र मानवीयता अनि प्रकृति साथै जैविक विविधताको सुरक्षा गर्नै छ । त्यसका लागि आदिवासीवादको अध्ययन अपरिहार्य छ ।
वास्तवमा संसारमा स्थापित दर्शनहरुलाई ठ्याक लगाउनसक्ने क्षमता आदिवासीवादसँग मात्रै छ । यिनै तथ्यलाई हृदयङ्गम गर्दै यो लेखको लागि ''महान् आदिवासी विश्वविद्यालय : सम्भाव्यता सम्बन्धी एक बहस !!’’ शीर्षक जुराएको छु । हुन त २०६०/०६२ सालतिरबाटै यो विषय मेरो मनमस्तिष्कमा प्रवेश गरेको थियो । २०७० सालतिरबाट लोकोत्तर लोकवादी विचार समूहसँगै यो विषयको बारेमा लेख्न थालेको थिएँ । आज आएर बल्ल यही शीर्षकमा यसरी लेख्ने प्रयास गरेको छु ।
२.  आदिवासी विश्वविद्यालयको आवश्यकता
आदिवासी विश्वविद्यालयको आवश्यकता हो कि होइन भन्नेमा फरक मतहरू हुन सक्छन् । कत्तिका लागि हाँसोको विषय पनि बन्ला । कत्तिका लागि खुशीको खबर हुन नसक्ला भन्ने छैन । आदिवासी विश्वविद्यालयको अपरिहार्यतालाई बुझेरै यो प्रयास गरेको छु । विश्वमा धेरै विषयहरूका अध्ययन अध्यापन गर्ने विश्वविद्यालयहरू बनेका छन् । तिनीहरू आ-आफ्ना विषयहरू पढाउन व्यस्त छन् । तथापिआदिवासीका हकमा चित्त बुझ्दो देखिएका छैनन् । वास्वतबमै संसारमा आदिवासीजनजाति र आदिवासीइतरका मानिसहरू छन् ।
प्रायः देशहरूमा अन्य (आदिवासीभन्दा बाहेक)का प्रवेशसँग आदिवासीहरू विस्थापित हुँदै आएका छन् । भन्छन् निवनसाङ्लोले घरसाङ्लोलाई लखेट्छ । होविश्व मानव सभ्यताहरूलाई हेर्ने हो भने आदिवासीलाई अन्यले खेदेका वा विभेदमा पारेका उदाहरणहरू प्रशस्तै छन् । अहिलेसम्मका अधिकांश विश्वविद्यालयहरूले तिनै अन्य (आदिवासी इतर)का विषयलाई अत्याधिक प्राथमिकता दिँदै आएका छन् । आदिवासीका विषयलाई कुनै एक विषयको अंश मात्रै बनाएका छन् । भन्नैपर्दाआदिवासीवादको बारेमा पढाएका छैनन् । कतिपय विश्वविद्यालयद्वारा अनेक उपाधि प्राप्तहरूका लागि आदिवासीवाद हाँसोको विषय पनि हुन सक्छ ।
यति हुँदा-हुँदै पनिआदिवासीवाद जबरजस्त रूपमा स्थापित हुने क्रम रहेको छ । अष्ट्रेलियाताइवान र क्यानाडाका सरकारले आदिवासीसित क्षमा मागेका छन् । नेपालले पनि आदिवासी जनजातिसित माफी माग्नुपर्छ भनेर लेख्दै र बोल्दै आएको छु । वि.सं. २०६७ सालमा सोमसोर नामक साहित्यिक आन्दोलनको घोषणा गरेका थियौं । त्यतिखेर आदिवासी जनजातिका मुद्दालाई उठाउने उद्घोष गरेका थियौं । पछिल्लो पटक वि.सं. २०७० भदौ २० गते सिन्धुलीबाट लोकोत्तर लोकवादी विचार समूह नामसहित साहित्यिक आन्दोलनको घोषणा गरेका थियौं । त्यसपछि स्पष्ट शब्दमा आदिवासीवादको कुरा गर्न थालेका थियौं । सोही समय व्यानरमै आदिवासीवाद शब्द लेखेका थियौं । आदिवासीवाद सम्बन्धमा विशेषज्ञ व्यक्तिहरूका समुपस्थितिमा अन्तरक्रियात्मक कार्यक्रम गरेका थियौं ।
