Monday, April 27, 2020

अबको विकल्प : बहुलराष्ट्रियतामा आधारित आदिवासीवाद !




१.  शुरूका कुरा
शुरूमा राज्यव्यवस्था भन्ने नै थिएन । सबै स्वतन्त्र अनि निर्बन्ध थिए । केही आपराधिक तत्त्वको जन्म भयो । कमजोरलाई कब्जामा राखेर मालिक हुने सपना बुने । सोही अनुरूप उत्रिए । मान्छे भएर मान्छे नै मारेर केवल तुच्छा मनोकाङ्क्षा पूरा गर्न थाले । प्रायःलाई मृत्यु देखाउँदै केही नरपशुहरू मालिक भए । कति मान्छे/समुदाय त डरले नै अत्याचारीलाई राजा मान्न हतारिए । तिनै राजा घोषित पापिष्टहरू पछि देउता भएको घोषणा गरे । सर्वसाधारणलाई आफू लुटिनु र मारिनु पनि पूर्वजन्मको कर्मको फल भनेर झूट घोकाए । सोही मार्ग हुँदै अपराधको शिखरमा पुगेर रमाइलो अनुभूति गरे ।
यहाँ धर्ममध्ये हिन्दू, क्रिश्चियन तथा मुस्लिमले राजाको अवधारणा स्वीकारे । धर्मको नाममा अक्षम्य अपराध थाले । संसारमा मानवतालाई लज्जाको प्रतीक बनाए । राज्यव्यवस्था अफिम सावित हुँदै आए । आज समृद्धिको सपना देखाउँदै आम मानवसभ्यतालाई ऊँधोबाटतिर धकेल्दैछन् । यी सारा अपराधका कारण विश्व ब्रह्माण्ड नै समाप्तिको सङ्घारमा उभिएको छ ।
२. नेपाली तथ्य
यो नेपाल नाम गरेको देश पनि उल्लेखित समस्याबाट मुक्त छैन । यहाँ पनि खुङ्खार रक्तपिपाशु देखिए । तिनले नै स्वतन्त्र र निर्बन्ध समुदायमाथि नरसंहार मच्चाए । आजसम्म दमित अवस्थामा रहेकाहरू पनि विगतमा आफ्ना पनि राज्य र राजा भएको काल्पनिक कथामा जीवनका लय खोज्न विवश छन् । यसैक्रममा मुख्यतः दुर्इ वर्ग देखिएका छन् । एउटा वर्ग आफूलाई नेपालको एकीकरणकर्ताको उत्तराधिकारी मान्छ । अर्को वर्गकाहरू भने राज्यसत्ता नामक रक्तपिपाशुद्वारा प्रताडित हुनुपरेको विश्वास गर्छन् । 
वास्तविकता चाहिँ राज्यसत्तामा रहेका हिंस्रक पशुहरूले दाबी गरेजस्तो थिएन । एकीकरणकर्ताको पगरी गुँथाइएका हत्याराले एकीकरण भन्ने शब्द शायदै बुझेका थिए । तिनको त ठूलो देशको राजा हुने अमानुष स्वप्न मात्रै थियो । त्यसैले राज्यव्यवस्था भन्ने गरेको तत्त्व त नेपाली भनिएकाका लागि मुटुमा रोपिएको काँडो सावित भइरहेको छ । भूकम्पदेखि महामारीमा भ्रष्टाचार गर्नु राज्यसत्ताको धर्म भएको छ । चुनावमा तर्साउनु, मानव हत्या गर्नु, फकाउनु, पैसामा भोट किन्नु नेता भनाउँदाका परिचय बनेको छ ।
३.  राज्यव्यवस्थाका प्रतिनिधि कर्तुत्
नेटवर्किङ बिजिनेस भन्नेलाई देशमा लुट्ने अख्तियार यसैले दिएको हो । मानवहत्याका लागि लाइसेन्स पाएको झूट यसैले घोकाएको हो । लामखुट्टे मार्नु भन्दा पनि अझै सामान्य रूपमा मान्छे मारेर आएका अमानुषहरूले गर्दा देश देश रहेन । फाइनान्सको नाममा कमजोरलाई समाप्त पार्ने अनि भएकालाई पनि कमजोर बनाउने कु-कर्म यसैले गर्दै आएको छ । सरकारी स्वामित्त्वमा रहेका संस्थानहरू बिक्री गरेर डकार्दै छन् । शिक्षा र स्वास्थ्यलाई व्यापारको बस्तु यसैले बनाएको हो । विकासको नाममा गरीब मारेर उल्मूलन यसैले थालेको हो ।
सत्तालाई जनता लुट्ने औजार बनाएका छन् । देशको नामलाई विदेशीसँग मागीखाने भाँडो बनाएका छन् । महामारीका कारण कर्मभूमिमा अडिने आधार नपाएपछि जन्मभूमिमा फर्कँदै गरेकामाथि निर्मम् दमन गर्न लाज मानेको छैन । शक्तिमा रहेकाका उपचारका नाममा राज्यको ढुकुटी रित्याउनुलाई विधिसम्मत् भनेर स्थापित गराएका छन् । भूकम्पको बेलामा संविधान लाद्ने अनि कोरोनाको कहरकै समयमा असङ्गत अध्यादेश ल्याउनमा यिनलाई खुब गर्व महशुश भएको देखिएकै छ । यही बेला आयोग गठन गरी आफ्नालाई स्थापित गरेर यिनले आफ्नो जात जनाएको छ ।
यिनैले खानी उत्खनन्को नाममा, सडक विस्तारको नाममा, विद्युत प्रशारणको नाममा लगायतका अनेक बहानामा निमुखा रैथाने भूमिपुत्रलाई समाप्त पार्दै आएका छन् । विकास र समृद्धिको नाममा गाउँमा बस्न नसक्ने स्थितिको सिर्जना गरेका छन् । पुँजीवाद र शहरीकरणको सपनामा डुबाएर युवालाई विदेश लखेट्दै आएका छन् । राणाहरूले आदिवासीका सन्तानलाई युद्धमा पठाएर विदेशी डलर लुँड्याएका थिए । अहिलेका शासकहरू तिनै विश्वयुद्धहरूमा मारिएका वा घाइते भएका र केही बचेर फर्किएका आदिवासी सन्तानका रगत, पसिना र शीरमाथि उभिएर आफैँलाई महान् गोर्खाली भएको झूट गाउन अभ्यस्त भएका छन् ।
यी सारा समस्याका कारण यही राज्यसत्ता वा राज्यव्यवस्था नै हो । हुन त राज्यव्यवस्था होइन; नेतृत्वमा रहेकाहरू हुन् भन्ने कतिको तर्क हुन सक्छ । स्मरणीय तथ्य चाहिँ आफ्नै मान्छेका हत्या गरेर भएपनि शक्तिमा पुग्नु नै राज्यव्यवस्थाको चरित्र हो । राजनीतिको जन्म नै निर्धा र निमूखालाई शासित र सत्ता/नेतालाई दैवीकरण गर्ने हेतुले गराएका थिए । त्यसैले राजनीति र राज्यसत्ता भनेको रैथाने भूमिपुत्र विरूध्द सञ्चालित हतियार हो । त्यसैले राज्यसत्ता/राज्यव्यवस्था र नेतृत्त्वमा रहेकाहरू भनेका एकै हुन् । यिनमा केही फरक छैन । एकको अभावमा अर्कोको स्वतः मृत्यु हुन्छ ।
४.  अबको बाटो
त्यसो भए अबको बाटो के हुन सक्छ ? यही प्रश्नको उत्तर खोज्नु भनेको गर या मरको परिस्थितिमा उभिनु हो । यसको सही उत्तर छान्न र स्थापित गर्न सकेमा आयु लम्ब्याउन सम्भव हुनेछ । अन्यथा मर्नु/मारिनुको कुनै विकल्प छैन । यसप्रकार आजसम्ममा धर्ममाथि विश्वास गर्‍यौं । त्यसैले अमानुष तत्त्वले भरिएका हत्यारालाई देउता हो भनेर घोकायो । राजनीति भन्ने अर्को डाँका/हत्यारा आयो । त्यसले संसारको यो हविगत बनायो ।
अबको बाटो केवल प्राकृतिक जीवन पद्धतिको अवलम्बन हो । मानवकेन्द्रवादको उन्मूलन हो । अराजकता तथा अप्राकृतिकता/कृतिमताको समूल नष्ट हो । यसप्रकार पुर्खाले सर्वप्रथम शुरू गरेका जीवन शैलीको अनुशरण हो; जहाँ राजनीतिको गुञ्जायस हुँदैन । विषाक्त भइसकेका धर्म पनि समाविष्ट हुँदैन । त्यहाँ चराचर जगत्को कुरा हुन्छ । जीवित तथा निर्जीव सबैलाई शक्ति/अस्तित्त्वको रूपमा समान हैसियत दिइन्छ । यसको अर्को नाम बहुल राष्ट्रियतामा आधारित आदिवासीवाद हो ।
यसले विज्ञानलाई कृतिमताभन्दा पनि प्रकृतिसङ्गत स्वरूपमा अगाडि बढाउँछ । शासक र शासितको अवधारणालाई ध्वस्त बनाउँछ । मानवलाई स्वतन्त्रता र समानताको नाममा अमानुष हुन दिँदैन । पहिचान तथा स्वत्त्वको बोध गराउँछ । अन्यप्रति सहिष्णुताको सट्टा समभावको चेतना भरिदिन्छ । म र मेरो भन्दा पनि हामी चराचर जगत्का समान अस्तित्त्व भन्ने सर्वश्रेष्ठ ज्ञान दिन्छ । जीवन र जगत्लाई हेर्ने सुन्दर आँखा दिन्छ । हत्या, हिंसा र विकासको नाममा मानिसलाई अमानुष बन्न बाट रोक्छ । मानव हर्कतकलाई खतरनाक रसायन वा वीषको सट्टा फूलका सुवास स्वरूपमा पस्कन्छ ।
५.  तथ्योद्घाटन
यस्ता तर्कहरू स्वैरकल्पना पनि लाग्न सक्छ । त्यो स्वाभाविक पनि हो तर मान्छेले चाहेमा नसक्ने केही छैन । हामीसँग दिमाग मात्रै होइन मन पनि छ । मन र दिमागको संयोजनबाट निस्कने अमृत भनेकै आदिवासीवाद मात्रै हो । यही तथ्यलाई मनन् गर्न सक्छौं भने हामी यो समयको मान्छे हौं । होइन भने राजनीति जस्तै आउटडेटेड तत्त्व हौं । अमानुषताको परिचय हो/हौं तर विश्वास छ कि- तपाईँ/हामी पनि यो युगको उदाहरणीय मान्छे हुनुहुन्छ/हौं
१५ बैशाख '७७
चाबहिल

Wednesday, April 22, 2020

तामाङ ज्ञान, कोरोना ह्यम् (विश्वव्याधि) र त्राणको उपाय !



