Sunday, February 10, 2019

कहिले फिर्छ ल्हो ?
झ्यम्बेयङ (मञ्जुश्री)
                                                           
आज बसन्त पञ्चमी हो । बच्चाहरू सरस्वती र झ्यम्बेयङको पूजा सम्झनामा लागेका छन् । गाउँलेहरू बारीमा मकैको छेवार गर्न लागि परेका छन् । कतिपय त मल ओसार्न व्यस्त देखिन्छन् । बारीतिर मानिसै मानिस देखिन्छन् ।

नम्युङसिं गोरु जोत्दैछ । उसको पछि पछि छोरी सलिमो मकै छर्दैछे । नौ वर्ष जतिकी सलिमोले मकै छर्न राम्ररी जानेकी छैन । त्यसैले गोरू पSर छेउमा पुर्‍याएरपछि नम्युङसिं फर्केर छोरीलाई मकै छर्ने तरिका सिकाउन पुग्छ ।

नम्युङसिं- यसरी छर्ने हो के मकै !

अलि माथिबाट छिमेकी भाउजू ह्युगुली कराउँछे- छोरीलाई मकै छर्न राम्ररी सिकाऊ है थेबा । अब त छोरी पनि भाइको दिदी हुने हो क्यारे ।
 
मकै छर्दैको दृश्य
नम्युङसिं- हुनुपर्‍यो नि भाउजु ।

तलबाट केही केटीहरू जिस्काउँछन्- मुसाले पनि मकै छर्दारहेछन् है ! हा हा हा ।

नम्युङसिं- हेर फ्यङ्गुलिङ तिमीले माने त यो मुसाले मकै छर्ने मात्रै होइन, फ्यङ्गुलिङलाई नै भगाउन सक्छ ।

फ्यङ्गुलिङ- कस्ता-कस्ता फूल फुलेर झरे ! चिँ चिँ मुसा !!

फ्यङ्गुलिङकी साथीहरू हाँस्छन् । 
त्यस्तैमा पSरबाट नम्युङसिंको बाउ कराउँछन्- ओ सलिमो ! लौ तिम्रो बाउलाई गोरु जोत्न छोड भन । तिमी पनि घरमा आऊ ।

सलिमो- किन म्हेमे ?

सलिमोको म्हेमे- तिम्रो भाइ आइपुग्यो हो ।

नम्युङसिं टक्क अडिन्छ । गोरूले दुधेलोको मुना लुछ्न खोज्छ । भेट्टाउँदैन । खै के लाग्यो कुन्नी गोरू जोत्न छोड्दैन ।

ह्युगुली भाउजु- अबु मान्छेको त छोरो आयो रे ।

फ्यङ्गुलिङ- मान्छेको बच्चालाई छोराछोरी, बाख्राको पाठापाठी भन्छन् तर मुसाको बच्चालाई चाहिँ के भन्छन् रे ह्युगुली नना ?
फेरि सबै जना हाँस्छन् ।
हाँसो र ख्यालठट्टा चलिरहेकै हुन्छ । सलिमो मकैको बीउको झोलै बोकेर घरतिर दौडन्छे । नम्युङसिं फेरि पनि गोरू जोत्न छोड्दैन ।

माथिबाट ह्युगुली भाउजु कराउँछन्- घरमा जायजन्म भएपछि बङ लाग्छ रे भन्छन् । त्यस्तो बेला बीउ बिजन छर्न हुँदैन भन्ने चलन नै छ । कहाँ गोरू जोतिरहेको नि ? अब त छोरोको न्वारन नगरेसम्म त नम्युङलाई त ढुक्कै भइहाल्यो नि ।

फ्यङ्गुलिङकी बहिनी च्यङ्गुलिङ कराउँछे- के अचम्म हो । मुसाले पनि कुखुराको टाउको खाने भयो रे त साथी हो !

फेरि सबै जना हाँस्छन् ।
नम्युङसिं- कोही फ्यङ्गुलिङ, कोही च्यङ्गुलिङ ! कोही भने ह्युगुली !
         नम्युङला खुयुसे कोला न्हजी, ब्युङ्गुलिङ हेबला स्वजे ची !!