हरेक पाइलाहरू शुन्यबाट थाल्नु त छँदै थियो । कतिपय साथीहरूले उपहासको पात्र मानेका पनि अझै याद आइरहेकै छ । यस्तै समस्याबीच पनि आज यो लेख तयार पारेको छु । संसारमा आदिवासीवाद हुनसक्छ भन्ने कुरामा धेरैलाई विश्वास छैन । थोरैले विश्वास गरेका छन् । तथ्यबोध गर्दै लागि परेका छन् । नेपालमै आदिवासीवादमा आधारित राजनीतिका लागि कम्बर कस्दै गरेकाहरू पनि देखिएका छन् । नोमचोम्स्की जस्ता विश्लेषकले त अबको संसारलाई बचाउने ज्ञान र क्षमता आदिवासीहरूसँग मात्रै रहेको भनी लेखिसकेका छन् ।
यस्तो बेलामा पनि आदिवासीवादमाथि शङ्का गरिरहने हो भने केही गर्न सकिन्न । बिना शङ्का आदिवासीवादलाई स्थापित गराउनेतिर लाग्नु आजको पहिलो आवश्यकता हो । कति मान्छेहरू छन्जो आदिवासीवाद भन्ने बित्तिकै गैरआदिवासीलाई कता राख्छौ भन्दै बालहठपूर्ण प्रश्न तेर्स्याउनै व्यस्त छन् । आदिवासीवाद भनेको गैरआदिवासीलाई खेद्ने वाद होइन । प्राणी (जीव तथा वनस्पति)प्रकृति र चराचर जगत्को पक्षमा वकालत गर्ने विषय हो । तिनका बारेमा अध्ययनअनुसन्धान र उत्खनन् गर्ने ज्ञान हो ।
यो त चेतनामाथि चेतनाको सिर्जनशील हस्तक्षेप हो । हामी सबै सतत्सार्वभौम र समृद्ध छौं भन्ने तथ्यबोध गराउने उपाय पनि हो । निषेध विरुद्ध निषेधहीन निषेधवाद हो । द्वन्द्व निरुपणको रचनात्मक रूपान्तरणको नियम हो । समतामूलक बहुआयामिक बहुलतावादको अभ्यास पनि हो । तथापियो तथ्यलाई बुझाउन सकेको छैन । आदिवासीहरू आफैँमा समस्या होइनन् । यिनीहरू द्वन्द्व र समस्याका समाधान हुन् । यिनका ज्ञान र विश्वदृष्टिकोण अबको विश्वको प्राण तत्व हो । संसारलाई सही दिशा र गति दिनु सबैको पहिलो कर्तव्य र दायित्व हो । यसै कारण महान् आदिवासी विश्वविद्यालयको अपरिहार्यता महशुश गरेका छौं ।
३.  आदिवासी विश्वविद्यालयको चिनारी
आदिवासी विश्वविद्यालय भनेको के कस्तो हुनेछ यसलाई कसरी बुझ्ने र बुझाउने यसले के कस्ता विषयलाई समेट्ने छ भन्ने प्रश्न उठ्ने नै भयो । वास्तवमा हरेक मानव समुदाय कुनै न कुनै स्थानको आदिवासी हुन्छन् । आफ्नो स्थान छोडेर अर्काका आवादी क्षेत्रमा प्रवेश गरेपछि उसको आदिवासीत्व समाप्त हुन्छ । विश्वमा धेरै भूमिपुत्र आदिवासीहरू छन् । तिनलाई स्थान तथा मान्यताका आधारमा विभिन्न नामद्वारा चिन्ने र चिनाउने परम्परा रहेको छ । संसारका प्रायः आदिवासीहरू पछि प्रवेश गरेका गैरआदिवासीहरूद्वारा समस्यामा फसेका छन् । 