१.  सृष्टि कहानी
उहिले पृथ्वी नै थिएन रे । यो स्थान ह्वाङह्वाङ्ती र ड्वाङ्ड्वाङ्ती मात्रै थियो रे । त्यस्तैमा आगोको मुस्लोसहितको स्थान (घाम?)मा ल छङ्बै रेञ्जेन, ल वङ्बै ग्यप्जेन र ल महादेओ उपत्ति भएछन् । केही नभएकोले के गर्ने नगर्ने भन्ने अन्यौलतामा फसेछन् । तीनीहरूमध्ये ल छङ्बै रेञ्जेनले ङ्यम्बाडुप्पा (ध्यान) गरेछ । त्यसपछि पृथ्वी निर्माणको ज्ञान प्राप्त भएछ । आफू बसेकै मेए तेवा (आगोको मुस्लो)बाट लुङ्नी ग्यडम् (हावाको बज्र) निर्माण गरी तानेर यता राखेछ । अहिले पृथ्वी रहेको स्थानमा आइपुग्दा त्यो त युङ्नी ग्यडम (ढुङ्गाको बज्र)मा परिणत भएछ । त्यतिखेरसम्म पनि आगो बल्न छोडेनछ । आगो निभाउनको लागि पानी हालेछ । पानीले आगोलाई बिस्तारै निभाउँदै लगेछ । आगो निभ्दै जान थालेछ । ढुङ्गामाथि पानीको तलाउहरू देखिन थालेछन् । तलाउमा फिँजबाट बिस्तारै माटो बनेछ । जमीन बनेछ । तिनमा पनि सनी फरगङ (समथर मैदान), सनी बेदेलेगङ (चुरे तथा पहाडहरू) अनि सनी झ्योमोगङ (हिमालय पर्वत)हरू सहितको पृथ्वी बनेछ ।

पृथ्वीमा दिउँसो घाम लाग्न थालेछ । राती उज्यालो चाहिने रहेछ भनेर जून पनि बनाएछ । रात र दिनको निर्माण भएछ । उनको मुख्य ध्येय भने सृष्टि र सिर्जना नै थियो । त्यसैका लागि अत्याधिक तापको कारण सम्भव भएनछ । तापक्रमलाई अझै कममा झारेर चिस्याउनुपर्ने भएछ । त्यसले हावा, आगो र पानीका संयोजन गरी अनेक प्रकारका लुङ (हावा/ग्याँस)हरु बनाएछन् । पृथ्वीलाई तिनै लुङहरूका छाना लगाएछन् । सोही क्रममा पो ह्रिग्यालोन्पो (ओजोन तह/छाना) बनेछ । त्यसपछि बल्ल सृष्टिको लागि वातावरण निर्माण भएछ । शुरुमा किसिङडहु दोङ (एक कोषीय अल्गी)को निर्माण गरेछ । त्यसैलाई परिमार्जन तथा परिष्करण गर्दै अगाडि बढेछ । सोही क्रममा सेमचेन थम्चे ल्हुइ (प्राणी शरीर) तथा किसिङडहु दोङ (वनस्पति) निर्माण गरेछ । तिनीहरुमध्ये कुनैलाई पानी त कुनैलाई जमीनमा राखेछ । सुन्दर पृथ्वीको सिर्जना भएपछि अझै सिङ्गार्नको लागि मानवको आवश्यकता महशुश भएछ ।

मानव निर्माणको अनेक यत्न थालेछ । पहिलो पटक सुनको मानिस बनाएछ । बोलाउँदा बोल्दै बोलेनछ । चाँदीको बनाउँदा पनि बोलेनछ । फलामको पनि बनाएर हेर्नु मात्रै भएछ । अन्ततः लाचार ल छङ्बोले कुखुराको सुली र चन्दनको खरानी मुछेर बनाएछ । लचकदार मानवआकृतिमा श्वास हाल्न खोजेछ । कति गर्दा श्वास स्थापित भएनछ । किन यस्तो भइरहेको छ भनेर ङ्यम्बाडुप्पा गरी हेरेछ । ल छङ्बोले मनुष्य निर्माण गर्न लागेको सम्पूर्ण दृश्य हुकहुकदोर्जे (एकप्रकारको गरुढ)ले हेरेर बसेको रहेछ । ल छङ्बोले प्राण भर्न खोज्दा त्यसैले बीचमा आएर छेकेर बसेको रहेछ । हैन किन छेकेको भनेर सोधेछ । म छँदैछु । तिमीलाई मनुष्य चाहिँ किन पो चाहियो त भनेछ । हुकहुकदोर्जेको मूर्खता देखेर ल छङ्बोलाई रीस उठेछ । तत्कालै आँधीहुरी तानेर उडार्ई दिएछ । त्यसपछि मान्छेमा प्राण भर्दा सफलता मिलेछ ।

आफ्नो सिर्जनाहरूरुमध्ये मान्छे खुबै मन परेछ । उनले मान्छेलाई आफ्नै नामबाट म्हिए रेञ्जेन (मानव रेञ्जेन) नाम दिएछ । म्हिए रेञ्जेन एक्लै परेकोले साथी चाहिने रहेछ भन्ने भएछ । त्यसैले आफ्नी छोरी लएलमो (देवकन्या)सँग विवाह गरार्ई दिएछ । मानवसँग विहे गरेपछि लएलमो त अब गङ्सल्मो (अर्धदेवी)) भइछ । तिनै गङ्सल्मोले थारा राSबा (कपडा बुन्ने) काम थालिछ । म्हिए रेञ्जेन र ल छङ्बै रेञ्जेन मिलेर शिकारी कुकुर तयार पारेछन् । बाँसकै घण्टी बनाएर कुकुरको घाँटीमा झुण्ड्याएछन् । शिकार ढाल्नको लागि दागादास्या (धनुष र वाण) बनाएछन् । म्हिए रेञ्जेन र ल छङ्बै रेञ्जेन मिलेर शिकारमा निस्केछन् । शिकारमा गएपछि म्हिए रेञ्जेन नै किरल्पा वा किरल्पागोम्बो (शिकारी) नामबाट चिन्ने भएछ । शिकारकै क्रममा जिब्रोङ/ब्रोङचेनकर्पो/मुष्टे (एक प्रजातिको सानो कदसहितको चरा)को शिकार गरेछन् । मारिएको चराको स्यबुइबुबुइ (एक किसिमको फोवा, चित्तलाई आमाको गर्भमा प्रत्यारोपण गर्ने कार्य) चढाएछ । त्यसरी स्यबुइबुबुइ दिएपछि किरल्पागोम्बो त म्हिए बोम्बो पो भएछ । चराको एउटा फिला किरल्पागोम्बोलाई र अर्को फिला देउतालाई भाग लगाएछन् । बाँकी भाग कुकुरलाई दिएछन् । देउताका मान्छेले नोल लगाएर बोकेर एउटा फिला लिएर गएछन् । किरल्पागोम्बोले भने सानो चराको भनेर कानमा सिउरेर ल्याएछ ।

किरल्पागोम्बो आफैँ गङसल्मोको छेउमा आइपुगेछ । खै त के ल्यायौ भनेर सोधिछ । इ तिम्रा बाउ माइतीको पौरख भनेर जिब्रोङको फिला नै गङसल्मोको काखमा फालिदिएछ । त्यसैले लागेर गङसल्मोको तिघ्राको हड्डी भाँचिएछ । पीडा खप्न नसकेर गङसल्मो रुन कराउन थालिछ । देवलोकमा समेत रोएको सुनेछन् । के भएछ भने हेर्न आएछन् । मानिस र देउताका बीच विवाह नफाल्ने रहेछ भन्ने बुझेछन् । छोरी फिर्ता लाने भएछन् । लानेक्रममा अनेक शुद्ध सेउलाहरुका ह्योलोवा (पर्दा जस्तो) लगाउँदै लगेछन् । अन्तिम नवौं ह्योलोवा स्वरूप सिङ्गरा ह्योलोवा नलगाउञ्जेल म्हिए रेञ्जेनले थोङ्बन मुला (देख्दैछु) भनेछ । नवौं ह्योलोवा लगाएपछि माथोङ्जी (देखिनँ) भनेछ । देउता र मनुष्यको सम्बन्ध छुटेछ । म्हिए रेञ्जेन त आफ्नी प्यारी गङसल्मोको यादमा सए मुए डेडे (जमीन र आकाशै कोतरे जसरी) रून थालेछ ।

साह्रै रोएपछि देउताले म्हिए रेञ्जेनलाई खोरिया फाड्न अह्राएछ । खोरिया फाँडेर म्हेएलमो (आगो) लगाएछ । ब्रुल्दिङलमो (अन्नकी देवी) कहाँ करू लगायत अन्नको बीउ लिन पठाएछ । बीउ ल्याएर छर्न लगाएछ । अन्न पाकेपछि भित्र्याउन लगाएछ । जाँतो बनाएर पिस्न लगाएछ । पिठोको ढिँडो ओडाल्न लगाएछ । त्यसपछि मन्गीलमो (औषधीकी देवी) कहाँ भ्रमा (मर्चा) लिन पठाएछ । भ्रमा ल्याएर ढिँडोमा मोल्न लगाएछ । मोलेको ढिँडोलाई थुन्छेमा राख्न लगाएछ । केही दिनपछि दुच्चे (अमृत अर्थात् एक किसिमको जाँड) तयार भएछ । त्यो दुच्चे चढाउनु भनेछ । दुच्चे चढाउने भएपछि देवता यता पृथ्वीमा अवतरित भएछ । त्यही बेलादेखि म्हिए रेञ्जेन कोल्मे त लबोन भएछ । त्यसरी चढाउने क्रमलाई लसोलला ठिम (कुलपूजा भने जस्तै जस्तै) भनेछन् । त्यसैबेला देखि तामाङले आफ्नो मूलघरमा ''फो' '' स्थापित गर्न थालेछन् । बिमार पर्दा वा कुनै महाबिपत् पर्दा मुक्तिको लागि ''फो' ''लाई आह्वान गर्न थालेछन् ।

२.  बिपत् बिमारी र उपचार
देवकन्या गङ्सल्मोसँग विछोड भएपछि म्हिए रेञ्जेनको ब्रागैलमो (पहराकी देवी/कन्या)सँग विवाह भएछ । तिनका सन्तानहरूले डाँडाकाँडा ढाक्न थालेछन् । मानिसका मन मस्तिष्कमा लोभ, मोह र तृष्णाले घर बनाउन थालेछन् । अनेक ह्यम(महामारी तथा बिमार)हरू देखिन थालेछन् । बिमार हुँदा उपचार गर्ने काम बोम्बोले लिएछन् । लसोलको जिम्मा लबोनले लिएछन् । हरेक बिपत् पार गर्ने क्रममा अनेक शक्ति तथा तिनका पूजा आराधना वा मन्साउने तार्ने तरीका विकास गरेछन् । समाजमा बोम्बोका विपक्षी स्वरूप बोक्सा/बोक्सी तथा भेद्याहरू देखापर्दै आएछन् । हरेक बिमारको उपचार गर्दै गराउँदै मानिसको समाज अघि बढ्दै आएछ । त्यस्तैमा तम्बा, गन्बा, मुइमू र चोहो पनि स्थापित गराएछन् ।

३.  कोरोनाको उत्पत्ति र नामाकरण
यतिबेला तामाङ समाज पनि कोरोना नामक विश्वव्याधिबाट त्रसित छ । कोरोना एकखाले भाइरसको नाम हो । यसैलाई नोबल कोरोना तथा कोभिड १९ पनि भनेका पाइन्छन् । सन् २०१९ मा यसले मानव स्वास्थ्यमा हमला गरेको हुनाले कोभिडको पछाडि १९ लेखेका हुन् । यद्यपि कोभिडको पहिचान सन् २०१९ अघि नै भइसकेको थियो । https://en.wikipedia.org/wiki/Coronavirus मा उल्लेख गरिएअनुसार यो भाइरस सन् १९३० मा नै देखिएको थियो (Coronaviruses were first discovered in the 1930s when an acute respiratory infection of domesticated chickens was shown to be caused by infectious bronchitis virus (IBV). In the 1940s, two more animal coronaviruses, mouse hepatitis virus (MHV) and transmissible gastroenteritis virus (TGEV), were isolated.[9])

उल्लेखित भाइरस सर्वप्रथम कुखुरा(?)मा देखापरेको देखिन्छ । सन् १९४० मा भने थप दुर्इ जनावरमा पनि कोरोना भाइरस देखिएका थिए । त्यतिखेरसम्म पनि मानवमा यसको सङ्क्रमण देखिएको थिएन । सन् १९६० मा आइपुगेपछि भने मानवलाई पनि यसले छोडेन भन्ने विकीपेडियामा दाबी गरेको रहेछ । यो भाइरसको तस्वीर भने स्कटिस भाइरसविज्ञ जुन अल्मेइडाले गरेका थिए । तिनी एकजना ड्राइभरकी छोरी थिइन् । अध्ययन तथा कार्यक्षेत्रका कारण डाक्टर बन्न पुगेकी थिइन् । त्यसबखत उनी सेन्ट थोमस अस्पताल लण्डनमा थिए । (Human coronaviruses were discovered in the 1960s.[10] The earliest ones studied were from human patients with the common cold, which were later named human coronavirus 229E and human coronavirus OC43.[11] They were first imaged by Scottish virologist June Almeida at St. Thomas Hospital in London.[12] Other human coronaviruses have since been identified, including SARS-CoV in 2003, HCoV NL63 in 2004, HKU1 in 2005, MERS-CoV in 2012, and SARS-CoV-2 in 2019. Most of these have involved serious respiratory tract infections).