ब्युङ्गुलिङ- अब गोरू जोत्न र मकै छर्न नमिल्ने भैहाल्यो । लौ ब्युङ्गुलिङसँग मल बोक्न आउनुस् भेनाजू । हाम्रो तर्फबाट रातो भालेको नभएपनि मुसाको पुच्छर समाम्ला क्यारे ! 
हा हा हा गर्दै सबैजना हाँस्छन् ।

पाँच दिन पछि...
नम्युङसिंको घरमा चहलपहल छ । न्वारनको तयारी हुँदैछ । लामा पनि के के विधि विधानको तयारीमा देखिन्छ । यस्तैमा नम्युङसिंकी बुढी आफ्नो बिछ्यौनाका लागि बिछ्याएको पराल दोबाटामा लगेर जलाएर घरमा प्रवेश गर्छे ।
नम्युङसिंकी आमा बोल्छे- चङ (बुहारी) अलि छिटो गर न । नातीलाई लिएर आऊ । सबैजना ढोकानेरै देखिन्छन् । नम्युङसिंकी बुढी भने छोरो लिएर त्यही आइपुग्छे । न्वारन चल्छ । लामा पढ्न थाल्छन् ।

न्वारनको पहिलो चरण सकिन्छ । लामा पढ्ने र नाम जुराउने क्रममा जुट्छ ।
लामा बोल्छ- लौ, यो बच्चाको नाम चाहिँ बुधबार जन्मेको हुनाले ल्हाक्पादोर्जे भयो । यसको ल्होचाहिँ ड्रुक नै भयो...
लामागुरूको कुरा बीचैमा काटेर
नम्युङसिं कि आमा बोल्छे- हैन, कसरी पुरानो ल्हो हुनु ? अस्ति माघेसङरातीदेखि त नयाँ ल्हो फेरिसक्यो नि ।

ह्युगुली भाउजु बोल्छे- हैन तामाङको ल्होछार त सोनाम भनेर मान्ने गरेको हैन र भन्या ?
लामागुरू- कोहीले सोनाम भन्छन्, तर हाम्रो छ्यो र ठ्याक्कै ल्हो फेरने समयलाई हेर्दा चाहिँ ग्यल्बो ल्होछार ठिक हो ।

नम्युङसिं- अनि पोहोर पोहोर त तपाईँहरू आफैँले सोनाम ल्होछार भन्नुभएको थियो त ?

एकजना ठिटो बोल्छ- खै, गुरुङले अस्ति पुस १५ मै ल्हो फेर्‍यो भनेर मानिसक्यो । के हो के हो ?

अर्को बोल्छ- कोहीले त तपाङ्ह्यदेखि ल्हो पोजी भन्दारहेछन् ।

नम्युङसिं अवाक भएर श्रीमतीको मुखमा हेर्छ । श्रीमान् श्रीमती एकापसमा हेराहेर गर्दैछन् । छेवैमा बसेकी छोरी सलिमो भने भाइको मुख हेर्न खोज्दैछे ।

ठिटो बोल्छ- हैन, हामी त यही विषयमा अल्मलिने भयौं । यसबारे अध्ययन गरेर निष्कर्षमा पुग्नुपर्ने हो तर...

लामागुरू - मैले जानेको कुरा त भनिहालेँ । बाँकी यहाँहरूकै विचार ।
साँझमा नम्युङसिंको जोडी अँगेना छेउमा बसेर छोरोलाई तेल लगाइरहेका देखिन्छन् ।

बुढी बोल्छे- हैन, हाम्रो छोरोको ल्हो कुन चाहिँ भन्ने त ?

नम्युङसिं- खै के भन्ने भन्ने ! नयाँ भनौं भने पुरानै ल्होमा परेको होला । पुरानै भनौं भने नयाँ ल्हो फेरिसकेको पो होला । म त साह्रै अन्यौलमा छु ।

बुढी- कसैको कुरा सुन्नुभन्दा हाम्रो मम्लाई सोधौं न बरु । उहाँलाई पुरानो कुरा धेरै थाहा छ के ।

नम्युङसिं- हो, तिमीले ठिकै भन्यौ । भोलि बिहानै मम्लाई सोध्नुपर्छ ।

भोलिपल्ट बिहानको नौ बजेतिरको समय छ । घाम निकै माथि पुगेसकेको छ । दलानमा घाम ताप्ने ठाउँ बनाएर नम्युङसिंले सोही ठाउँमा हजूरआमालाई ल्याउँछन् । नम्युङसिं कि हजूरआमा १०१ वर्षकी भइन् । उनी राम्रोसँग कान सुन्दिनन् । प्रायः एकै स्थानमा बसिरहनुहुन्छ । हजूरआमासँग ठूलो ठूलो स्वरमा ल्हो कहिलेदेखि फेर्छ मम् भनेर सोध्दछ ।