त्यसपछि आदिवासीका ज्ञानप्रणाली वा पद्धतिसिद्धान्त तथा दर्शनहरू माथि प्रहार भएका छन् । तहसनहस पारेका छन् । आमरूपमा नश्लीय नरसंहारमा पर्दै आएका छन् । तिनका भूमिसँगैभाषाधर्मसंस्कारसंस्कृतिसाहित्यकला र इतिहास लगायतका सबै चिज लुटिएका छन् । परिणामतः कतिपयले आफ्नो वंश भन्न समेत पाएनन् । तिनै महान् आदिवासीका सीपज्ञानमान्यतापद्धतिसिद्धान्त र दर्शनलगायत सम्पूर्ण विषयवस्तुको गहिरो अध्ययन गर्ने गराउने विश्वविद्यालय नै महान् आदिवासी विश्वविद्यालय हो । यसले विश्वमा रहेका आदिवासीका बारेमा अध्ययन अनुसन्धान गर्नेछ । तिनीहरूले निर्माण तथा स्थापित गरेका मूल्य र मान्यताको उत्खनन्संरक्षणसम्बर्द्धन र विकासका लागि विद्यार्थीलाई शिक्षा दिनेछ ।
आदिवासीलाई हेर्ने दृष्टिकोणमा रहेका खराबीलाई मिलाउनेछ । एक विश्व एक मानवअनि मानवसँगै जीववनस्पति र प्रकृति लगायतका सबैलाई समान हकाधिकार दिलाउनुपर्छ भन्ने नयाँ शिक्षा दिनेछ । आदिवासी र आदिवासीवादलाई विभिन्न विषयहरूमा छुटाएर शुक्ष्मातिशुक्ष्म साथै अति गहन अध्ययन गराउनेछ । विश्व मानवसभ्यतामा नयाँ दर्शन स्थापित गर्ने गराउनेछ । मानवलाई साँच्चैको मानव हुन सिकाउने छ । त्यसका लागि आवश्यक ज्ञान दिनेछ ।
अहिलेका विश्वविद्यालयहरूमा पढाउने शैली लगायत विषय छनौटमा गम्भीर त्रुटीहरू छन् । तिनीहरूलाई केलाउने छ । नमिलेकालाई मिलाउने छ । मिलेकामा आदिवासी ज्ञान र दर्शनद्वारा प्राण भर्नेछ । अध्ययन अध्यापनको संसारमा नयाँ युग थप्नेछ । साँच्चैको उचित दिशानिर्देश गर्नेछ । कुनै एक स्थानमा बसेर अध्ययन गर्ने परम्पराको अतिरिक्त विभिन्न स्थानहरूमा पुर्‍याएर अध्ययन पूरा गराउने विधिको वास्तविक शुरूवात गर्नेछ । अहिलेका विश्वविद्यालयहरूले अवलम्बन गरेका भन्दा चुस्त र उचित तरिकाले शिक्षा दिनेछ । अध्यापकअध्ययनकर्ता साथै समुदाय (विश्व समुदाय समेत)का बीचमा रहेका खाडललाई पुर्नेछ ।
यसको शुरूवात नेपालबाटै हुनेछ । तसर्थबाहिर पढ्न जाने भन्दापनि बाह्यलाई नेपालमा पढ्न निम्तो दिनेछ । सम्भव्यताको आधारमा बिस्तारै यसको विस्तार गर्दै लगिनेछ । अहिलेको अशान्तिआक्रान्त साथै त्रासद् संसारलाई परिवर्तन गर्न सक्ने ज्ञानले युक्त जनशक्ति जन्माउनेछ । यो धर्तीको आयू बढाउने अनि यसलाई स्वर्ग बनाउन सक्ने ज्ञानज्ञानी र बाटो दिनेछ । साँच्चैको नयाँ संसारमा प्रवेश गर्ने गराउनेछ । विकासको नाममा हुँदै आएका बिनासलाई रोक्ने छ । प्राकृतिक स्रोत साधनको दोहन भन्दापनि सुरक्षण गर्दै बाँच्न र बचाउने ज्ञान दिनेछ ।