तालिका नं. १ कोरोनाको शुरूवाती सङ्क्रमण तालिका

कोरोना नाम ल्याटिन भाषाको कोरोना अर्थात् ''क्राउन''बाट लिइएको थियो । यो नामको सार्वजनिकीकरण पहिलो पटक सन् १९६८ मा नेचर नामक जर्नलमा भाइरसविज्ञका अनौपचारिक एक समूहले गरेको थियो । यस सम्बन्धमा विकिपेडियामा यसप्रकार लेखिएको छ । (The name "coronavirus" is derived from Latin corona, meaning "crown" or "wreath", itself a borrowing from Greek κορώνη korṓnē, "garland, wreath".[15][16] The name was first used in 1968 by an informal group of virologists in the journal Nature to designate the new family of viruses. The name refers to the characteristic appearance of virions (the infective form of the virus) by electron microscopy, which have a fringe of large, bulbous surface projections creating an image reminiscent of a crown or of a solar corona. This morphology is created by the viral spike peplomers, which are proteins on the surface of the virus.[8][17]).



चित्र नं. १ कोरोना भाइरसको तस्वीर

कोरोना भाइरसको बारेमा जानकारी सङ्कलन गर्ने क्रममा निम्नानुसार प्रस्तुत् गरिएका देखिन्छन् ।


(unranked):
Realm:
Phylum:
Order:
Family:
Subfamily:
Orthocoronavirinae

तालिका नं. २ कोरोना बारे जानकारी तालिका

४. कोरोना राजनैतिक खेल तथा भ्रष्टाचार
अहिलेको समाजमा जे जो पनि राजनीतिद्वारा सङ्क्रमित हुन्छन् । मानौं कोरोना भन्दा पनि सक्रिय भाइरस राजनीति हो । यसकारण कोरोना अब भाइरस मात्रै नभएर राजनैतिक मुद्दा जस्तै बनेको छ । यसको एउटा उदाहरण अमेरिका र चीनबीच चलेको दोहोरी हो । चीनको वुहानमा कोरोना फैलिएर बिचल्ली हुँदै गर्दा अमेरिकी राष्ट्रपति ट्रम्प चाहिँ खुशीले ताली बजाउँदै थियो । अन्ततः त्यही खुशी ट्रम्पको लागि गौथली मार्न घरमा आगो लगाएको कथा भयो । चीनियाँ झण्डामा कोरोना भाइरसको तस्वीर छापेर कुरीकुरी गर्नेहरूका आज त्रासका कारण बक बसेको छ । 

भारतीय सञ्चार तथा अमेरिका लगायतका केही देशका केही व्यक्ति तथा सञ्चारगृहहरू चाहिँ यसलाई चीनिया भाइरस भन्दैछन् । चीनले बनाएर फैलाएको आरोप लगाइरहेका छन् । चीनियाले चमेरो, बिरालो र सर्प समेत खाएकाले रोग लागेको भन्ने तर्क गर्दै छन् । चीन आफैँले चाहिँ अमेरिकी सेनाले ल्याएर छोडेको आरोप लगाएका छन् । यसमा किन शङ्का गर्न सकिन्छ भने, चीन त्यतिखेर ठूलो पर्व (स्प्रिङ फेस्टिबल) मनाउने क्रममा थियो । यसप्रकार कतै आतङ्ककारी तथा आपराधिक तत्त्वका हात रहेको छ कि भन्ने शङ्का बढाएको छ । यसले के स्पष्ट पारेको छ भने, अन्धविश्वासीका दर्जा पाएकाले भनेजस्तै छोँडा वा बोक्सा/बोक्सी वा भेद्या हुँदारहेछन् । विज्ञान आफैँ धामी आफैँ बोक्सा/बोक्सीको स्वरूपमा देखापरेको छ ।

यस्तैगरी कोरोनाका नाममा विपक्षी धार्मिक सम्प्रदायमाथि पनि आक्षेप लगाउनेले मौका पाएका छन् । शुरूमा चीनियाहरूलाई नै भाइरस हुन् भन्ने व्यवहार गरेका थिए । आफूलाई मानवअधिकार तथा प्रजातन्त्र/लोकतन्त्रको एकलौटी ठेकेदार दाबी गर्न रूचाउनेले नै चीनियामाथि भौतिक रूपमा नै आक्रमण गर्दै वास्तविकत चरित्र प्रदर्शन गरेका थिए । अहिले धार्मिक रूपमा मुस्लिमहरूमाथि प्रहार भएका देखिन्छन् । भारतमा यस्तो निन्दनीय कार्य निकै मौलाएको देखिन्छ । वास्तवमा यस्ता हर्कतलाई अक्षम्य अपराध मान्नु पर्दछ । यस्ता कार्यले धार्मिक वा साम्प्रदायिक दङ्गालाई निम्त्याउन पनि सक्छ । यस्तो घीनलाग्दा राजनैतिक दाउपेच गर्नु भनेको भ्रष्टाचारको चरमोत्कर्ष हो । अमानुषिक सोचको पहिचान हो । यो त कोरोना भाइरस विरुद्धको लडार्इँको बेला हो तर यस्तो लज्जास्पद व्यवहारको अर्थ चाहिँ सर्पले आधा शरीर निल्दै गर्दाको अवस्थामा रहेको भ्यागुतोले पनि अगाडि देखिएको फट्य्राङ्गालाई जिब्रोले तान्नु जस्तै हो ।

यतिखेरै अत्यावश्यक सामग्रीका मूल्य बढाउनेलाई के भन्ने ? यस्ता महासङ्कटमा पनि भ्रष्टाचार गरी लुड्याउनेहरूलाई कुन शब्दले सम्बोधन गर्ने ? पाँच हजारमा पाइने सामानलाई १६ हजार बिक्री गर्ने ? जम्मा १ रुपैँयामा पाइने चिजलाई ७ रुपैँया तिरेको भन्ने पातकीहरूलाई कस्तो सजाय दिने होला ? संसारको मजदुर एक होऔं भन्ने सरकारले बिचल्लीमा परेका मजदुरलाई के गर्दैछन् ? भोकै नाङ्गै आफ्नो गाउँ फर्कन खोजेका मजदुरलाई लाठी चार्ज गर्ने, कुट्ने, पिट्ने र लखेट्ने कम्युनिष्ट सरकार कसरी हुन्छ ? यस्ता प्रश्नहरू छँदैछन् । यसप्रकार विश्वमा प्रचलित व्यवस्थाहरू फेल भएका भन्ने प्रमाणित भइसकेका छन् । अब विकल्पको खोजी गर्न ढिलो हुँदैछ भन्ने समयले जनाऊ दिँदैछ । यतिबेला पनि सर्वश्रेष्ठ प्राणी भनिएका मनुवाहरू कुन परिचय त पस्कँदै छन् ?

५.   के कोरोना भाइरस माई हो ?
कोरोना एक किसिमको खतरनाक भाइरस भन्ने सबैले बुझिसकेको छन् । यति/यस्तो बेलामा यसलाई 'के कोरोना भाइरस माई हो ?' भन्दा प्रायःलाई अचम्म लाग्न पनि सक्छ । के सोधेको वा भन्न खोजेको भन्ने अन्यौलता छाउन पनि सक्छ । यहाँ कोरोना भाइरसलाई पनि 'माई' भन्न मिल्ला कि भन्न खोजिएको हो । सामान्यतः 'माई' शब्दले नारी वा नारी शक्तिलाई बुझाउने गर्दछ । यो आम बुझाई हो । यसको अतिरिक्त नेपाली समाजमा यस्ता महामारी वा रोगलाई माईसँग जोडेर हेर्ने प्रचलन रहेको देखिन्छ । त्यसरी हेर्नुको अर्थ यस्ता महामारीलाई कुनै नकारात्मक शक्तिको रूपमा बुझ्दथे; जसलाई पनि माई शब्दकै प्रयोग गर्दथे ।

नेपाली बृहत् शब्दकोशमा माईको अर्थ (प्रा. माइ सं मातृ) १. माता; आमा । २. आराध्य स्त्रीदेवता; देवी । ३. सन्न्यासिनी; जोगिनी । ४. शीतला; बिफर (पृ.१०६४) भनेको छ । त्यसो त तामाङ गाउँतिर पनि छोरी तथा बहिनीलाई मै (माई) भन्ने गर्दछन् । त्यसैबाट मैच्याङ बनेको देखिन्छ । तरार्इ क्षेत्रमा पनि माईको प्रयोग पाइन्छन् । किन नेपाली बृहत् शब्दकोशमा माईको अर्थ आमा वा आराध्य देवीको अतिरिक्त शीलता अर्थात् बिफर भनेको होला ? अहिलेका प्रायःलाई अनौठो लाग्न सक्छ । उल्लेखित शब्दकोशमा शीतलाको अर्थ ''१. गर्मी चढेको बेला शरीरमा खटिरा निस्कने एक सङ्क्रामक रोग; बिफर । २. बिफर रोगकी अधिष्ठात्री देवीको नाम'' भनेको छ । त्यस्तैगरी अधिष्ठात्री भन्नाले १. देवताहरूमध्ये सबैभन्दा मानिएकी देवी । २. कुनै वस्तु, स्थान वा कार्यकी स्वामिनी वा संरक्षिका । ३. इष्टदेवी; कुलदेवीलाई जनाउन उल्लेख गरेको छ ।

यस्तैगरी हरिराम जोशीले ''प्रदीप अभिनव संस्कृति विश्वकोष''मा शीत्तला उल्लेख गर्दै लामो परिचय प्रस्तुत् गरेका छन् । उक्त कोषको अनुसार ''अत्यन्त गम्भीर, भयावह औ क्रोधी स्वभावकी सुवर्णवर्णा यी शीतला माईको एक ध्यानमन्त्रमा यिनको प्रतिमालक्षण वर्णित छ । त्यस प्रतिमालक्षण अनुसार गदाहामाथि आसीन भई झाडू, कलश समातेकी यी देवी दिगम्बरकी हुनुको साथै शीरमाथि डालो बोकेकी हुन्छिन् । यिनलाई देवी दुर्गाको एक रूपको रूपमा लिइन्छ । बिफरकी आराध्यदेवी मानिने यी देवीको 'शीतला' नामले शीतल गराउने भन्ने अर्थ बोध हुन्छ । यदि बिफरबाट कुनै व्यक्तिको मृत्यु भएमा तिनलाई जलाइन्न । किनभने जनविश्वास यस्तो छ कि त्यसबेला मृतकको शरीरममा शीतला माई अवस्थित रहेको हुन्छ । बिफरको महामारीको समय यी देवीको असाध्य पूजा हुन्छ । दक्षिण भारतका तामिलहरू यी देवीलाई मारियम्मै (Mariyammai) अर्थात् मृत्यु आमा (Mother Death) नामले पुकार्छन्, जबकि नेपालमा यी शीतलाको पावन स्थल अक्सर ग्राम अथवा नगर बाहिर रूख वा लताकुंजमा हुने हुन्छ, जहाँ एक शिला, मृण्मूर्ति अथवा देवदारू रुखका एउटा टुक्रालाई यी देवीको प्रतीकरूपमा पूजा गरिन्छ ।

... जनश्रुति अनुसार शीतलामाईका सातजना दिदी बहिनीहरू छन् । ... नेपालमा व्यापक रूपमा प्रचलित जनश्रुति अनुसार यी देवीका तीन दिदी बहिनीहरू छन् । ... ललितपुरमा शीतलामाईको मूर्ति रूपमा एक प्राचीन शिलामूर्ति ललितपुर कुम्भेश्वरको हाताभित्र प्रतिष्ठापित छ । ती देवीको बौद्ध प्रतिरुप हारिती रहेको छ; जसलाई बौद्ध परम्परामा बिफरकै देवीको रूपमा चित्रित गरिएको छ ।'' उल्लेखित विश्वकोषमा उल्लेखित भएअनुसार ''यदि बिफरबाट कुनै व्यक्तिको मृत्यु भएमा तिनलाई जलाइन्न । किनभने जनविश्वास यस्तो छ कि त्यसबेला मृतकको शरीरममा शीतला माई अवस्थित रहेको हुन्छ'' रहेको छ । यसले बिफर नै शितलामाई हो भन्ने तथ्य प्रष्ट्याएको छ । यसप्रकार शीतलालाई बिफर महामारी रोगको संरक्षिका कि बिफर रोगकै अर्को नाम शीतला भन्ने प्रश्न उठ्छ । अन्ततः परिस्थिति तथा विषयगत सामप्यिताको आधारमा हेर्ने हो भने शीतला पनि माई हो । त्यही नै बिफर हो अर्थात् बिफर पनि माई हो ।