हजूरआमा बोल्नु थाल्नुहुन्छ- ''हैन, मेरो विचारमा त असली ल्हो फिर्ने त- बौद्धले झ्यम्बेयङ भन्छन् । हिन्दूले सरस्वती पूजा भन्छन् । हो त्यही दिनदेखि ल्हो फेरेको हुन्छ । रुखहरूमा पालुवा आउन थालेका हुन्छन् । बारीमा गएर हेर्नु बाफ उड्न थालेका हुन्छन् । त्यही हेरेर हाम्रो हिमाली र पहाडी भेगमा मकै छर्न शुरू गर्नु भनेर उहिले हाम्रो म्हेमे मम्ले भन्नुहुन्थ्यो । त्यसदिन मकै छर्न शुरू गर्ने कामलाई नै मकैको छेवार गर्ने भन्थे । त्यही दिन बच्चाहरूलाई पढाउने, थारे राSबा (खाँडी बुन्न) सिक्ने/सिकाउने, बाछोलाई दाउने, हलो ताछ्न सिक्ने, घरको गारो लगाउन, डोको, घुम, छपनी, मान्द्रो र नाङ्लो बुन्न सिक्ने दिन हो । बाँकी, सोनाम र ग्यल्बो ल्होछार भन्ने त सुनेकै थिएनौं । केही वर्षअघिदेखि त्यस्तो भन्न थालेका हुन् । हैन, ल्हो पनि जाति, समुदाय हेरेर छुट्टा-छुट्टै दिनमा फेर्ने कुरा हो र ? हो, लेक र वेशीमा फरक हुन्छ । तैपनि पहिलो पटक मकै छर्न शुरू गरेकै दिनलाई चाहिँ ल्होछार भन्दा राम्रो हुन्छ । यी तमु, सोनम र ग्यल्बो भन्नु भन्दा पनि यही दिनमा सबैले मान्दा राम्रो होला भन्ने लाग्छ । मलाई धेरै थाहा छैन । बाँकी तिमीहरू आफैँ विचार गर्नु न ।''

नम्युङ्सिं जुरुक्कै उठ्छ- हो, हाम्री हजूरआमाले भन्नुभएको कुरा मलाई चित्त बुझ्यो । यसैलाई प्रस्तावको रूपमा नेपाल तामाङ घेदुङ लगायत सङ्घ संस्था र ठूला व्यक्तिहरू समक्ष पुर्‍याउनेछु । यो ल्होछार विवाद समाधानको लागि लागि पर्छु ।
समाप्त
24/11/2016

नोट : यहाँ मेरो मनसाय चाहिँ तमु, सोनम र ग्यल्बोलाई एकै मितिमा ल्याउनु हो । यसक्रममा माघी तथा माघेसङ्क्रान्तिसमेतलाई सम्बोधन गर्नुपर्ने छ ।  - गोले केआर चालिसेली
खलेम्हेन्दो

Wednesday, February 6, 2019

एला ल्हुइला दोल लेप्पा डोइ अस्यप्पा ल्हानन् तजी !
त'ङ्बा एला ङीङ्चेला ब्रोइ अस्यप्पा ल्हानन् तजी !!

ल्हुइ ख्योक्नो च्योSसी च्याSगो एसेन् बिबा डन्बन् मुला !
दोसिन् ह्रुप तैले बिमै नोइ अस्यप्पा ल्हानन् तजी !!

रेच्छग् ङदा अम्रङ्मै नोन् स स म्यो म्यो तबा म्हि ए !
थगौ बिसै ग्यलम् द'ङ्बा झ्योइ अस्यप्पा ल्हानन् तजी !!

एसेन् ख्लाSसी थारेङ निजी चु तिङ ङला पख्ले थिजी !
तिरेम् हौले ह्रुप तबरी ङ्योइ अस्यप्पा ल्हानन् तजी !!

मे'ला हुर्लुङ लु'ङ्ते तजी ङला चु सेम तिङ न्हङरी !
शिल्बा-शिल्बा चेSकैला थे घ्योइ अस्यप्पा ल्हानन् तजी !!
१३ माघ '७५
चालिसे, सिन्धुली ।

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...