Tuesday, June 12, 2018

गजल

पाएसम्म ज्ञानका कुरा सुन्ने पनि गर्नु !
सुनेपछि मन-मनै गुन्ने पनि गर्नु !!

सबै कुरा लिएर नै राख्छु भनि हुन्न !
सके जति सङ्गालेर उन्ने पनि गर्नु !!

दोबाटामा पुगेपछि कता जाऊँ होला !
त्यस्तो बेला यौटा बाटो चुन्ने पनि गर्नु !!

चञ्चले मन छाडा छोडे बिगार गर्न सक्छ !
सम्हालेर सकेसम्म थुन्ने पनि गर्नु !!

खोज भन्छ शून्य भन्ने पनि केही रै'छ !!!
जिन्दगीमा सम्यक् स्वप्न बुन्ने पनि गर्नु !!
२९ जेठ '७५
चाबहिल

No comments:

गुम्बा र हतियार : आरोप, नियत कि यथार्थता ?

पृष्ठभूमि काठमाडौं उपत्यकामा अवस्थित गुम्बाहरूलाई लिएर केही समयअघिदेखि विवाद चुलिँदैआएको छ । हुन त केही वर्षअघि देखि नै केही स्वनामधन्य विद्...