यसलाई अझै स्पष्ट पार्ने अभ्यास मेरो आफ्नै गाउँ तथा परिवारमा पनि छँदैछ । यतातिर माईको अर्थ महामारी हो भन्ने देखिन्छ । यद्यपि सम्बन्धित देवी वा माई रिसाएपछि त्यसले दुःख दिनेक्रममा देखापर्ने असर हो वा त्यस्ता रोगब्याधिलाई नै प्रतीकात्मक रूपमा माई भन्दै दैवीकरण गरेका हुन् भन्ने अन्यौलता हुन सक्छ । बिमारी पर्दा झारफुक तथा मन्साउने तार्ने कामको अख्तियार प्राप्त तामाङ बोम्बो मान्यतालाई नजिकबाट अनुभूत गरेको आधारमा चाहिँ मर्की तथा महामारी आदिलाई नै तिनीहरूले शक्तिको रूपमा स्वीकार गरेका हुन् । सोहीक्रममा बिफरलाई चाहिँ शीतला माई भनेर चिन्न चिनाउन थालेका थिए । यही तर्कलाई सघाउन पुग्ने गरी स्पष्ट शब्दमा बालचन्द्र शर्माले ''नेपालको ऐतिहासिक रूप-रेखा'' नामक इतिहासको पुस्तकमा ''... २० नवम्बर १८१६ र्इ.- मा महाराजाधिराज गीर्वाणयुद्धविक्रम शाहको शीतला रोगले मृत्यु भएकोले... भनी लेखेका छन् (पृ.२७८) । यो वाक्यले शीतला नै महामारी रोग हो । त्यसैलाई तत्कालिक समाजले माईको रूपमा शक्ति हो भनी स्वीकार गरेका हुनुपर्दछ ।

यसप्रकार माईको अर्थ मर्की तथा महामारी वा रोगब्याधि भन्ने हुँदोरहेछ । यस्ता माई ६४ प्रकारका हुन्छन् । तिनीहरूमध्ये १) खोकी माई, २) लहरे माई, ३) ढकिया माई, ४) भ्यागुते माई, ५) धनुष्टङ्कार माई, ६) शीतला माई ७) संसारे माई र ८) कमला माई लगायतका हुन्छन् । यहीनेर तामाङ भाषामै 'कोमन्ती (डुलुवा) माई' भनेर थप्नुपर्ने देखिन्छ । यसप्रकार जुन ब्याधि भनी पहिचान हुन्छ; सोही माई भनेर मन्साउने तथा तार्ने गर्दछन् । सिन्धुलीको कमला पनि साह्रै प्रतिष्ठित र चर्चित माई हो । अहिले पनि सोही बाटो हुँदै हिँड्ने यात्रीले मन्दिर छेउ पुगेपछि ढोग्ने, फूलपाती तथा सिक्का चढाउने गर्छन् । यिनी खुशी हुँदा मनोकाङ्क्षा वा मागेको पूरा हुन्छ तर रिसाएरमा ज्वरो आउँछ । औषधीमूलो पछि ज्वरो निको हुन्छ र तत्कालै पुनः ज्वरो दोहोरिन्छ । जति औषधी खाएपनि निको हुँदैन । ज्वरो निको भएजस्तो हुन्छ र पुनः पुनः दोहोरिएर हैरान पार्छ । कमलाईमाईको खेला रहेछ भनेर मन्साएपछि निको भएको प्रशस्त उदाहरण गाउँघरमा पाइन्छन्

यस्ता रोगब्याधिमध्ये 'देसान' भन्ने पनि हुन्छ । देसानले विशेषतः आँखामा पिर्दछ । कोरोना जस्ता महामारीलाई भने तामाङ आमबोलीमा 'ह्यम' भन्ने गर्दछन् । यसप्रकार ह्यम वा मार्की (मर्की)हरू माई नै हुन् । तिनले मानिसलाई पिर्छन् । दुःख दिन्छन् । कहिले बिमार परेको मान्छेकै कमजोरी वा गल्तीका कारण सजाय स्वरुप पिर्छन् । कोही विपक्षी (छोँडा, बोक्सा/बोक्सी आदि)ले पनि उठाएर लगाइदिन सक्छन् । बिफर अर्थात् शीतलामाईको प्रकोप रणबहादुर शाहको पालामा पनि फैलिएको देखिन्छ । राजेन्द्र महर्जनका अनुसार १८६१ जेठमा रणबहादुर शाहले बालक गीर्वाणयुद्धविक्रमलाई बचाउनको लागि उपत्यकाका बालबालिकाहरुलाई यहाँबाट लखेटेका थिए । १८६२ बैशाखमा पनि बिफर नखोपाइएका बालबालिकालाई काठमाडौं उपत्यकाबाट निकाला गरेका थिए । त्यति गर्दा-गर्दै पनि १८५४ आश्विनमा जन्मिएका गीर्वाणयुद्धविक्रमको मृत्यु त्यही शीतलाकै कारण भएको थियो । त्यतिबेला नै साना नानीबाबु लिएर निस्केकाहरूले ''सितलामाजुया म्ये'' अर्थात शीतलामाजुको गीत रचेर गाएका थिए । महर्जनका अनुसार दुर्इ सय वर्षभन्दा बेसी समयदेखि यो गीत गाउँदै आएकाछन् (https://nepalmag.com.np/opinion/2020/04/14/1586846972?fbclid=IwAR1n4a8JAp2ucqaoagyXO4ITQTbl2GqWoMtf4hAaTh0_SfFDLBlbAER_5wc) 

६.  विज्ञानले बोक्सा/बोक्सीलाई स्वीकार्‍यो ?       
संसारमा बोक्सा/बोक्सी हुँदैनन् । कसैलाई आरोप मात्रै लगाए पनि कानून लाग्छ । ऐन अनुसार सजायको भागीदार होइन्छ । अहिले यस्तै भन्ने गर्दछन् । विज्ञानको कखरा पढ्दै गरेकाले मात्रै पाएछन् भने पनि, बोक्सा वा बोक्सी शब्दको प्रयोग गर्नेहरू ढुङ्गेयुगका जन्तु मात्रै हुन् भन्न बेर लगाउँदैनन् । यद्यपि यो आलेखमा भने माथि नै बोक्सा/बोक्सी र छोँडाको दाबी गरिएको छ । हो, अहिलेको यो बिन्दुमा कसैलाई बोक्सा/बोक्सीका आरोप लगाउनु अपराध हो । कुटपीटमा उत्रनु झनै ठूलो अपराध हो । प्राण लिन्छन् भने अमानुष तत्त्व हुनु हो ।

स्मरण रहोस्; यो समय पनि वास्तविकता अर्थमा इतिहास लेखनको अवसर हो । हिजो लेखिएका उल्टालाई सच्याएर पुनः लेखन थाल्ने समय हो । नलेखिएकालाई लेख्ने समय हो । भइरहेकालाई लेखबद्ध गर्ने अवसर पनि हो । लेखिएका सही पक्षका पनि कतिपयको पुनःभाष्य आवश्यक हुन्छ । वर्तमान समय भनेको यत्ति नै हो । भविष्यको लागि मार्गचित्र कोर्ने समय पनि कसैले भनेछन् भने खण्डन गरिरहनु पर्दैन तर आज नै त्राहीमाम् मनुष्यको भोलिका पाटो भोलिले नै लेख्ने रहेछ भने अहिले हामीले किन टाउको दुखाइरहने ? तैपनि बाल मतलब भनेर छोड्न मिल्दैन । कामना मात्रै भएपनि गर्न सक्नुपर्छ ।

यी सारा लम्बेतान छोडेर कसरी ''बोक्सा/बोक्सी'' हुन्छन् भन्नेतिर लागौं । पुनःभाष्य अर्थात् नयाँ परिभाषित गर्ने कार्य आवश्यक रहेको माथि नै उल्लेख गरिसकिएको छ । त्यसो हो भने, बोक्सा/बोक्सी वा छोँडा जस्ता विशेषणका पनि पुनः परिभाषा गर्नु आवश्यक छ । बोक्सा वा बोक्सीको अर्थ अरुका भलाई नचाहने साथै अनेक नकारात्क तङ्खव वा शक्तिको प्रयोग गरी अरूका विरुद्ध लगाउने नकारात्मक सोचयुक्त व्यक्ति भन्ने हुन्छ । त्यस्तैगरी आम वा शत्रु ठानिएकाका विरुद्ध नकारात्मक वा सकारात्मक शक्तिलाई समेत नकारात्मक रुपमा प्रयोग गर्ने वा उठाएर लगाउने व्यक्ति नै भेद्या हुन् ।

यसप्रकार विज्ञान आफैँ धामी, आफैँ बोक्सा/बोक्सी हो । यसले आफैँले उपचार तथा सकारात्मक अन्वेषण गरेको छ । जीवनमा आइपरेका वा आइपर्ने समस्याको समाधान दिएको छ । औषधीकै मात्रालाई हेर्ने हो भने एकदमै सिद्धहस्तता आवश्यक हुन्छ । धेरै वा थोरै मात्राले समस्या निम्त्याउँछ । त्यसैले त, कच्चा वैद्यको मात्रा; यमपुरीको यात्रा भनेको हुनुपर्छ । विज्ञानले मङ्गलग्रहमा मानिसलाई लैजान खोज्दैछ भने अर्कोतिर नाम सुन्दै डरलाग्दा रसायनिक हतियारहरू बनाएका छन् । कैयौं पृथ्वीलाई ध्वस्त पार्न सक्ने सङ्ख्याका हतियार भण्डारण गरेको छ । गलत तथा सन्की मानिसको हातमा पर्नासाथ एकै चुट्कीमा पानी पनि भन्न पाउने छैनौं । साना तथा ठूला युद्धहरूमा यसका प्रयोगले पुर्‍याएको मानव, जीव तथा पर्यावरणीय क्षतिको मूल्याङ्कन गर्न बाँकी नै छ । राम्रै प्रयोगका क्रममा निकालेका/फालेका पदार्थ तथा ग्याँसहरूका कारण ओजोनतह (ह्रिग्यालोन्पो) नै प्वाल परेको छ । यी सबै हर्कतहरू बोम्बो तथा धामी, झाँक्री वा हाम्रा जस्ता पछौटे भनिएका समाजका नजर तथा भाषामा बोक्सा/बोक्सी वा छोँडा वा भेद्याका काम हुन् । त्यसैले विज्ञान आफैँ धामी, आफैँ बोक्सा/बोक्सी हो ।

यसैपालि कोरोनाको कहर भन्दै गर्दा, बेलायत र अमेरिकाले एउटा आरोप लगाउन छोडेको छैन । जसअनुसार कोरोना भाइरस चीनले बनाएर फैलाएको हो । कोरोना भाइरस अमेरिकामा बनाएर चीनमा अमेरिकी सैनिकले नै ल्याएर छोडेको भन्ने चीनको दाबी देखिएको छ । वास्तविकता चाहिँ सन् १९६० मा नै यो भाइरसले मनुष्यलाई दुःख दिन सक्ने तथ्य थाहा पाइसकेका रहेछन् । सन् २०१८ मा प्रशारित चलचित्रमा पनि जैविक हतियार (बायोलोजिकल विपन)को रूपमा कोरोना भाइरसको प्रयोग हुनसक्ने दाबी गरिएको रहेछ । यस्ता भाइरस प्राकृतिक नै हुन् । यसलाई विज्ञानले पत्ता लगाउन सक्छ । मोडिफाइ अर्थात् परिष्करण गर्दै नयाँ स्वरूप दिन र जैविक हतियारको रूपमा प्रयोग गर्न सक्ने अवस्थामा ल्याउन सक्छ । आफूलाई मन नपर्नेका स्थानमा लगेर छोड्न पनि सक्छ । शायद चीनिया जनता स्प्रिङ फेस्टिवल मनाउँदै गर्दा वुहानमा लगेर कसैले छोडेका थिए ।

अमेरिका, बेलायत र भारतका केही नेता तथा सञ्चारगृहहरू न्वारनदेखिको बल लगाएर कोरोनालाई चीनले मानव प्रजातिका विरुद्ध प्रयोग गरेको जैविक हतियार भनेर पुष्टि गर्न लागिपरेका छन् । चीन बोल्न सक्ने अवस्थामा छैन । यस्तो अवस्थाका दृश्यहरू फिल्ममा देखिन्छन्; जहाँ गुण्डाले बदमासी गरेको हुन्छ । हिरोलाई अनेक दोष लगाउँदै स्यालको हुइयाँ पिट्छन् । दुनियाले हिरोलाई सोध्छन् । हिरो नाजवाफ रहन्छ । दुनियाले पनि बिस्तारै हिरोमाथि शङ्का गर्न थाल्छन् । कोरोनालाई लिएर चलाइएका यी प्रायोजित सामग्री तथा स्यालका हुइयाँले यस्तै सङ्केत गरेको त छैन ?

