Wednesday, October 23, 2019

गजल

मै मरी गए संसार हेरी त्यो मन बहलाउनु !!!!!
कैलाश देख्ने डाँडोमा लगी यो देह जलाउनु !!

न मार्नु प्राणी नटिप्नु फूल अन्तिम विदाईमा !!!!!
भडि्कन सक्छु बोम्बो र लम मिलेर सघाउनु !!

तम्बा र गन्बा मुइमू चोहो स्यन्बा र छ्यङ्बास्या !!
जुवाइँ राखी ह्युल्बा र दिम्बा ब्ल-हर्सी पठाउनु !!

फलैँचा न्हञ्जा कक्लिङ छ्योर्तेन सम्झना स्वरूप ती !!!!!
मिञ्ज्यङपछि नामचाहिँ म्हेमे द'ङमा त्यो चढाउनु !!

जन्मेकै मर्न त्यसैले जित्न सकिन्न मृत्युलाई !
कसैले खोजे गैसक्यो छैन भनेर बताउनु !!!!!!
१८ अशोज '७६
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...