यतिखेर विश्वविद्यालय तथा महाविहारहरूका इतिहासलाई पनि केलाउन जरुरी छ । यसरी हेर्दाभारतवर्षमा हिन्दूहरूले गुरुकुल परम्पराको विकास गरेका देखिन्छन् । बौद्धहरूले विहारको अवधारणा ल्याए । विशेषगरी पश्चिमाहरूले पिन तिनै महाविहारहरूबाटै सिके । त्यसपछि युनिभर्सिटी नामाकरण गरे । त्यसैलाई नेपालमा भने विश्वविद्यालय भन्ने गरेका छौं । यो लेखको शीर्षकमै आदिवासी विश्वविद्यालय भनेको छु । यसको नेपाली संस्करण चाहिँ 'महान् आदिवासी विश्वविद्यालय’ हुनेछ । छोटकरीमा 'आदिवासी विश्वविद्यालय’ भन्न सकिनेछ । अङ्ग्रेजी संस्करणका लागि भने 'The Great Indeginous University’ भन्नेछ । छोटकरीमा 'Indeginous University (I.U.)’ मात्रै भन्न सकिनेछ ।
४.  यसअघिका केही प्रयासहरू
संसारकै शुरूवाती चरणमा तक्षशीलानालन्दओदन्तपुरी लगायतका महाविहारहरू बनेका थिए ।  यहाँ 'महाविहार’ साथै 'विश्वविद्यालय’ शब्दका बारेमा पनि केही कुरा बुझ्नैपर्ने हुन्छ । विशेषतः बौद्धदर्शनको विकासपछि महाविहारहरू बने । तिनीहरूले विद्यार्थी लिएर पढाउन थाले । पछिल्लो समयमा इशार्इहरूले विश्वविद्यालयको अवधारणा बनाएका भन्ने देखिन्छ । त्यसक्रममा इटालीमा सन् १०८८ मै University of Bologna स्थापना गरेका थिए । मुस्लिमहरूले भने इजिप्टमा सन् ९७० मै Al-Azhar University स्थापना गरेका थिए । अहिले संसारमा प्रशस्त विश्वविद्यालयहरू सञ्चालनमा रहेका छन् ।
भारतबाट गुरुकुल परम्पराको शुरूवात भएको थियो । पछिल्लो समयमा बौद्धसँगै महाविहारहरू स्थापित भए । तिनै महाविहारहरूलाई पनि विश्वविद्यालय वा युनिभर्सिटी भन्ने गरेका छन् । तिनीहरूले विश्वमा अनेक ज्ञानलाई आफ्नो विषय बनाएका थिए । नेपाली इतिहासमा वि.सं. २०१६ सालमा मात्रै त्रिभूवन विश्वविद्यालयको स्थापना भएको थियो । यद्यपिनेपाल संस्कृत विश्वविद्यालय भने वि.सं. २०४३ मा भएको देखिन्छ । डा. धनप्रसाद सुवेदी 'श्रमिक’ लेख्छन्, ''टंकबहादुर रार्इको सम्पादकत्वमा प्रकाशित हुने 'पारुहाङ’ मासिकमा २०३७ सालतिरै किरात भाषाका विभिन्न शाखाहरूका अनुसन्धानसंरक्षण र विकासको लागि किरात विश्वविद्यालय स्थापना गरिनुपर्छ’ भन्ने आह्वान छापिएको थियो ।’’
तथापिनेपाली परिवेशमा पनि अहिलेका विश्वविद्यालयले अपनाएका पठनशैलीमाथि प्रश्नहरू उठेका देखिन्छन् । अध्ययन शैली नै नमिलेको वा अपूरो रहेको भन्ने देखिएका छन् । नेपाली विश्वविद्यालयहरूले अदक्ष वा अर्धदक्ष जनशक्ति मात्रै उत्पादन गर्दै आएका भन्ने आरोप लगाएका पनि पाइन्छन् । 'ब्रेन डेनद्वारा नेपाल ग्रस्त छ । यसको दोष पनि विश्वविद्यालय साथै शिक्षा नीतिलाई लगाउँछन् । बुर्जुवा शिक्षा भन्ने आरोप त सामान्य नै भइसकेको छ । आवाजविहनीहरूका आवाज सुनेका छैनन् । इतिहास पनि गलत छन् । सही इतिहास लेख्ने क्रम चलाउन आवश्यक भएको छ ।