कत्तिको याद गर्नु भएको छ ? जसको मोजा गन्हाएको हुन्छ; उसले भन्दा पनि अर्कोले गन्ध पहिले थाहा पाउँछन् । अर्थात् आफ्नो मोजा गन्हाएको र अरुले थाहा पाइसके भन्ने कुरा मोजा गन्हाएका व्यक्ति स्वयम्ले पछि मात्रै थाहा पाउँछ । ठ्याक्कै यही नियम कोरोना कहर जस्ता बेला आरोप लगाउनेहरुमा पनि लागू हुन्छ । यसर्थ थोरै विचार गर्दैमा निष्पक्षी व्यक्तिका दिमागले को दोषी र निर्दोषी रहेछन् भन्ने घाम जत्तिकै छर्लङ्ग हुन्छ । यसप्रकार विज्ञानले बोक्सा/बोक्सी हुँदैन भनेतापनि यतिखेर बोक्सा/बोक्सी हुन्छन् भनेर स्वीकारेका देखिन्छन् । विज्ञान पनि आफैँ धामी आफैँ बोक्सा/बोक्सी रहेछ भन्ने स्पष्ट भएको छ । यसपछि गाउँघरमा वा छिमेकका कोही कसैलाई बोक्सा/बोक्सी वा भेद्या वा छोँडा भनेर जाइलाग्नु भयो भने मूर्खता हुनेछ । त्यस्ता कार्य भने झुक्किएर पनि नगर्नु होला ।

७.  विश्वव्यवस्था र प्याराडाइम सिफ्टको आदेश
संसार सञ्चालन किन, कसरी र केले गर्दा हुन्छ ? यही नै माउ प्रश्न हो । यसको उत्तर खोज्नेक्रममा अनेक तर्क तथा व्यवस्थाहरू सिर्जना गरिएका छन् । समाजको अङ्गहरू हुन्छन् । तिनै अङ्गका कार्यकारणसम्बन्धले समाजलाई चलायमान बनाएको हुन्छ । बीचमा केही बोक्सा/बोक्सी तङ्खव देखापर्न थालेपछि भने त्यही तङ्खव कोरोना भाइरस जस्तै फैलन थाल्यो । अन्ततः प्राकृतिक सत्ता अर्थात् बडीपोलिटिकका आधारमा सञ्चालित तथा स्थापित समाजलाई भत्काउन थाले । अनेक बोक्सा/बोक्सीले समाज कब्जा गर्दै आफूलाई नेताको रूपमा स्थापित गर्न खोजे । अनेक हतकण्डा अपनाउँदै समाजलाई विशेषः बोक्साहरुले कब्जामा लिए ।

त्यसपछि तिनीहरूले आफैँलाई राजा घोषणा गरे । समाजले राक्षस/दैत्य वा बोक्सा देख्न छाडेनन् । समाजको नजर बदल्नकै निम्ति तिनीहरुले आफूलाई देवताले नै शासनको लागि पठाएका भन्ने स्याल हुइयाँ फैलाए । बिस्तारै स्याल हुइयाँमा नै समाज अभ्यस्त हुन थाल्यो । देवताको ताज पहिराउँदैमा बोक्साहरू देउता हुने सम्भावना थिएन । त्यही तथ्यको बोध भएपछि राजतन्त्रमाथि महासङ्कट थुपरिन थाल्यो । परिणामतः राजतन्त्र प्रायः समाप्त भयो । प्राकृतिक बडीपोलिटिक बिर्सेर राजतन्त्रमा लीन समाजमा समस्या हुने नै भयो । समाज अलमलमा पर्न थाल्यो । बाढी आएको बेला माछा मार्न जान्ने केही लालबुझक्कडले समाजमा स्वतन्त्रता (उदारवाद)को नारासँगै आफूहरूलाई राजासमानको स्थानमा स्थापित गराउन थाले । त्यस्तैमा एक पक्षले भने स्वतन्त्रताले सामाजिकता साथै मानवीयता समाप्त पर्छ भन्ने बुझे । त्यसपछि समानताको लागि नारा उराल्न थाले । तिनीहरूले विश्वलाई साम्यवादको सपना देखाउँदै केही स्थान हासिल पनि गरे ।

अन्ततः बचेखुँचेका नगण्य सङ्ख्यामा रहेका राजतन्त्र साथै उदारवाद र मार्क्सवाद(साम्यवाद) सबै नै पूँजीवादको चिनी चास्नीमा हामफाल्न लालायित झिँड्गा सावित भएका छन् । यिनीहरूद्वारा सिर्जित् पूँजीवादलाई घोडा बनाएर कोरोना भाइरस विश्वसंहारको निम्ति उत्रिएको छ । काम बिग्रिएछ भन्ने चाल पाउन थालेपछि एकापसमा आरोप प्रत्यारोप लगाउँदै छन् । जनता/समाजको नजरमा आफू चोखिन र विपक्षीका टाउकोमा दोष थुपार्न लागिपरेका छन् । केही वर्षअघिदेखि लेख्दै आएकै थिएँ कि, यी मनुष्य भनिएकाका चकचकी र जगजगीका कारण यी आफू त सक्किने नै भए; अरु लगायत पृथ्वीलाई नै सक्काउने भएका छन् । कम्तिमा पनि धरामातालाई बचाउन भएपनि मनुष्य प्रजातिलाई समाप्त पार्नुको विकल्प सकिँदैछ । माफी माग्दै यस्तै भनेको र लेखेको थिएँ । यो तर्कलाई कोरोना भाइरसको कहरले अझै पुष्टि गरेको छ । यतिखेरै ओजोनतहमा ठूलो प्वाल परेको समाचार आएको छ ।

यी त समस्या भए । समाधान खोज्नु अबको बाटो हो । भाइरस पनि प्रकृतिमा नै रहेछन् । विज्ञानले नयाँ केही दिने वा बनाउने होइन । यही भएकालाई चिन्ने चिनाउने हो । धेरै गर्दा प्राप्त चिजलाई नयाँ स्वरूप दिने र त्यसैबाट फल प्राप्त गर्ने मात्रै हो । त्यसैले अबको लागि समाधान पनि यहीँ नै खोज्ने हो । समाधान खोज्नुअघि कोरोनाले खोलेको सम्भावनाका पाटाहरू चिन्न अत्यावश्यक हुन्छ । यसक्रममा प्रकाशित केही लेखहरूलाई हेर्न सकिन्छ । इतिहासलाई खोतल्ने हो भने प्लेग महामारीले विश्वव्यवस्था परिवर्तन गरेको साक्षी छ । भारतमा बेलायती टिक्न नसक्नुको कारण त्यसबेला चलेको भोकमरी पनि हो भनेर अमर्त्य सेनले The Indian Express मा लेखेका छन् । अरुन्धती रोय लेख्छिन्, 'कोरोना : अहिलेको विश्व र नयाँ विश्वको महाद्वार' हो (https://nepalmag.com.np/contemporary/2020/04/04/1586022462)

यस्तैगरी सिबिसी न्यूजका वासिङ्गटन डिसीस्थित संवाददाता अलेक्जेण्डर पनेट्टाका अनुसार पनि हरेक महामारीले भूराजनीतिमा परिवर्तन ल्याउँछ (https://www.nayapatrikadaily.com/news-details/41082/2020-04-12) । विविध सिद्धान्तका कुरा लेख्ने लेखक सञ्जीव उप्रेतीले 'कोरोना र वैश्विक भविष्यको मानचित्र' नामक लेखद्वारा मानिसकै चकचकीका कारण कोरोनालाई 'वेकअप कल' भनेका छन् (https://jhannaya.nayapatrikadaily.com/news-details/929/2020-04-04) । कोरोनाको समाजशास्त्र : मानव जगत्का लागि 'अनुशाति दण्ड' नामक लेखमा उजिर मगरले डा. कृष्णबहादुर भट्टचनलाई उदृत गर्दै पुँजीवाद र मार्क्सवाद असफल भएका र अबको नयाँ विकल्प अदिवासीवाद रहेको कठोर दाबी गरेका छन् (https://samachardainik.com/news-details/42450/2020-03-28#.XocxCYa9Z5d.facebook)

रोहेजा खतिवडाद्वारा अनुवादित 'डाभोसमा हरारी : प्रविधिको विकासले समाप्त हुनसक्छ मानव जाति' नामक लेखको नामले नै होश उडाउन सक्छ । यो लेखलाई इतिहासकार तथा दार्शनिक युभल नोह हरारीले जनवरी २१ देखि २४ सम्म आयोजित वर्ल्ड इकोनोमिक फोरमको डाभोसमा भएको सम्मेलनमा राखेका मन्तव्यको सम्पादित पाठ भनिएको छ (https://nepalmag.com.np/technology/2020/01/26/20200126165001) । यस्तैगरी डेभिड म्वाम्बरीले त कोभिड- १९ ले महामारीसम्बन्धी पुराना मिथ भत्काउँदै; ... २० औं शताब्दीमा हाम्रा पुर्खाले शुरू गरेका अफ्रिकाको औपनिवेशिक मुक्तिलाई अर्को स्तरमा लैजाने मौका दिएको छ (https://www.nayapatrikadaily.com/news-details/41576/2020-04-19) भनी लेखेको छ ।

डा. युवराज लुइटेलले पनि 'कोरोना सङ्क्रमण : नयाँ विश्व व्यवस्थाको प्रस्थान बिन्दु' नाम जुराएर लेख प्रकाशित गरेको छ (https://jhannaya.nayapatrikadaily.com/news-details/931/2020-04-04) । हरि रोका जस्तो विश्लेषकले पनि आइसोलेसनमा जानुपर्नेहरू नै आन्दोलनमा उत्रन सक्ने चेतावनी दिएको छ । रोकाले कोरोनाकै कारण विश्वव्यवस्थामा परिवर्तन सम्भव हुनेतिर इङ्कित गरेको देखिन्छ । आहुतिले भने कोरोनाले समाजलाई ब्युँझाउन ढकढक गरेको तर्क गर्दै पुँजीपति हाबी हुने र समाज निरीह बन्नुपर्ने पुँजीवादी विश्वव्यवस्थाको विकल्पमा समाजप्रति समाज नै जिम्मेवार हुने समाजवादी विश्वव्यवस्थातिर अघि बढ्ने बहस र पहललाई तीव्र बनाउनुको विकल्प छैन ( https://ekantipur.com/opinion/2020/04/05/158605837497847516.html?fbclid=IwAR0an22yMC1XSXgCdJFyDrO2xuCyk1lycZ6hqG5y4T0vt5PhQK-B4PN1bHo) भनेको छ । नेकपा अध्यक्ष प्रचण्डले पनि एक एफ.एम. कार्यक्रमलाई अन्तरवार्ता दिनेक्रममा, अहिलेसम्म प्रचलित विश्वव्यवस्थामा नै केही खराबी भएको शङ्का गर्दै नयाँ विश्वव्यवस्थाको लागि कोरोनाले आह्वान गरेको मनशाय प्रस्तुत् गरेका थिए ।

यसप्रकार संसारमा प्रचलित विश्वव्यवस्थामा परिवर्तन हुने सशक्त सङ्केत प्राप्त भएको छ । परिवर्तनका लागि स्थापित गराइनुपर्ने व्यवस्था कहाँ कस्तो अवस्थामा होला ? त्यसको खोजी आजको पहिलो आवश्यकता भएको छ । केही वर्षअघि स्टेफन हकिन्सले अब पृथ्वीमा मनुष्यको आयू एक हजार वर्ष मात्रै रहेको दाबी गरेको बताउँछन्  । उनैले पछिल्लो समयमा अब पाँच सय वर्षमा मनुष्य प्रजातिको समूल नाश भइसक्ने पूर्वानुमान लगाएपछि कतिपय चिन्तककका सातो गएको अनुमान लगाउन सकिन्छ ।

हकिन्सको भविष्यवाणीपछि समाधानको लागि अनेक खोज गरिएका थिए । पूर्वीय र पश्चिमाका बीचका समानता र फरक तत्त्व के रहेछन् भनेर पनि खोजे । त्यस्तैमा टि.एस. लुरम्यानले धान मान्छे गहूँ मान्छे शीर्षकमा अनुसन्धानमूलक लेख बाहिर ल्याए ।  जसलाई नेपालीमा उल्था गरी प्रकाशन गरेका थिए । नोम्स चोम्सीले त अब संसारको आयू बढाउन सक्ने ज्ञान आदिवासीसँग छ भनेर ठोकुवा नै गरेको देखिन्छ । बोलिभियामा त आदिवासीवादमा आधारित राज्यव्यवस्था सञ्चालन थालिएको थियो । राष्ट्रपति डोनाल्ड ट्रम्पले नै आदिवासीवादमा आधारित व्यवस्थाका हिरो इबा मोरालेसलाई नै पदबाट हटाएपछि समस्याग्रस्त भएको देखिन्छ ।

नोम्स चोम्सीकीले भनेजस्तो त्यो आदिवासी ज्ञान कस्तो होला; जसलाई आदिवासीले अभ्यास गर्दै आएका छन् । त्यसमा के कस्तो शक्ति छ; जसले संसारको क्षीण भइसकेको आयूलाई बढाउन सकोस् । नेपालमा आदिवासी जनजातिले राजनीति गर्न जानेनन् । तिनका नेताले नै राजनीतिलाई बुझ्न सकेनन् । यिनीहरू राजनीति गरेर खानसक्ने नश्लका होइनन् । यिनीहरू जाँडरक्सीका पोखरीमा डुबेर बसेका भ्यागुता हुन् । यस्ता अनेक उपमा धारण गरेर बसेको आदिवासी जनजातिसँग के त्यस्तो ज्ञान रहेछ भन्ने अब सबैलाई जिज्ञासा लाग्नु पर्छ ।

आदिवासीसँग रहेका विश्वको आयू बढाउने क्षमतासहितका ज्ञान के हो भन्ने कुरोको चुरो माथि नै उल्लेख गरी सकेको छ । यहाँहरूले पत्ता लगाउन सक्नु भयो या भएन ? विश्वव्यवस्थाको प्रसङ्गमा यो राजनीति नै विकल्पविहीन भन्ने गरेका छन् । वास्तवमा कुनै पनि चिजको विकल्पविहीनता भनेको यस्तो अर्थमा हुँदैन । राजनीतिको विकल्प नै विश्वको आयू बढाउने वा लम्ब्याउने बुटी हो । त्यो भनेको माथि उल्लेख गरिएअनुसारकै 'बडीपोलिटिक' हो । यो शब्द हाम्रालागि नयाँ लाग्न सक्छ । समाज सञ्चालनमा क्रियाशील अङ्गहरू (तामाङमा बोम्बो, तम्बा, चोहो, गन्बा, मुइमू र लामा) नै तामाङ बडीपोलिटिक हो । यी अङ्गहरूले गर्ने कर्म र त्यही कर्मका प्रतिफल स्वरूप तामाङ समाज सञ्चालित हुँदै यहाँसम्म आइपुगेको छ । कतिपयले यसलाई पनि राजनीति हो भन्न सक्छन् तर राजनीतिमा यसमा आकाश पातालको फरक छ ।

आफ्नो मौलिक तथा प्रकृतिमैत्री व्यवस्थालाई त्यागेर राजनैतिक व्यवस्थामा प्रवेश गर्नु नै मानवका लागि अक्षम्य अपराध सावित भएको छ । यद्यपि चेत नखुल्नु अर्को दूर्भाग्य हो । यसप्रकार तामाङ लगायतका आदिवासी जनजाति भनिएकासँग पाइएका समाज सञ्चालनको व्यवस्था नै आजको विकल्प हो । यही विकल्पको प्रयोगकर्ता भएकैले तामाङ लगायतका आदिवासी जनजातिले राजनीतिलाई चिन्न, गर्न तथा त्यसबाट फाइदा लिन नसकेका हुन् । खासमा राजनीति नामक व्यवस्थालाई सफ्टवेयर मान्ने हो भने; त्यो सफ्टवेयर लागू (इन्स्टल) गर्दा आदिवासी जनजातिका मस्तिष्क रूपी हार्डवेयरले चिन्दैन र स्वीकार (एसेप्ट) गर्दैन । जबरजस्त इन्स्टल गर्न खोज्दा क्य्राक हुन्छ र सफलतापूर्वक काम गर्न सक्तैन ।

राज्यव्यबस्था र समाज सञ्चालनव्यवस्थाका बीच आकाश पातालको फरक हुन्छन् । राज्यव्यबस्थाभित्र राजतन्त्र, उदारवाद तथा मार्क्सवाद/साम्यवाद देखापरेका हुन् । यिनीहरू पूँजीवादको अनुयायी बन्न पुगेका छन् । जहाँ जीवन र जगत्को खोजी नै पूँजीका आधारमा गर्दछन् । राजतन्त्रमा राजालाई देउता भन्ने झूटलाई स्थापित गर्न गराउन अनेक  झूट घोकाउँछन् । स्वतन्त्रताको नारा दिने उदारवाद अन्ततः सम्पत्तिवालाको मुट्ठीमा रमाउँछ । अमेरिकी राष्ट्रपति ट्रम्प यसको स्पष्ट उदाहरण हो । समानताको नारादिनेका सपना चाहिँ साम्यवाद हो । दुःखको कुरा त्यहाँ पुग्ने गरी टिक्न सकेनन् । सोभियत सङ्घको विघटन यसको ज्वलन्त उदाहरण बन्यो । चीनमा पूँजीवाद नै सलह (बालीनाली सखाप पार्ने एक प्रकारको फट्याङ्ग्रा) साबित हुँदैछ ।

यिनका विपरीत समाज सञ्चालन व्यवस्थामा शासक र शासित नै हुँदैनन् । सम्भावित अपराध तथा गल्ती हुन नदिनका लागि हेरालु नियुक्त गर्छन् । जहाँ राजनीतिमा जस्तो निर्वाचन हुँदैन । निस्वार्थभावका साथ आफैँले आफैँबीचबाट एकजनालाई चुन्छन् । चुनिएकाले गल्ती गरेमा फिर्ता बोलाएर दण्डित गर्ने वा समाजले नै क्षमापूजासम्म गर्छन्  । जहाँ जीवन र जगत्लाई हेर्ने र व्याख्या गर्ने आधार तिनको बौद्धिकता, लोकप्रियता साथै निस्वार्थतालाई बनाउँछन् । धनसम्पत्तिलाई साध्येको सट्टा साधन मात्रै मान्छन् । बितासितापूर्ण भौतिक बस्तुलाई असल व्यक्तित्त्वको जग भत्काउने धमिरा ठान्छन् । प्रतिव्यक्ति आयलाई भन्दापनि प्रतिव्यक्ति खुशी र स्वच्छ मनोविज्ञानलाई मानवविकासको सूचाङ्क सम्झन्छन् । सामूहिकता, पहिचान, पर्यावरण, जीव तथा निर्जीव सबैलाई सहोदर दाजुभाइ दिदीबहिनीको व्यवहार गर्छन् । राजनीतिमा जस्तो मानवकेन्द्रवादको गुञ्जायस रहँदैन ।

बाटो छेउको ढुङ्गा फोड्न पनि गाउँटोलसँग सहमति माग्छन् । ठूलो रूख काट्नुपर्‍यो भने पनि गाउँलेको सहमति आवश्यक ठान्छन् । ढुङ्गाको फेद, सीमसार, रूखका फेद, थुम्की, खोला र डाँडा वा भञ्ज्याङमा अनेक शक्तिका उपस्थिति महशुश गर्छन् । प्राणी तथा वनस्पतिलाई पनि कुनै न कुनै शक्तिको प्रतिरूप मान्छन् । कुखुरा काटेर मासु खानु वा खुवाउनु पर्‍यो भनेपनि मार्नुअघि वा मारेपछि तत्कालै त्यसको चित्तलाई सम्बन्धित स्थानमा पुर्‍याएर सम्बन्धित शक्तिको जिम्मा लगाउँछन् । त्यति पनि गर्न नसक्नेले मासुको लागि कुखुरा मार्ने आँट गर्दैनन् । त्यस्तैगरी पक्ष र विपक्षी भन्ने हुँदैनन् । विपक्ष बनेर आएकालाई गुणले आफ्नो बनाउनुलाई सफल व्यक्तित्त्वको चिनारी ठान्छन् । अनेक रोगव्याधिलाई शक्तिको रूपमा मान्दै बसोबासको लागि निश्चित स्थान दिन्छन् । बिफरलाई शीतलामाई भन्दै पुज्नु यसको एउटा उदाहरण हो ।

कुनै पनि रोगव्याधिलाई पूर्णतः उन्मूलन असम्भव प्रायः मान्छन् । त्यसैले यथास्थान दिएर राखेका हुन्छन् । कोरोना भाइरसको पनि भोलि औषधी बनाउन सकिएला तर यो निर्मूल वा समूल नष्ट हुने सम्भावना शून्य प्रायः छ । यसको आफ्नै नियम हुन्छ । जसको बारेमा यहाँ चर्चा गरेर सम्भव छैन । त्यसैले बोम्बो विधि अनुसार मान्ने हो भने कोरोना भाइरस पनि एक प्रकारको माई हो । यसलाई पनि यथास्थान दिएर राख्नुपर्ने हुन्छ । यसले कोरोना पनि हुन्छन्; त्यसद्वारा जतिखेर पनि सङ्क्रमित हुन सक्छौं । त्यसैले सचेतता अपनाउनु भन्ने सन्देश दिन आवश्यक हुन्छ । त्यस्तो सन्देश वा सूचना दिनाका लागि पनि मन्दिर वा थान बनाएका हुन्छन् ।

यसप्रकार राजनीतिको विकल्प स्वरूप बडीपोलिटिकको खोजी र स्थापना नै आजको विश्वबासीका पहिलो कार्य हो । कोरोना भाइरसको सङ्क्रमणले यही सन्देश दिएको छ । अझै पनि यो सन्देशलाई नबुझ्ने वा गलत व्याख्या गर्ने साथै नानीदेखिको बानी नछोड्ने हो भने मानव प्रजातिले समूल नष्टको निमित्त तयार हुनुको कुनै विकल्प रहने छैन । यसैले विश्वव्यवस्थाका अध्ययनमा लागेका अध्येताले समयमा नै बडीपोलिटिकको अध्ययन, अनुसन्धान साथै समान्यीकरण गर्दै स्थापित गर्न गराउनुपर्ने भएको छ । यसका लागि राजनीतिमा लागेका तथा आम सर्वसाधरणले समेत रुचीपूर्वक साथ दिनु पर्नेछ ।

८.  आदिवासी ज्ञान र मुक्तिमार्ग
जन्मसँग मृत्यु स्वतः जोडिएर आएको हुन्छ । त्यस्तैगरी समस्याले पनि समाधान लिएर आएको हुन्छ भन्ने गरिन्छ । यद्यपि बिर्सनै नहुने तथ्य चाहिँ साश्वत सत्य भन्ने हुँदैन । यति हुँदा-हुँदै समस्याले समाधान वा विकल्प खोज्न बाध्य बनाउँछ । आदिवासी पुर्खाले पनि अनेक समस्याका समाधान खोजेका थिए । सोही क्रममा ह्यम/मार्की (माई) लागेको बेलामा पनि केही न केही उपाय गरेका थिए । कोरोना सङ्क्रमणपछि नेपालका त्यस्ता केही अभ्यासका देखिएका छन् ।