यसका लागि हालका विश्वविद्यालयहरूले नसक्ने दाबी गर्नेहरू पनि छन् । त्यसैले पनि हुनसक्छमाथि उल्लेख गरिएको 'किरात विश्वविद्यालय’ स्थापनाको लागि केही वर्षअघि गोपाल किराँती लगायतका केही अग्रजहरूले प्रयास गरेका थिए । उक्त प्रयास सफल हुन सकेन । यिनै परिस्थितिजन्य अवस्थाको खासै वास्ता गरिएन । लोकोत्तर लोकवादी विचार समूहको गठनपछि भने आदिवासी विश्वविद्यालयको कुरा अन्यका सामुन्ने बोल्न सक्ने भएको हुँ । केही साथीहरूसँग यस सम्बन्धमा कुराकानी गर्दै थिएँ । विशेषगरी  धनप्रसाद तामाङ अस्यङसँग कुरा भएका थिए । एकपटक अचानक फेसबूक वालमा महान् आदिवासी विश्वविद्यालय स्थापना गर्नुपर्छ भनेर लेखेकै थिएँ ।
त्यसको केही दिनपछि अमृत योन्जन-तामाङ अस्यङले बौद्धमा भेट हुँदा केही कुरा राख्नु भएको थियो । उहाँका अनुसार उहाँका केही साथीहरू ''इथ्निक स्टडिज्’’को लागि प्रयासरत थिए । त्यसका लागि कुनै सम्बन्धन दिने विश्वविद्यालयको खोजीमा थिए । उहाँले मेरो कुरा सुन्नु भएपछिअहिले सम्भव छैन भन्नु भएको थियो । मेरै जीवनकालमा हुनेछ भनेर भन्न सक्तिँन । अहिले हामीले लेखेर मात्रै राखेमा पनि पछिल्ला पुस्ताका लागि सहज हुनेछ ।
आदिवासी विश्वविद्यालयहरू प्रशस्तै छन् भनेर आर.के.जीले भनेका थिए । त्यस अनुसार नेटमा खोज्दा खासै पाइँन । खोज्ने क्रममा नाइजेरियामा University of Nigeria, Nsukka नामक विश्वविद्यालय भेट्टाएँ । सन् १९५५ मा स्थापित उक्त विश्वविद्यालयलाई ''The University of Nigeria, Nsukka was the second university to be established in the country but it was the first full-fledged indigenous and independent university in Nigeria. (https://nigerianfinder.com/first-universities-in-nigeria-oldest)’’ भनेका रहेछन् ।
उल्लेखित विश्वविद्यालयले अमेरिकन शिक्षण पद्धतिलाई अवलम्बन गरेको भन्ने देखिएको छ (https://en.wikipedia.org/wiki/University_of_Nigeria,_Nsukka)। यिनै तथ्यहरूका आधारमा पनि Indeginous University स्थापना गर्नैपर्ने भन्ने प्रमाणित हुन्छ । आदिवासी विश्वविद्यालय बिना अन्यबाट सम्बन्धन लिएर आदिवासीका कुरा पढाउने वा अन्यले आदिवासी विद्यार्थीलाई सहयोग पुर्‍याउने जस्ता कुराले मात्रै हुँदैन । त्यसकारण विश्वका आदिवासी मात्रै नभएर मानव समुदायले नै आदिवासी विश्वविद्यालयको लागि आवश्यक कदम चाल्न ढिलो गर्नु हुन्न ।
५.  सम्भावना र चुनौती