तामाङ समाजमा ''फो' '' अर्थात् कुल पुज्नको लागि लबोन (लबोम्बो), बिमारीको उपचार गर्न बोम्बो (डेबोम्बो), विवाहमा मुख्य भूमिकाका लागि तम्बा, मृत्युको बेला लामा साथै गाउँको सञ्चालन/न्याय व्यवस्थापनका लागि चोहो जस्ता पदको निर्माण गरेका पाइन्छन् । यी सामाजिक सांस्कृतिक संस्थाहरू अहिले पनि कुनै न कुनै स्वरूपमा प्रचलित छन् । यतिखेर विश्व नै कोरोना भाइरस नामक विश्वव्याधिका कारण त्रासद्पूर्ण परिस्थितिबाट गुज्रँदैछ । यस्ता समस्याको समाधानको पाटो वा उपाय के हुन सक्छ भन्ने आजको पहिलो प्रश्न हो ।

तामाङ पुर्खाले यस्ता समस्याबाट मुक्ति पाउनका लागि केही उपाय पत्तालगाएका थिए । पहिलो तथ्य त यिनीहरुले यस्ता मर्कीलाई मार्की भन्ने गरेका पाइन्छन् । मार्की र ह्यमको बारेमा उनीहरूले खोजी तथा ज्ञान प्राप्त गरेका थिए । सबै मार्कीहरू ह्यम नै हुन् तर सबै ह्यमहरू भने मार्की होइनन् । मार्कीसहितको ह्यमलाई यिनीहरूले माई भनेर चिनाएका पाइन्छन् । कसैलाई सराप्ने क्रममा ''ह्यमला कन'' (व्याधि/मर्कीको आहार) भन्ने गर्दछन् । ''ह्यम'' वा ''मर्की'' किन लाग्छ वा के हो भन्ने सम्बन्धमा तिनीहरूले व्यापक दिमाग चलाएका थिए । सोहीक्रममा मर्कीजन्य ''ह्यम''लाई भने ''माई'' शब्दको प्रयोग गरे । माई शब्द विशुद्ध तामाङ हो वा होइन भन्ने स्पष्ट हुन जरुरी हुन्छ ।

यो शब्द तामाङभाषाको हो वा होइन भन्नेले ठूलो महत्त्व राख्छ । यदि तामाङ शब्द नै हो भने यसलाई मन्साउने क्रममा तामाङभाषाको प्रयोग बढी हुनुपर्थ्यो । माईको पूजा गर्ने क्रममा तामाङ भन्दा पनि नेपालीभाषाकै प्रयोग हुनुले यो शब्द तामाङ होइन भन्नेतिर इङ्कित गर्दछ । यसरी हेर्नुको कारण के हो भने, यदि माई तामाङभाषाको शब्द होइन भने यो रोग पनि तामाङ समाजको उपज होइन भन्नुपर्ने हुनसक्छ । यसप्रकार अन्य अर्थात् फिरिङ्गेका आगमनसँग यो रोग अर्थात् ''मर्की'' आएको हुनुपर्दछ ।

''ह्यम्'' भने तामाङ शब्द हो । यसले रोग वा रोगव्याधिलाई बुझाउँछ । ''मार्की'' शब्द तामाङ होइन भन्ने देखिन्छ । यो त नेपालीभाषाको ''मर्की''बाट लिइएको शब्द हो । नेपालीभाषामा पनि ''मार्की'' नै भन्ने गरिएको भए तामाङ शब्द भन्ने हुन सक्थ्यो । नेपालीमा ''मर्की'' हुनुको अर्थ तामाङमा पुगेपछि ''मार्की'' भएको हो किनकी तामाङ जिब्रोले उच्चारण गर्दा अरू (विशेषतः नेपालीभाषा)को अकारलाई आकार र आकारलाई अकारमा उच्चारित गर्ने गर्दछ ।

हरेक माईहरू तरार्इभेगसँग जोडिएका देखिन्छन् । माईका पूजामा तामाङइतर भाषाको प्रयोग हुनुले पनि माई/व्याधिको उत्पत्ति तामाङबाट भएको होइन कि भनेर सोच्न बाध्य बनाएको छ । यसप्रकार पछिल्लो नवआगन्तुक समुदायसँग यी ह्यमहरू तामाङ समाजमा पनि प्रवेश भएको अनुमान लगाउन सकिन्छ । सोही कारण मन्साउने क्रममा तामाङभाषाको प्रयोग गरेनन् । यद्यपि तामाङ समाजमा बोम्बो रहेकोले जताबाट भएपनि आफ्नो समाजमा देखापरेपछि भने त्यसलाई मन्साउने वा तार्ने संस्कृतिको पनि विकास गर्न पछि परेनन् । यस्ता ह्यमबाट आफ्नो समाजलाई बचाउनको लागि अनेक मौलिक उपायहरु सिर्जना पनि गरेका देखिन्छन् ।

उपायको कुरा गर्दा सर्वप्रथमतः आइसोलेसन नै हो । यसका लागि  यिनीहरूले अन्यलाई प्रवेश निषेध साथै आफ्नालाई गाउँ छोड्न नदिने गरे । त्यसका लागि चोहोको संयोजकत्त्वमा गाउँलेले गाउँको सम्पूर्ण नाकाहरू बन्द गर्दथे । त्यसका लागि था'रो च्योबा (थारो झुण्ड्याउने) व्यवस्था विकास गरे । त्यसक्रममा गाउँको सम्पूर्ण नाकाहरूमा लौरो गाड्थे । त्यसरी गाडिएका लौरोमा ढुङ्गो झुण्ड्याउँथे । कुनै गाउँ प्रवेश गर्ने नाकामा त्यसरी थारो झुण्ड्याएका देखेपछि सबैले कानूनसरह मान्दथे ।

यस्तैगरी थारो झुण्ड्याएर मात्रै नहुने किसिमको भएमा ''ठेङ्गन च्योबा'' (एक प्रकारको लौरो झुण्ड्याउने) प्रचलन पनि थियो । नुवाकोट निवासी बीरदोस थिङज्यूका अनुसार गाउँको चारै दिशामा अवस्थित नाकाहरूमा लौरोलाई बङ्ग्याएर ढोका (गेट) जस्तो बनाउँछन् । त्यहीँ ठेङ्गन (लौरो) झुण्ड्याउँछन् । यो पूरै बोनविधिमा आधारित हुन्छ । गाउँलेले ''ठेङ्गन च्योबा'' गर्न जरुरी रहेको निष्कर्ष निकालेपछि निश्चित दिनमा गाउँले जम्मा हुन्छन् । बोनविधि अनुसार गुरुचनको पूजा गर्दछन् । भाले बलि दिएर गुरुचनलाई स्थापित गरेर ठेङ्गन झुण्ड्याएपछि कुनै रोगव्याधि वा मर्की वा ह्यम गाउँमा छिर्न सक्तैनन् भन्ने विश्वास गर्दछन् । तामाङ बोम्बोले हरेक रोगव्याधिलाई पनि एउटा शक्तिका रूपमा मानेका हुन्छन् । बोम्बोका अनुसार कुनै पनि नकारात्मक शक्ति गाउँमा प्रवेश गर्न खोज्नासाथ झुण्ड्याइएका ठेङ्गन तिनको टाउकोमा बज्रन पुग्छ अथवा गुरुचनले त्यही झुण्ड्याएको ठेङ्गनले प्रहार गरेर फर्काइदिन्छ ।

कोरोना भाइरसको त्रास फैलिए लगत्तै गोर्खाको धार्चे गाउँपालिका- ३ उहिया गाउँका बासिन्दाले कुखुरा बलि दिएर पूजा गरेको समाचार शिव उप्रेतिले लेखेका छन् (http://annapurnapost.com/news/151605)। इन्डिजिनियस टेलिभिजनले त ''कोरोना छेक्ने आदिवासी जुक्ति'' नामक श्रव्यदृश्य सामाग्री प्रशारण गरेको छ । सामग्रीमा मुस्ताङ जिल्लामा स्थापित घम्बाहरूले गाउँमा आवातजावत गर्न पूर्णतः रोक लगाएका भन्दै सो सम्बन्धमा विज्ञका टिप्पणी सहितको श्रव्यदृश्य सामाग्री प्रशारण गरेको छ । कोरोना भाइरसजस्ता व्याधिबाट बच्नको लागि आदिवासीले प्रयोग गर्दै आएका ज्ञानका बारेमा अधिवक्ता शङ्कर लिम्बुले पनि लेखेका छन् (https://www.indigenousvoice.com/971.html?fbclid=IwAR0gr9giVXBMemNiTd7MfgQo-8M40bYrfzoDX99ym6fTEJbKXEBhM_r6_20)
कोरोनाबाट बच्न नेपाली हिमाली आदिवासीले मात्रै यस्ता ज्ञानको प्रयोग गरेका होइनन् । अन्यत्र पनि यस्ता ज्ञानको प्रयोग भएका पाइन्छन् । क्यारोलिन स्मिथ मोर्रिसले पनि कोरोनाबाट बच्नाका लागि आदिवासीहरू आफ्ना पुराना ज्ञानतिर फर्केका भनी लेखेका छन् । उनका अनुसार सेल्फ आइसोलेसन त आदिवासी जनताका लागि कुनै नौलो विषय होइन (https://www.culturalsurvival.org/news/indigenous-peoples-turning-traditional-knowledge-covid-19-response?fbclid=IwAR3kBTnNARVjdwZriiWPaJt5JgGwUrn8wAmcP4uDOaOre547Krg5p_FdvG0)

आइसोलेसन वास्वतमा तामाङ लगायतका प्रायः आदिवासी जनजातिहरूले अभ्यास गर्दै आएकै विषय हो । यिनीहरू आफूभन्दा बाहिरका समुदायप्रति जहिले पनि सशङ्कित रहन्छन् । पूर्णतः विश्वास गर्दैनन् । त्यसैले विभिन्न पूजा, जीवनसंस्कार तथा चुह्लोसम्म अन्यलाई लाँदैनन् । यिनीहरूका मान्यता अनुसार हरेक व्यक्तिका शरीरमा अनेक दुष्आत्माहरू टाँसिएर आएका हुन्छन् । अन्यका लागि देउता पनि आफ्ना लागि भूत समान हुन सक्छ । त्यसैले बाटोमा भेट्दा पनि सचेतता आपनाउनु पर्दछ । काखेबच्चा भएका महिला भने पहिलो बच्चा ''स्योर्बा' (मरेको) महिलादेखि जहिले पनि परपर भएर हिँड्ने गर्दछन् । घरलाई नकारात्मक शक्ति वा ह्यम वा माईहरूबाट सुरक्षित राख्नको निमित्त पनि ढोका होचो राख्छन् । गाउँका नाकामा स्थायी रूपमा बौद्ध मान्यतानुसारको कक्लिङ निर्माण गर्दछन् ।

घरमा कोही आएको बेला चकटी वा पिर्का दिन्छन् । मानिस उठेर गएपछि तुरुन्त सो चकटी वा पिर्कामा बस्दैनन् । एकछिन त्यत्तिकै छोडेर पछि बस्छन् वा उल्ट्याएर बस्छन् । घरमा आइपुगेका मान्छेले पनि दिइएको चकटी वा पिर्का वा आसनमा बस्नुअघि ढोग्छन् । ढोकामा पनि ढोगेरै छिरेको हुन्छ । कतिले त घरको सुरक्षाका लागि कुनै शक्तिलाई राखेको हुन्छ । त्यस्ता घरका धनीले पाहुना वा कोही आएको खण्डमा सम्बन्धित शक्तिलाई जनाऊ दिएको हुन्छ । घरमा कोही नभएको बेला प्रवेश गरेको खण्डमा चड्कन लगाउने वा बिमार पार्ने सम्भावना हुन्छ । न्वारनदेखि छेवर, चरदम तथा घेवा आदि जीवनसंस्कारको बेला पनि अन्यलाई कतिपय अवस्थामा प्रवेश निषेध गर्दछन् ।