आदिवासी विश्वविद्यालयको सम्भाव्यता बढ्दै गएको छ । यसका लागि चुनौती चाहिँ छैनन् भन्ने हुँदै होइन । अनेक चुनौतीहरू देखिने छन् । समस्यादेखि डराएर हुँदैन । डटेर सामना गर्नुको विकल्प छैन । यसले नेपाललाई मात्रै नभएर समग्र संसारलाई नै नयाँ गतिदिशा साथै समयतिर लैजानेछ । यतिखेर पृथ्वीको दिन गन्ती थालेका छन् । त्रासद् भविष्यले सताउँदैछ । संसारमा हाहाकार मच्चिँदो छ । ओजोन तहमा प्वाल पर्न थालेको पनि धेरै भइसक्यो । हिमालको हिउँ पग्लन थालिसकेका छन् । तापक्रम बढिरहेकै छ । नयाँ-नयाँ रोगव्याधिहरू देखापर्नेक्रम तिब्र हुँदैछ । शान्ति भङ्ग हुँदैछ । प्राकृतिक प्रकोपको भय दैनदिन बढ्दै गइरहेको छ । भोकमरी र अमानवीय व्यवहारले सीमा नाघ्दैछ ।
संसारमा शान्तिको खडेरी पर्दैछ । त्यसैले अमनचयनको तिर्खा बढ्दैछ । मानवीयता आकाशको फल हुँदैछ । सत्ता तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घ संस्था तथा मिशनहरू सङ्गठित अपराधीका चङ्गुलमा फस्दैछन् । यसैले यहाँ शान्ति स्थापना पहिलो आवश्यकता भएको छ । मानवीयताका लागि कयौं बुद्धहरूका जन्म आवश्यक महशुश गर्दैछौं । नश्लीयताको आधारमा तेरो र मेरो भन्न छोडेर मानवीयताको पक्षमा वकालत गर्नु छ । हरेक प्राणी (वनस्पतिसहित)पर्यावरण साथै चराचर जगत्को समेत समान साथै बराबरी अधिकार स्थापना गर्न सक्ने ज्ञानको आवश्यकता खडि्कएको छ । यी सबैका लागि एक मात्र उपाय भनेको ज्ञान निर्माण नै हो । त्यसैका लागि विश्वविद्यालय वा महाविहार वा त्यस्तै एक स्वतन्त्र संस्थाको आवश्यक छ । यस्तो अवस्थाबीच स्थापित हुने आदिवासी विश्वविद्यालयले नश्लीयताभन्दा माथि उठेर प्राणीपर्यावरण र चराचर जगत्का यावत् अवयवहरूलाई समान अधिकार दिलाउन सक्ने ज्ञान र बाटो दिनेछ ।
यसप्रकार महान् आदिवासी विश्वविद्यालयको सम्भाव्यता दैनदिन बढ्दै गइरहेको छ । यसक्रममा यसले तरह-तरहका चुनौतीहरूका सामना गर्नेछ । यात्राको क्रममा आदिवासी भन्ने शब्द सुन्ने बित्तिकै कतिपयले ताली दिनेछन् । कतिपयले गाली दिनेछन् । साँच्चैमा कदम चालेपछि कतिले भाँजो हाल्नु नै आफ्नो धर्म सोच्न बेर लगाउने छैनन् । नेपाली राजनैतिक जगत्मा कतिपयले आफ्नो मुटुमा काँढो रोपिँदैछ भनेर बुझ्ने छन् । त्यस्ताहरूलाई समेत स्पष्टआश्वस्त साथै विश्वासमा लिन सक्नु पर्नेछ । यो त आदिवासी जनजातिका लागि मात्रै हुँदै होइन भनेर बुझाउन निकै गाह्रो छ । तथापिसत्य (अझै तथ्य) यही नै भएकोले एकदिन अवश्य सफलता मिल्नेमा कुनै द्वीविधा छैन । हाम्रो यही जीवनमा होला या न होला पनितर भविष्यमा यसको कुनै विकल्प हुने छैन । अन्ततः यसैलाई सत्य साथै तथ्यको रूपमा बुझ्ने छन् । साँच्चैमा आदिवासी विश्वविद्यालय स्थापना हुनेछ ।
चुनौतीकै कुरा गर्दा सर्वप्रथमतः मान्यता वा स्वीकृतिको कुरा आउनेछ । त्यसक्रममा नेपाल सरकारले देला र भन्ने शङ्का पनि छँदैछ । त्यसपछि आर्थिक पक्ष असामान्यत स्वरूपमा उभिनेछ । पाठ्यक्रम विकासका लागि आवश्यक जनशक्ति निकै कम रहेको छ । स्रोत साधनको प्रशोधनपरिमार्जन साथै परिष्करण गर्नु भनेको फलामको चिउरा समान हुन बेर छैन । कुनै एक स्थानमा एउटा कलेज चलाएर मात्रै केही हुने छैन । विश्वविद्यालय चलाउने कुरा सामान्य हुँदै होइन । विश्वव्यापीकरण अझै ठूलो खड्को सावित हुनेछ । तथापिकाँडाबीचै कोमल फूल फुल्छन् । ढुङ्गामा पनि रूख उम्रन्छन् । पानीबाटै आगो निस्कन्छन् । कायापलट भन्ने पनि हुन्छ नै । त्यसका लागि उपयुक्त पात्रहरूलाई समयले अवस्य जन्माउनेछ । यसकारण पनि महान् आदिवासी विश्वविद्यालय सम्भव छ ।
यसका लागिमहान् पुर्खाहरू हाम्रा सामुन्ने प्रकट हुनेछन् । 'फो ल’ (कुल/इष्टदेवता)हरू हाम्रा 'चिवा’ (शीर)मा रहनेछन् । घाम र जून हाम्रा दायाँ-बायाँ सजिने छन् । पितृभूमि (मातृभूमि)ले आवश्यक ऊर्जा दिनेछ । भाषासंस्कारसंस्कृतिकला तथा साहित्यलगायतले प्रविधिको स्वरूप लिनेछन् । हाम्रा विश्वासमान्यतासिद्धान्तदर्शन तथा विश्वदृष्टिकोणहरू मनचिन्ते यान बन्नेछन् । वनस्पति सहितका प्राणीहरू हाम्रा योद्धा हुनेछन् । हाम्रा सदिच्छाचाहनाप्रार्थना तथा कामनाहरू साकार स्वरूप लिने सपना हुनेछन् । प्रकृतिवाद हाम्रो लक्ष्य हुनेछ । आदिवासीवाद हाम्रो आधार हुनेछ । चराचर जगत् हाम्रो सत्ता हुनेछ । त्यसैले महान् आदिवासी विश्वविद्यालय स्थापना कुनै पनि हालतमा हुनेछ ।
६.  अनुरोध
यति कुरा गरिसकेपछि केही अनुरोध गर्ने अधिकार पाएँ जस्तो लागेको छ । यतिखेर आदिवासी विश्वविद्यालय स्थापनाको कुरा मात्रै गर्न खोजेको हुँदै होइन । कुरै त हो भनेर मात्रै यसरी प्रस्तुत् गरेको भनेर पनि नबुझ्नु होला । गफाडीको गफ भन्ने लागेछ भनेपनि एक पटक पुर्खाका काखमा बसेर विचार गर्नु होला । सयमा उनान्सय मनले गलत भनेछन् भनेपनि एक मनकै कुरामा विश्वास गर्नु होला । पङ्क्तिकार आफैँ हिरो हुने त हो नि भन्ने भावना नराख्नु होला ।

बरु आफैँलाई यस महान् कर्मको हिरोको रूपमा राखेर हेर्नु होला । शङ्का होइन विश्वास गरेर हेर्नु होला । आफ्नो तर्फबाट सहयोग गर्न नसके पनि ठिकै छ । गलत कुरा गरेर अन्यलाई भड्काउने कर्म नगरिदिनु होला । तिङ्दो फो लकुलदेउताइष्टदेवतादेखि लिएर महान् पुर्खालाई साक्षी राखेर विश्वास दिलाउन चाहेको छु । यत्ति नै भनेँ । बाँकी आगमी दिनमा लेख्ने नै छु । यसमा यहाँहरूका सहयोगी हातसमय तथा मान्यताको अपेक्षा लिएको छु । धन्यवाद !!
                                                       -     खोजराज गोले

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...