''फो' '' पूजाको बेला तामाङ बाहेकका भाषालाई बर्जित गर्दछन् । त्यस्ता पूजामा अन्य जातिका वा आफ्नैले पनि विजातीय विवाह गरेका रहेछन् भने बर्जना लगाउँछन् । जुठो (सुरोफुरो) पनि चलाउँदैनन् । निश्चित परिकार अरुलाई दिँदैनन वा अरुले दिए पनि खाँदैनन् । यसको अर्थ त्यस्ता कार्यलाई मार्ग बनाएर आउनसक्ने वा हुनसक्ने सङ्क्रमणबाट बच्नु नै हो । कतिपय अवस्थामा पुगेपछि तामाङभित्रै पनि आफ्नै ह्रुइ( थर)को भन्दा बाह्यलाई बर्जित गर्छन् ।

यहीनेर अन्तरजातीय वा अन्तरदेशीय विवाह नगर्नु भन्नुको पनि विशेष अर्थ खुल्छ । खासगरी मानिसभित्र अनेक जात जाति हुन्छन्; जस्तै : काला, गोरा, तामाङ, गुरुङ, बाहुन, क्षेत्री, रार्इ, लिम्बु र थारू आदि-आदि । कालाको बच्चा गोरा वा गुरुङजस्ता देखिँदैनन् । लिम्बुको छोरा बाहुनजस्ता जन्मँदैनन् । तामाङ र थारू अनुहारबाटै छुट्टिन्छन् । यसको कारण प्रत्येक जातिका आफ्नै ''इष्टदेवता'' वा ''कुल'' वा ''फो ल'' वा ''सुङ्मा'' हुन्छन् । तिनले आफ्ना वंशीय सन्ततिका संरक्षण तथा सुरक्षा व्यवस्था दुरुस्त राखेका हुन्छन् । हरेक व्यक्तिका तालुमा देउता हुन्छ । यसको अर्थ सुरक्षाको लागि ''फो ल'' खटिएको हुन्छ । ''फो ल'' बाउको वंशबाट प्राप्त हुन्छ । आमातिरबाट आएकालाई ''मो ल'' भन्दछन् । ''मो ल'' लाई सकेसम्म मान्दैनन् तर ''फो ल'' महत्त्वपूर्ण हुन्छ । यसैको समान हिन्दूहरूमा कुलदेउताको अवधारणा पाइन्छ । मस्टो वा इष्टदेवता भन्ने अवधारणाले पनि यसलाई बलियो टेवा पुर्‍याइरहेको हुन्छ ।

यसप्रकार हड्डी (मासु र रगत)मा एक प्रकारको तत्त्व हुँदोरहेछ । त्यसैले मानिसका नश्ल छुट्याउँदोरहेछ । अहिले अनुहार हेर्दैमा वा देख्दैमा यो तामाङ, यो गुरुङ, यो थारु, यो शेर्पा, यो रार्इ भनेर छुट्याउन सक्छौं । हरेक जातिका मुहार तथा जिउडालमा केही भिन्नता हुन्छन् । त्यसको अर्थ तिनको हड्डी (मासु र रगत)मा एक प्रकारको तत्त्व छ; जसले उसको वंशाणुगत पहिचानलाई मुहार तथा जिउडालमा छुटाएको हुँदैन । त्यही तत्त्व नै ''फो' '' वा इष्टदेवता वा मस्टो वा कुलदेवता हो । यिनीहरूका विचार नगरी विवाह गरेको खण्डमा देउताहरू मिल्दैनन् । झगडा गर्छन् र जीवनमा अनेक समस्या निम्तिन सक्छन् भन्ने तामाङ मान्यता देखिन्छ ।

उदाहरणको लागि तरार्इको थारू राष्ट्रसँग एन्टीमलेरिया जीन छ । तामाङसँग पहाडी चिसो पचाउनसक्ने क्षमता छ । यी दुर्इका बीच विवाह गरिएको खण्डमा तिनका सन्ततिमा जेनेटिकल्ली म्युटेसन समस्या देखिने प्रवलता रहन्छ । परिणामतः हाइब्रिडेड वा वर्णशङ्करबाट जन्मिएका बच्चाका जेनेटिकल्ली म्युटेसन समस्या हुने हुनाले शारीरिक तथा मानसिक रूपमा जोखिम बढी हुन्छ । यस्तो अवस्थामा इम्युनसिष्टम (रोगप्रतिरोधात्मक क्षमता)मा ह्रास आउने गर्दछ । अमेरिका लगायतका देशमा कोरोनाले आतङ्क मच्चाउन सक्नुको एउटा कारण यो पनि हो । नेपालीहरू अझैपनि पश्चिमाभन्दा धेरै हदसम्म झर्रो छौं । त्यसैले समस्या कम भयो । यसका लागि सामान्यतः घरमा पालिएका लोकल र विकासे कुखुरालाई दाँजेर हेरे पुग्छ । यसो भन्दैमा कोरोनाले तामाङ लगायता आदिवासीलाई छुँदैन भन्ने होइन । यस्ता भाइरसहरू नयाँ नयाँ स्वरूपमा देखापर्नु कुनै अनौठो विषय होइन । अति नजिकका हाडनातामा विवाह बर्जितको कारण सम्बन्धी मानवशास्त्रमा सोसियो-बायोलोजिकल मोडेल अन्तर्गत अध्ययन अनुसन्धान भएका पाइन्छन् ।

कुनै जमानामा धादिङ जिल्लाको सेमजोङबासीले त्यहाँको याबेङस्योङ (याबेङ नामक खोला)लाई आफ्नो सीमाक्षेत्र तोकेका थिए । सो खोला तरेर गएपछि गाउँमा फर्कँदैन भन्ने मान्यता स्थापित गराएका थिए । आज आएर त्यो मान्यताको अर्थ स्पष्ट भएको छ । कोरोना पनि आफ्नो सरहद कटेर गएपछि आएको समस्या हो । आफ्नैभित्र बसेको भए यो समस्या आउने नै थिएन । हिमाली भेगका भेँडी तथा चौँरी गोठ राख्ने तामाङले सिमाना, शक्ति र तिनका क्षेत्रलाई साह्रै चनाखो हुँदै स्वीकार गरेका पाइन्छन् । यही तथ्यलाई बुझेरै तामाङका पुर्खाले माथि उल्लेखित नियमहरु बनाएका भन्ने प्रष्ट भएको छ । अब आउने दिनमा विवाहदेखि हरेक पाइलाहरूमा उल्लेखित तामाङ नियमहरूले नियमन गर्नेछ । कसैले मान्दैन भने भविष्यमा कोरोना जस्ता अनेक कहरका शिकार हुने पक्का छ ।

तामाङको छोरा वा छोरीले अमेरिकन गोरासँग विवाह गरेर धनधान्यले सम्पन्न नै भएछन् भनेपनि यी दुर्इका बीच आफू आफूमा रहेका ''फो ल'' ''गड'' को मिलन सम्भव छैन । भन्नुको अर्थ यी दुर्इका बीच जेनेटिकल्ली निकै ठूलो खाडल देखिइसकेको छ । त्यसैले यिनका बीच वैवाहिक सम्बन्ध कायम गरिएको खण्डमा एकमा भएका देउता वा नकारात्क शक्तिले अर्कोलाई पिर्नेछ । एकका लागि सहज ब्याक्टेरिया पनि अर्कोका लागि खतरनाक हुन सक्छ । जेनेटिकल्ली म्युटेसनमा समस्या आउनेछ । यस्ताबाट जन्मिएका सन्तानहरू झर्रो सन्तानको तुलनामा बढी नै कोरोना जस्ता विश्वव्याधिको शिकार हुने पक्का छ ।

यिनका अतिरिक्त पर्यावरणीय सन्तुलन पनि महत्त्वपूर्ण विषय हो । आदिवासीहरू प्रकृतिका एक हिस्सा बनिसकेका छन् । प्रकृतिलाई यिनीहरू आफ्नो प्राणाधार मान्छन् । हरेक प्राणी तथा जीवजन्तु तथा वनस्पतिलाई आफ्नो सहोदर दाजुभाइ ठान्छन् । टोटेमवाद आदिवासी र प्रकृतिबीचको अविछिन्न तथा गहिरो नातासम्बन्धको प्रमाण हो । तामाङ समाजमा पनि टोटेमवादको प्रशस्त अभ्यास पाइन्छन् । आधुनिक तथा विकसित भनिएका मुलुकका बासिन्दाहरुलाई टोटेमवाद वाइयात लाग्न सक्छ । हाम्रा गाउँमा मानिसको नाम नम्युङ (मुसा), तवर (बिरालो), सलिमो (एकप्रजातिको घाँस), बल्बु (भ्यागुता) राखेका हुन्छन् । यसको अर्थ साना जीवहरूसमेत मानिस सरहका हुन् भनेर मान्यता दिएको हो ।

शिकारीलाई किरल्पागोम्बो भन्ने तामाङ बोनले कुकुरलाई खिखीबेङ्बो/खिखीगोम्बो भन्ने गरेका पाइन्छन् । मानिस र कुकुर दुवैलाई गोम्बो भनेको पाइन्छन् । यो मत अहिलेका कतिपय मानिसका लागि हास्यस्पद लाग्न सक्छ । यसप्रकार तामाङले ह्यम, मर्की तथा माईका प्रकोपबाट बच्नका लागि (१) था'रो वा  ठेङ्गन झुण्ड्याउने, (२) कक्लिङ निर्माण गर्ने, (३) झ्योहो/झ्योमो स्थापित गर्ने, (४) ने'दा सिप्दा तथा लु ङ्ह्यम्बु पुजन गर्ने, (५) भाषिक रुपमा तामाङको प्रयोग गर्ने, (६) टोटेमवादको अभ्यास गर्ने, (७) चल्तोफिर्तो बाहेकसँग विवाह बर्जित गर्ने, (८) अन्य जातिकालाई विशेष कार्यक्रममा बर्जित गर्ने साथै (९) विशेष पूजाआजाहरू (जस्तैः सेरकेम, ह्युल्जे, संसारी मन्साउने, लुतो फाल्ने) गर्ने र त्यसक्रममा बारना लगाउने गरेका पाइन्छन् ।

९.  निष्कर्ष
आधुनिकतापछि उत्तरआधुनिकतामा प्रवेश गरेको विश्वले आज उत्तरसंरचनावादबाट पनि कटेर अगाडि पुगिसकेको दाबी गरेको पाइन्छ । चन्द्रमामा खेती गर्ने र मङ्गलग्रहमा बस्ती बसाउने चाहनाले मानिसलाई प्रकृतिमारा बनाएको छ । ओजोन तहमा कल्पना गर्न नसकिने किसिमको भ्वाङ परिसकेको छ । संसारमा समानता र स्वतन्त्रताको पक्षधर मानिएको राजनैतिक दर्शन तथा व्यवस्थाको हैकम छ । कोरोना भाइरसले भने, 'ओइ मान्छे, तँ बढी हुन्छस् । आफ्नो ठाउँमा बस' भनेर हप्काउँदैछ । विज्ञान तथा प्रविधिको फुईँ लगाएर नथाक्ने मानिस आज कोठामा थुनिएका छौं । कैयौं पृथ्वी ध्वस्त पार्न सक्ने हतियार आज भुत्ते सावित भएका छन् ।

यसप्रकार डा. कृष्ण भट्टचनको निष्कर्ष, नोम्सचोम्की र टि.एस. लुरम्यानको विश्लेषण अबको लागि सर्वोचित देखिएको छ । तामाङ समाजमा लोकोत्तर लोकवादी विचार समूह नामक आन्दोलन साथै त्यसले वि.सं. २०७० देखि शुरू गरेको आशा लगायतका विविध अभियानहरू सान्दर्भिकताको कसीमा अब्बल ठहरिँदैछन् । पछिल्लो समयमा नेपालमा सीमान्तीकरण विरुद्धको अभियान होस् या एस.सि.आर.सि.ले सञ्चालन गरेको अभियानहरू; तिनको महत्त्व र आवश्यकता ह्वात्तै बढेको छ । यसप्रकार नयाँविश्वको लागि एकमात्र उपाय तथा भरपर्दो माध्यम भनेको आदिवासीवाद (स्वदेशवाद) वा इनडिजिनिजम् हो भन्ने स्पष्ट भएको छ । यसका निमित्त बोलिभियाबाट धेरै सिक्न सकिनेछ । आवश्यक तयारी परिवर्तनकामी पुस्ताका काँधमा आइपरेको छ ।
१० बैशाख '७७
चाबहिल


गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...